Home Blog Page 83

निसिखोलामा संचालित निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविरबाट ५० नागरिकले देखे आँखा ।

0

जेठ ३१ गते बुर्तिबाङ बागलुङको निसीखोला गाउँपालिका ३ मा सञ्चालित निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर बिहीबार सम्पन्न भएको छ ।

शिविरबाट ५९ आँखाको निःशुल्क रुपमा मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ ।गत जेठ ४ ५ र ६ गते सञ्चालन गरिएको निःशुल्क आँखाको चेकजाँच शिविरमा आँखाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्नेमा छनौट भएका बिरामीको आँखाको शल्यक्रिया मार्फत उपचार गरिएको हो ।

कुल १ हजार ३ सय नागरिकको आँखाको चेकजाँच गर्दा ५० आँखामा लागेको मोतियाबिन्दुको पहिचान गरि गत जेठ २९ गतेदेखि शल्यक्रिया मार्फत उपचार गरिएको थियो । सहभागि मध्ये ९ जनाको दुबै आँखा र ४१ जनाको एक मात्र आँखाको निःशुल्क रुपमा मोतिया बिन्दुको शल्यक्रिया गरिएको हो ।

निसीखोला गाउँपालिका र कर्मफ्लाईट्स फाउन्डेसन नेपालको संयूक्त आयोजनामा सञ्चालित शिविरमा धौलागिरी आँखा अस्पताल बागलुङ,बुर्तिबाङ स्वास्थ्य केन्द्र, हिमालय आँखा अस्पतालको प्राविधिक तथा ग्रामीण स्वास्थ्य सुधार परियोजना फेयरमेड र विवाईसी बागलुङको समेत सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गराइएका नागरिकहरूले लामो समय देखि बन्द रहेको आँखा खोलिदिएकोमा निसीखोला गाउँपालिका, कर्मफलाईट्स फाउन्डेसन लगायत सहयोगी सम्पूर्ण टिमलाई आभार व्यक्त गर्दे आगामी दिनमा समेत यस्ता महत्वपूर्ण कार्यक्रम ल्याउन सुझाब दिएका छन ।

गाउँपालिका र कर्मफलाईट्स मार्फत गत जेठ ४,५ र ६ गते गरिएको निः शुल्क स्वास्थ्य शिविर आँखा जाँच तथा मोतिया बिन्दुको शल्यक्रिया गरी २ हजार ५ सय ९० जना नागरिकले सेवा लिएका हुन । शिविरबाट आर्थिक रुपमा विपन्न तथा रोग लुकाएर बस्दै आएका निसीखोला गाउँपालिका र छिमेकी पालिकाका नागरिकले घरछेउकै शिविरबाट सेवा प्राप्त गरेका हुन ।

विहीबार शिविरको समापन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले निसीखोला गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई महत्वपूर्ण स्थान दिएर लगानी गरिरहेको बताउनु भयो ।

पालिकाले दुई आर्थिक वर्षमा गरि सबै नागरिकलाई निः शुल्क स्वास्थ्य बीमाको दायरामा ल्याएको, नागरिकलाई पायक पर्ने गरि विभिन्न स्थानमा स्वास्थ्य संस्थाको व्यवस्था गरिएको र एम्बुलेन्स सेवा मार्फत अशक्त, जेष्ठ नागरिक र अति विपन्नलाई निशुल्क सेवा प्रवाह गर्दे आइरहेको बताउनु भयो ।

निः शुल्क स्वास्थ्य शिविर गत वर्षपनि सञ्चालन गरिएको र यसवर्ष पनि यहाँका थुप्रै नागरिकले सेवा लिएको बताउँदै जनताको समस्या र आवश्यकतालाई प्रत्यक बर्ष पालिकाले महत्वपूर्ण कार्यक्रमका रुपमा निरन्तरता दिँदै जाने बताउनु भयो । शिविरमा निसीखोला गाउँपालिका सहित छिमेकी पालिकाबाट समेत नागरिकको उपश्थिती रहेको थियो ।

कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ती, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर, बरिष्ठ डाक्टर अनिल पराजुली, कर्मफलाईट्स फाउन्डेसनका प्रमुख प्रेम बहादुर कुवँर लगायतले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा समेत यस्ता महत्वपूर्ण कार्यक्रमलाई सँगै हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम शिविर संयोजक तथा वडा नं. ३ का अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा भएको हो ।

संयोजक शाहीले बोल्दै शिविर सञ्चालन गर्दे गर्दा यहाँका धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएको बताउँदै निसीखोला गाउँपालिका, कर्मफलाईट्स फाउन्डेसन लगायत विभिन्न सहयोगी दाताहरूले गरेको महत्वपूर्ण भुमिकाका प्रशंसा गर्नुभयो ।  बोहोरा गाउँ स्वास्थ्य चौकी प्रमुख कासिन्द्र शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

निसीखोला गाउँपालिकाले जेठ २९ भित्रै पुरा गर्‍यो वार्षिक राजश्व सङ्कलनको लक्ष्य ।

0

 बागलुङ जेठ ३० गते

बागलुङको निसीखोला गाउँपालिकाले जेठ २९ गतेसम्म चालु आर्थिक वर्षको राजश्व सङ्कलनको लक्ष्य हासिल गरेको छ ।प्रत्यक बर्स राजश्व वृद्धि गरिरहेको पालिकाले जेठ २९ गतेसम्म ४५ लाख २१ हजार ६ सय ३६ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिले बताउनु भयो ।

आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रम अनुसार आगामी असार मसान्त सम्म कुल ४४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको पालिकाले लक्ष्य पुरा गरिसकेको हो । असार मसान्त सम्म एक सय बिस प्रतिशत हाराहारीमा संकलन हुने आँकलन गरिएको उपाध्यक्ष घर्तिले बताउनु भयो ।

विशेष गरि व्यवसाय, घरबहाल कर, गिटी , बालुवा लगायतमा लगाइएको करबाट उक्त मात्रामा राजश्व संकलन गर्न सफल भएको गाउँपालिका सूचना अधिकारी डिलाराम बाठा मगरले बताउनु भयो ।

पालिका कार्यालयबाट कुल १२ लाख ५० हजार संकलन भएकोमा वडा तहमा सबैभन्दा बढि वडा नं. २ मा राजश्व संकलन भएको हो । उक्त वडामा ६ लाख ४६ हजार ८ सय ८३ रुपैयाँ संकलन भएको छ ।

वडा नम्बर १ मा ४ लाख ३४ हजार ३ सय ७८ रुपैयाँ, वडा नं. ३ मा ५ लाख १० हजार २ सय ७९ रुपैयाँ, वडा नं. ४ मा ४ लाख ३३ हजार ८ सय २५ रुपैयाँ संकलन भएको हो । त्यस्तै वडा नम्बर ५ मा ३ लाख ९६ हजार ७ सय ७७, वडा नम्बर ६ मा ५ लाख ३९ हजार ४ सय ९४ रुपैयाँ र वडा नं. ७ मा ३ लाख १० हजार संकलन भएको बाठा मगरको भनाई छ ।

गतवर्ष समेत ४० लाख लक्ष्य लिएको पालिकाले ६० लाख संकलन गरेको थियो यसवर्ष समेत सोही अनुपातमा संकलन हुने उपाध्यक्ष प्रेम घर्तिको भनाई छ । पालिकाले राजश्व बुद्धिका निम्ति विभिन्न स्थानमा ढुँगा खानी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

वडा नं. ५ को विमल ढुँगा खानी र राकाडा रेरे ढुंगा खानीको सम्भाव्यता अध्ययन भइरहेको र प्रकृयामा गएपछि रोजगारीको सृजना सँगै राजश्व बुद्धिमा सहयोग पुग्ने बताउनु भयो ।

निसीखोला गाउँपालिकाले जेठ २९ भित्रै पुरा गर्‍यो वार्षिक राजश्व सङ्कलनको लक्ष्य ।

0

 बागलुङ जेठ ३० गते

बागलुङको निसीखोला गाउँपालिकाले जेठ २९ गतेसम्म चालु आर्थिक वर्षको राजश्व सङ्कलनको लक्ष्य हासिल गरेको छ ।

गतवर्षदेखि प्रत्यक बर्स राजश्व वृद्धि गरिरहेको पालिकाले जेठ २९ गतेसम्म ४५ लाख २१ हजार ६ सय ३६ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिले बताउनु भयो ।

आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रम अनुसार आगामी असार मसान्त सम्म कुल ४४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको पालिकाले लक्ष्य पुरा गरिसकेको हो । असार मसान्त सम्म एक सय बिस प्रतिशत हाराहारीमा संकलन हुने आँकलन गरिएको उपाध्यक्ष घर्तिले बताउनु भयो ।

विशेष गरि व्यवसाय, घरबहाल कर, गिटी , बालुवा लगायतमा लगाइएको करबाट उक्त मात्रामा राजश्व संकलन गर्न सफल भएको गाउँपालिका सूचना अधिकारी डिलाराम बाठा मगरले बताउनु भयो ।

पालिका कार्यालयबाट कुल १२ लाख ५० हजार संकलन भएकोमा वडा तहमा सबैभन्दा बढि वडा नं. २ मा राजश्व संकलन भएको हो । उक्त वडामा ६ लाख ४६ हजार ८ सय ८३ रुपैयाँ संकलन भएको छ ।

वडा नम्बर १ मा ४ लाख ३४ हजार ३ सय ७८ रुपैयाँ, वडा नं. ३ मा ५ लाख १० हजार २ सय ७९ रुपैयाँ, वडा नं. ४ मा ४ लाख ३३ हजार ८ सय २५ रुपैयाँ संकलन भएको हो । त्यस्तै वडा नम्बर ५ मा ३ लाख ९६ हजार ७ सय ७७, वडा नम्बर ६ मा ५ लाख ३९ हजार ४ सय ९४ रुपैयाँ र वडा नं. ७ मा ३ लाख १० हजार संकलन भएको बाठा मगरको भनाई छ ।

गतवर्ष समेत ४० लाख लक्ष्य लिएको पालिकाले ६० लाख संकलन गरेको थियो यसवर्ष समेत सोही अनुपातमा संकलन हुने उपाध्यक्ष प्रेम घर्तिको भनाई छ । पालिकाले राजश्व बुद्धिका निम्ति विभिन्न स्थानमा ढुँगा खानी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

वडा नं. ५ को विमल ढुँगा खानी र राकाडा रेरे ढुंगा खानीको सम्भाव्यता अध्ययन भइरहेको र प्रकृयामा गएपछि रोजगारीको सृजना सँगै राजश्व बुद्धिमा सहयोग पुग्ने बताउनु भयो ।

एकल जातीय चिन्तनले देशलाई बर्बादी बनायो : राजेन्द्र महतो ।

0

 बुर्तिबाङ जेठ २९ गते

पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक समेत रहेका अभियन्ता राजेन्द्र महतोले देश एकल जातीय चिन्तनबाट अगाडि बढिरहेको बताउँदै अब त्यसको प्रतिकारमा आफूहरू उत्रिनुको विकल्प नरहेको बताउनु भएको छ ।

मंगलबार बागलुङको बुर्तिबाङ बजारमा आयोजित एक सभालाई सम्बोधन गर्दे उहाँले देशमा विभिन्न शासन सत्ता हुँदै गर्दा ७० वर्षमा ७÷७ पटक संविधान संसोधन गर्दे गर्दा पनि विभिन्न जात जाती र धर्मको मुल्याँकन हुन नसकेको बताउँदै अबको नेपाल बहुलराज्यको घोषणा सहित सबैको अपनत्व र पहुँच हुने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

मंगलबार बिहान पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो बताउनु भएको हो । त्यस्तै राष्ट्रिय मुक्ति क्रान्ति पश्चिम कमान्डले आयोजना गरेको ढोरपाटन सिकार आरक्ष द्धारा स्वदेशी मगरात भूमि अतिक्रमण विरुद्ध सांस्कृतिक प्रतिरोध कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका महतोले बताउनु भयो ।

थप बोल्दै नेपालमा विभिन्न जातजाति अझैपनि पछि परिरहेको र छुट्टा छुट्टै हक अधिकारका निम्ति गरिएका आन्दोलन र सङ्घर्षले सार्थकता नपाएपछि अब पहिचान बादी पक्षधर एक ठाउँमा उभिएर बहुल राज्यको निम्ति आन्दोलन र सङ्घर्षका कार्यक्रम अगाडि बढाउने बताउँदै आफूहरूले गरेको नेतृत्व र लडाइँ विचारको लडाइँ हुने बताउनु भयो ।

आफूले ३५ वर्षसम्म मधेशमा रहेर त्यहाँका जनताको निम्ति गरिरहेको नेतृत्व अब देशभरका पहिचानवादी सँग पुगेर अगाडि बढ्ने बताउँदै अधिकार स्थापित गर्न एकताको माध्यमबाट अगाडि बढिने बताउनु भयो । थप प्रसङ्गमा बोल्दै ढोरपाटन सिकार आरक्षले यहाँका दलित र मगर समुदायको हक अधिकार निमिट्यान्न पार्न खोजेको पुर्खौली थलोबाट विस्थापित गर्न खोजिरहेको बताउँदै त्यसका निम्ति आफूहरूले खबरदारी गरिरहने बताउनु भयो ।

सिकार आरक्षले स्थानीय बासिन्दालाई त्यहाँबाट लखेट्ने व्यवहार गरिरहेको र त्यहाँ जाँदै गर्दा स्थानीय नागरिकले समेत कर तिर्नुपर्ने बाध्यता रहेको बताउँदै अब आफूहरूले एकल तहको चिन्तनलाई चिर्नका निम्ति संघर्ष गर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका पश्चिम कमान्ड जुनतारा पुन मगरको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेतृ कमला गुरुङ ,नेता केशव झा, सुमन सायमी लगायत नेपाल मगर संघको प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय नेताहरू  तथा सामाजिक अगुवाहरूको उपस्थिति एवम् मन्तव्य रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले ढोरपाटन सिकार आरक्षले स्थानीय मगर र दलित समुदायले उपभोग गर्दे आइरहेको भूमि अतिक्रमण गर्ने र त्यहाँका नागरिकलाई दुख दिने र जनतालाई विस्थापित गर्ने कार्य गरिरहेको बताउँदै त्यसका विरुद्ध आफूहरूले खबरदारी गरिरहने बताएका छन ।

कार्यक्रममा विभिन्न सांस्कृतिक समुहको साँगीतिक प्रस्तुती रहेको थियो । राष्ट्रिय पुनको स्वागत , अनुप बूढा र टिका बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तथा सामाजिक अगुवाहरूको उपस्थिति एवम् मन्तव्य रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले ढोरपाटन सिकार आरक्षले स्थानीय मगर र दलित समुदायले उपभोग गर्दे आइरहेको भूमि अतिक्रमण गर्ने र त्यहाँका नागरिकलाई दुख दिने र जनतालाई विस्थापित गर्ने कार्य गरिरहेको बताउँदै त्यसका विरुद्ध आफूहरूले खबरदारी गरिरहने बताएका छन ।

कार्यक्रममा विभिन्न सांस्कृतिक समुहको साँगीतिक प्रस्तुती रहेको थियो । राष्ट्रिय पुनको स्वागत , अनुप बूढा र टिका बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे : फणिन्द्र, मनाङे र पञ्चराम मन्त्री बन्दै ।

0

२८ जेठ,  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले फणिन्द्र देवकोटा, दिपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन् ।

पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् ।

त्यसैगरी यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन लागेका हुन् ।यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए । उनी पनि मन्त्री बन्दैछन् ।

माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्दै मत दिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराजले सोमबार विश्वासको मत मागेका थिए ।

पाण्डेको दल कांग्रेसका २७ सांसद छन् । राप्रपाका २, नेसपाका देवकोटा र मनाङबाट स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मत दिएपछि मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदले पक्षमा हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिन ह्वीप जारी गरेका थिए ।

विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै उनले सांकेतिक रूपमा ह्वीप उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएका थिए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले पनि एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहोर्‍याउन आग्रह गरेका थिए ।

तर नेसपाका प्रदेश सांसद फणिन्द्रले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उभिएपछि एमाले सांसदहरूले प्रदेशसभामा नाराबाजी समेत गरेका थिए ।

एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले विश्वासको मत लिने प्रस्तावका विपक्षमा मत दिए ।

मुख्यमन्त्री पाण्डेसँग विश्वासको मत लिन १३ असारसम्म समय थियो । शीर्ष नेताहरूसँग छलफलपछि सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि नै विश्वासको मत लिने निष्कर्षमा पुगे ।

सुरुमा खगराज मुख्यमन्त्री हुँदा सरकारमा गएको राप्रपा केन्द्रीय सत्ता समीकरण फेरिएसँगै तटस्थ बसेको थियो ।

तर यो पटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लाई साथ दियो । केन्द्रीय सत्ता समीकरण बदलिँदा प्रदेशमा छाप नपरोस् भनेर केन्द्रको गठबन्धनका विपक्षमा गण्डकीमा सुरेन्द्रराजलाई समर्थन गरेको राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले बताएका छन् ।

स्वतन्त्र सांसद दीपक मनाङेले ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि जसले ३० पुर्‍याउँछ, उसैलाई मत दिने बताएका थिए । मनाङेले यसअघि पनि जता बहुमत हुन्छ, उतै समर्थन गर्दै पाँचौ पटक मन्त्री बनिसकेका छन् ।

नेकपा एमालेको ढोरपाटन नगर अधिवेशन: अध्यक्षमा दुई जनाको दाबेदारी ।

0

बैशाख २७ गते बुर्तिबाङ

नेकपा एमाले ढोरपाटन नगर कमिटीको दोस्रो नगर अधिवेशन आइतबार सुरु भएको छ ।

सबै स्थानीय तह र जिल्ला तहमा अधिवेशन सम्पन्न गर्ने अभियानमा जुटेको नेकपा एमालेले आइतबार ढोरपाटन नगर समितिको टुंगो लगाउने गरि तयारीमा जुटेको हो ।

अधिवेशनमा नगर कमिटी अध्यक्षका निम्ति दुई जनाको उम्मेद्वारी परेपछि सहमति हुन नसकी निर्वाचन प्रकृयामा जाने अवस्थामा रहेको जनाईएको छ ।

साँझ सम्म बन्द सत्र मार्फत सहमतिको प्रयास गरिएपनि गणेश कुमार थापा र चुना घर्तिको उम्मेद्वारी परेको र दुवैले आफ्नो दाबी नछोडेपछि निर्वाचन हुन सक्ने सम्भावना बढेको एक श्रोतले जनाएको छ । त्यस्तै सचिव पदमा समेत २ जनाको उम्मेद्वारी परेको हो ।

सचिव पदमा समेत सहमति हुन नसकिरहेको जनाइएको छ । सहमतिका प्रयास जारी रहने र सहमति नभए निर्वाचनको सम्भावना बद्दै गएको नेकपा एमाले जिल्ला कमिटी सदस्य ज्ञान प्रसाद कँडेलले बताए ।

आइतबार भएको उद्घाटन सत्रको कार्यक्रम ढोरपाटन नगर कमिटी संयोजक गणेश कुमार थापाको अध्यक्षतामा नेकपा एमाले केन्द्रिय सदस्य गण्डकी प्रदेश इन्चार्ज तथा पूर्व प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि विष्टले बोल्दै नेकपा एमाले जनताको पार्टी भएको बताउँदै देशको समृद्धि र विकासमा नेकपा एमाले जनताको मन जित्ने गरी अग्र स्थानमा रहेको बताउनु भयो ।

पार्टीले सबै स्थानीय तह र जिल्ला तहमा अधिवेशन गरिरहेको बताउँदै पार्टीलाई हाँक्न सक्ने नेतृत्व टिम अगाडि बढेर जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, केन्द्रिय सदस्य सावित्रा राना, केन्द्रिय सल्लाहकार सदस्य मोहनलाल शर्मा, जिल्ला कमिटी अध्यक्ष हिरा बहादुर केसी , कृष्ण पाठक, टँक प्रसाद पौडेल, वीर बहादुर बिक, लगायतको आतिथ्यता एवम शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रम हेम प्रसाद विकको स्वागत , सचिव इन्द्र बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

ढोरपाटन उद्योग वाणिज्य संघको तेश्रो वार्षिक साधारण सभा सम्पन्न ।

0

बुर्तिबाङ जेठ २६ गते

ढोरपाटन उद्योग वाणिज्य संघको तेश्रो वार्षिक साधारण सभा शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित खुल्ला सत्रको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे सांसद कुवँरले उद्योग बाणिज्य संघले निजी क्षेत्र र व्यवसायिक क्षेत्रको हक हित स्थापित गर्न र विकास निर्माण सँगै राज्यलाई सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो । सांसद कुवँरले फरक प्रसङ्गमा बोल्दै आफू जनताको समस्या र आवश्यकता तथा पश्चिम बागलुङको विकासका निम्ति निरन्तर जनताको सेवक बनेर अगाडि बढिरहेको बताउनु भयो ।

पश्चिम बागलुङका जनताले विगतदेखि स्वास्थ्य क्षेत्रमा खेप्दै आएको पीडालाई सम्बोधन गर्नका निम्ति बुर्तिबाङमा ५० शैयाको अस्पताल निर्माणका निम्ति आवश्यक प्रकृया अगाडि बढिसकेका कारण यही असार  पहिलो हप्तामै उद्घाटन गरेर अगाडि बढ्ने तयारी रहेको बताउनु भयो ।

यस पटकको बजेटमा सालझण्डी ढोरपाटन सडक, ढोरपाटनमा पर्यटकीय क्षेत्रको विकास, बुर्तिबाङ बजारमा खानेपानी व्यवस्थापन, उत्तर गंगा माविमा होस्टेलको व्यवस्थापन, लगायत कृषि, शिक्षा, स्वास्थ्य र विकास पूर्वाधारका काममा यहाँको आवश्यकता र नागरिकको माग बमोजिम आफूले पहल गरिरहेका कारण महत्वपूर्ण योजना समावेश हुने प्रतिबद्धता जनाउनु भयो । आफूले अर्नाकोट एयरपोर्ट निर्माणमा पहल गरिरहे पनी पहुँच अभावमा रोकिएको बताउँदै यसपटक पनि संघीय सरकारमा पहल गरिएको बताउनु भयो ।

उत्तर गंगा जलाशय युक्त आयोजना निर्माणमा पटक पटक ध्यानाकर्षण गराइएका कारण यसवर्षको निती कार्यक्रम र बजेटमा प्राथमिकतामा पर्ने अपेक्षा गर्दे विकास निर्माणका निम्ति सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले बोल्दै उद्योग वाणिज्य संघ ढोरपाटनले व्यवसायको हक हितका निम्ति र यहाँको पर्यटन प्रर्वद्धन, विकास निर्माण र व्यवसायिक क्षेत्रका विस्तारका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा रहेका व्यवसायी सँग सम्मोन्य गरेर अझै वृहत संस्था बनाएर अगाडि बढ्न सुझाब दिनुभयो ।

सांसद पौवीले ५० शैयाको अस्पताल निर्माण, कृषि, शिक्षा र स्वास्थ्य तथा सडकको विकास निर्माणमा आफूहरूले निरन्तर काम गरिरहेको बताउँदै आगामी बजेटमा जनताको अपेक्षा बमोजिम योजनाको छनौट हुने बताउनु भयो ।

आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, उद्योग वाणिज्य संघ ढोरपाटनका कानुनी सल्लाहकार उत्तम बहादुर महत, उद्योग बाणिज्य संघ बागलुङका उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेसका मेषलाल शर्मा, माओवादी केन्द्रका कुलपती सापकोटा, राजमोबाट कुल बहादुर छन्त्याल, नेकपाको तर्फदेखि क्रान्ति सी , बैकर्स एसोसिएसन बुर्तिबाङका अध्यक्ष प्रेमनाथ पौडेल लगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालले संस्थागत मन्तव्य व्यक्त गर्दे उद्योग वाणिज्य संघ ढोरपाटनले व्यवसायिक निम्ति तालिम सञ्चालन, जाजरकोट र रुकुमका भुकम्प पिडितलाई आर्थिक सहयोग संगै ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासङ्घको तेश्रो कार्यकारिणी बैठक ढोरपाटनमा सञ्चालन गर्न सफल भएको बताउनु भयो ।

संस्थाले आगामी दिनमा संस्थाको भवन निर्माणका निम्ति जग्गा खरिद, भवन निर्माण, कार्यक्षेत्र वृद्धि, हाट बजार सञ्चालन तथा व्यवसायीलाई तालिम सञ्चालन लगायतका महत्वपूर्ण कार्यक्रम अगाडि बढाउने लक्ष्य रहेको महासचिव ज्ञान प्रसाद कँडेल द्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रम संस्थाका उपाध्यक्ष तेजिन्द्र थापाको स्वागत, महासचिव ज्ञान प्रसाद कँडेलको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सहविन अर्गेजाको समापनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।

ढोरपाटन उद्योग वाणिज्य संघको तेश्रो वार्षिक साधारण सभा बुर्तिबाङमा सम्पन्न ।

लायन्स क्लब अफ ढोरपाटन द्धारा विद्यार्थीलाई झोला हस्तान्तरण ।

0

जेठ २५ गते बुर्तिबाङ

लायन्स क्लब अफ ढोरपाटन बुर्तिबाङले ढोरपाटन १ स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत २० जना छात्र छात्रालाई झोला हस्तान्तरण गरेको छ ।

शुक्रबार विद्यालयमा पुगेर कक्षा १ देखि ८ सम्म अध्ययनरत २० जना विपन्न, जेहेन्ददार विद्यार्थीलाई झोला हस्तान्तरण गरिएको हो ।

ढोरपाटन नगरपालिका १ हाल बुटवल बस्दै आउनु भएका कृष्ण कुमारी आर्चाय द्धारा सौजन्य गर्नुभएको उक्त झोला लायन्स क्लब मार्फत विद्यालयमा पुगेर हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चायको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनलाल भट्टराईको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले विद्यालयमै पहिलो पटक यस्तो महत्वपूर्ण कार्यक्रम ल्याएको बताउँदै लायन्स क्लब आफ ढोरपाटनले गरिरहने सामाजिक कार्य आफैमा समाज रूपान्तरण मूलक रहेको बताउनु भयो ।

यस्तो सहयोगले विद्यार्थीको शिक्षा दिक्षामा राम्रो सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चायले बोल्दै आफूहरूले विगत ४ वर्षदेखि क्बलको माध्यमबाट विभिन्न सामाजिक कार्य गर्दे आइरहेको बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका १ का वडा सदस्य चन्द्रलाल पाण्डे, विद्यालयका प्रधानाध्यापक माया पाण्डे लगायत लायन्स क्लबका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका प्रथम उपाध्यक्ष छविलाल पाण्डेले सञ्चालन गर्नुभएको हो । 

देविस्थान माविको ६५औँ वार्षिकोत्सव: निसीखोला गाउँपालिकाले बजेटको पचास प्रतिशत लगानी शिक्षामा गरेको छ अध्यक्ष घर्ती ।

0

जेठ २५ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका १ स्थित देविस्थान माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित सञ्चालन भएको वार्षिकोत्सव तथा अभिभावक दिवसलाई शुक्रबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक स्तर माथि उकास्न गाउँपालिकाले विकास बजेटको कुल पचास प्रतिशत शैक्षिक क्षेत्रमा लगानी गरिएको बताउनु भयो ।

अध्यक्ष घर्तीले भन्नुभयो संघीयताको कार्यान्वयन सँगै तिन तहका सरकार हुँदै गर्दा शिक्षा क्षेत्रमा पर्याप्त लगानी भइरहेको छ तर अझैपनि शैक्षिक गुणस्तर वृद्धि हुन नसकिरहेकोमा आफू चिन्तित रहेको बताउँदै अब शैक्षिक गुणस्तरको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

शिक्षा विना समाज रूपान्तरण हुन नसक्ने र शिक्षाको माध्यमबाट अन्य विकासका कार्य अगाडि बढ्ने बताउँदै राज्यले गरिरहेको लगानी बमोजिम शिक्षाको गुणस्तरमा वृद्धि हुन नसकिरहेको र शैक्षिक गुणस्तर उकास्न राज्य सँगै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैको चासो र चिन्तन हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेलले बोल्दै देविस्थान माध्यमिक विद्यालय विभिन्न आरोह र अवरोह पार गर्दे शैक्षिक र भौतिक रुपमा अब्बल बन्दै गइरहेको बताउनु भयो ।

बरिष्ठ चन्दादाता हर्क बहादुर गुरुङले बोल्दै आफूहरूले निकै चुनौतीका साथ स्थापना गरेको विद्यालय अहिले भौतिक रुपमा राम्रो बनीरहेको, दाताहरूबाट राम्रो चन्दा संकलन भएका कारण आर्थिक रुपमा समेत सबल भएको बताउँदै सबैको मिहिनेत र इमानदारिता भएमा मात्र शिक्षा क्षेत्रको विकास सम्भव रहेको बताउनु भयो ।

कार्यक्रममा निसीखोला गाउँपालिका १ का अध्यक्ष चन्द्रसिंह रामजाली, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा पुर्व वडा नं. १ का अध्यक्ष इन्द्र बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधी,चन्दादाता, बुद्धिजीवी शिक्षक लगायतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो । विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्रीद्वारा विद्यालयको आर्थिक वर्ष २०८०÷०८१ को भौतिक, आर्थिक र शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रममा उत्कृष्टलाई सम्मान गरिएको थियो ।

कार्यक्रम शिक्षक पूर्ण प्रसाद सापकोटाको स्वागत, शिक्षक विनोद पौडेल र दीपक घिमिरेले सञ्चालन गर्नुभएको हो ।