एकल जातीय चिन्तनले देशलाई बर्बादी बनायो : राजेन्द्र महतो ।

 बुर्तिबाङ जेठ २९ गते

पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक समेत रहेका अभियन्ता राजेन्द्र महतोले देश एकल जातीय चिन्तनबाट अगाडि बढिरहेको बताउँदै अब त्यसको प्रतिकारमा आफूहरू उत्रिनुको विकल्प नरहेको बताउनु भएको छ ।

मंगलबार बागलुङको बुर्तिबाङ बजारमा आयोजित एक सभालाई सम्बोधन गर्दे उहाँले देशमा विभिन्न शासन सत्ता हुँदै गर्दा ७० वर्षमा ७÷७ पटक संविधान संसोधन गर्दे गर्दा पनि विभिन्न जात जाती र धर्मको मुल्याँकन हुन नसकेको बताउँदै अबको नेपाल बहुलराज्यको घोषणा सहित सबैको अपनत्व र पहुँच हुने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

मंगलबार बिहान पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो बताउनु भएको हो । त्यस्तै राष्ट्रिय मुक्ति क्रान्ति पश्चिम कमान्डले आयोजना गरेको ढोरपाटन सिकार आरक्ष द्धारा स्वदेशी मगरात भूमि अतिक्रमण विरुद्ध सांस्कृतिक प्रतिरोध कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका महतोले बताउनु भयो ।

थप बोल्दै नेपालमा विभिन्न जातजाति अझैपनि पछि परिरहेको र छुट्टा छुट्टै हक अधिकारका निम्ति गरिएका आन्दोलन र सङ्घर्षले सार्थकता नपाएपछि अब पहिचान बादी पक्षधर एक ठाउँमा उभिएर बहुल राज्यको निम्ति आन्दोलन र सङ्घर्षका कार्यक्रम अगाडि बढाउने बताउँदै आफूहरूले गरेको नेतृत्व र लडाइँ विचारको लडाइँ हुने बताउनु भयो ।

आफूले ३५ वर्षसम्म मधेशमा रहेर त्यहाँका जनताको निम्ति गरिरहेको नेतृत्व अब देशभरका पहिचानवादी सँग पुगेर अगाडि बढ्ने बताउँदै अधिकार स्थापित गर्न एकताको माध्यमबाट अगाडि बढिने बताउनु भयो । थप प्रसङ्गमा बोल्दै ढोरपाटन सिकार आरक्षले यहाँका दलित र मगर समुदायको हक अधिकार निमिट्यान्न पार्न खोजेको पुर्खौली थलोबाट विस्थापित गर्न खोजिरहेको बताउँदै त्यसका निम्ति आफूहरूले खबरदारी गरिरहने बताउनु भयो ।

सिकार आरक्षले स्थानीय बासिन्दालाई त्यहाँबाट लखेट्ने व्यवहार गरिरहेको र त्यहाँ जाँदै गर्दा स्थानीय नागरिकले समेत कर तिर्नुपर्ने बाध्यता रहेको बताउँदै अब आफूहरूले एकल तहको चिन्तनलाई चिर्नका निम्ति संघर्ष गर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका पश्चिम कमान्ड जुनतारा पुन मगरको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेतृ कमला गुरुङ ,नेता केशव झा, सुमन सायमी लगायत नेपाल मगर संघको प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय नेताहरू  तथा सामाजिक अगुवाहरूको उपस्थिति एवम् मन्तव्य रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले ढोरपाटन सिकार आरक्षले स्थानीय मगर र दलित समुदायले उपभोग गर्दे आइरहेको भूमि अतिक्रमण गर्ने र त्यहाँका नागरिकलाई दुख दिने र जनतालाई विस्थापित गर्ने कार्य गरिरहेको बताउँदै त्यसका विरुद्ध आफूहरूले खबरदारी गरिरहने बताएका छन ।

कार्यक्रममा विभिन्न सांस्कृतिक समुहको साँगीतिक प्रस्तुती रहेको थियो । राष्ट्रिय पुनको स्वागत , अनुप बूढा र टिका बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तथा सामाजिक अगुवाहरूको उपस्थिति एवम् मन्तव्य रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले ढोरपाटन सिकार आरक्षले स्थानीय मगर र दलित समुदायले उपभोग गर्दे आइरहेको भूमि अतिक्रमण गर्ने र त्यहाँका नागरिकलाई दुख दिने र जनतालाई विस्थापित गर्ने कार्य गरिरहेको बताउँदै त्यसका विरुद्ध आफूहरूले खबरदारी गरिरहने बताएका छन ।

कार्यक्रममा विभिन्न सांस्कृतिक समुहको साँगीतिक प्रस्तुती रहेको थियो । राष्ट्रिय पुनको स्वागत , अनुप बूढा र टिका बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित