Home Blog Page 84

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा निसीखोला र तमानखोला गाउँपालिका द्धारा सार्वजनिक विदा ।

0

जेठ २०
बागलुङको निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले सोमबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।
सोमबार पालिका भित्र रहेका अत्यावश्यक सेवाका कार्यहरू बाहेकका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरूमा स्थानीय बिदा निर्णय गरिएको जनाइएको छ ।
तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत द्धारा हस्ताक्षरित पत्र अनुसार बागलुङका दुई पालिकाले सार्वजनिक बिदा दिएका हुन ।
त्यस्तै सोमबार निसीखोला गाउँपालिकामा निसीखोला दलित सञ्जालको आयोजनामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन सम्बन्धी वृहत कार्यक्रम हुने भएको हो । 

तमानखोलामा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको संयुक्त सभा ।

0

 जेठ १९

बागलुङको तमानखोला गाउँपालिकाको आयोजनामा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको संयुक्त सभा शनिबार बोङ्गादोभानमा सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाको आयोजनामा आयोजित सभालाई गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दे सांसद पौवीले २१ औँ शताब्दीमा आइपुग्दा समेत मानिस मानिस बिच अझैपनि भेदभाव र छुवाछुत रहेको बताउँदै सचेत नागरिकबाटै छुवाछुत र भेदभाव जन्य जघन्य अपराधको अन्त्यका निम्ति पहल गर्नुपर्ने बताउनु भयो ।

जातियताकै कारण हुने विभिन्न अपराध र विभेदका कारण आम नागरिक बिच एकता हुन नसकिरहेको बताउँदै दलित समुदाय माथि हुने बिभेद र छुवाछुतको अन्त्यका निम्ति सबै नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित सभामा सामाजिक अभियन्ता तथा विशेष वक्ता खगेन्द्र सुनार, सामाजिक अभियन्ता तथा विशेष वक्ता तेजिन्द्र थापा, र सामाजिक अभियन्ता तथा विशेष वक्ता तथा पूर्व मन्त्री विसेन्द्र पासवानको प्रमुख वक्ताको रुपमा सम्बोधन रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । चर्चित राष्ट्रिय लोकदोहोरी गायक खेम सेञ्चुरीको साङ्गीतिक प्रस्तुती रहेको कार्यक्रम कर्मचारी मुना विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

0

ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ५ बुढाथोकमा सम्पन्न भएको छ । नगरपालिकाको विभिन्न विषयगत शाखाहरुबाट यस अघि भए गरेका विभिन्न प्रगतिकाबारे जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका सम्बन्धीत शाखाका पदाधिकारीहरुले स्थानीयले राखेको जिज्ञासाका बारेमा जवाफ दिएका थिए ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले  पालिकाबाट भैरहेको सेवा प्रवाह, सार्वजनिक सेवाह प्रवाह, विकास बजेट, योजना तथा कार्यक्रम सञ्चालनका बारेमा  प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसमा ५६ करोड , ५१ लाख, ७२ लाखको बजेट अनुसार ४७ करोड ६४ लाख विकासका लागि बिनियोजित बजेटमा ६० प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै चालु तर्फ ६९.७८ प्रतिशत , पुँजीगत तर्फ ४२.६९ प्रतशत प्रगति भएको छ ।

१७३ योजनाहरु मध्ये १७२ वटा योजनाहरु सम्झोता भइसकेको र १ वटा सम्झौता गर्न बाँकी रहेको र १३५ वटा योजनाहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ  भने ३८ वटा निर्माण हुँदै गरेको प्र्रतिवेदनमा उल्लेख गरिएको थियो ।हाल सम्म ८० प्रतिशत भौतिक प्रगति भएको ज्ञवालीले जानकारी गराउनु भएको थियो । त्यस्तै नगरपालिकामा ८२ लाख ४२ हजार कुल राजश्व संकलन भएको जनाइएको छ ।

नगरपालिकाबाट कृषकलाई अनुदान कार्यक्रम सञ्चालन भएको र निकै प्रभावकारी रहेको बताइएको छ । क्षमता रोजागार तर्फ ३४ योजनाका लागि ५५ लाख बजेट विनियोजन भएकोमा ३४ लाख भुक्तानी भइसकेको र ४ वटा योजनाहरु भुक्तानीको क्रममा रहेको जनाइएको छ ।

उपस्थित स्थानीय वक्ताले शिक्षा, स्वास्थ्य, यातायत, कृषि, सडक लगायतका विषयमा आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरु प्रस्तुत गरेका थिए । स्थानीयहरुको जवाफ सम्बन्धीत निकायकाका विषयगत शाखा प्रमुखहरुले जवाफ दिएको थिए ।

कार्यक्रमका अवसरमा नगरपालिकका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै वन क्षेत्रका विभिन्न समस्या समाधानका लागि आफुले पहल गर्ने, अलपत्र परेका सडकलाई प्राथमिकताका साथ छिटो निर्माण सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्ष बजेट बिनियोजन गर्ने, नयाँ शहर आयोजनाको कामलाई ९ वटै वडामा कार्यान्वयन गर्न आफुले पहल गरिरहेको बताउनु भएको थियो ।

नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवाली , वडा नं. २ का अध्यक्ष भेग बहादुर खत्री, वडा नं. ३ का अध्यक्ष खिम बहादुर बि.क. कार्यपालिका सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु गोपाल महत, तम बहादुर घर्ति, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, निवर्तमान वडा अध्यक्ष लक्षमण पुन, प्रशासन शाखाका चण्डीराज पौडेल, शिक्षा शाखा प्रमुख गणेश बहादुर रावल, प्रा.स. शिक्षाका ज्ञानेन्द्र सापकोटा, लेखा शाखाबाट प्रतिक घर्ति, रोजगार संयोजक हिरालाल खनाल, कृषि शाखाका महेन्द्र अधिकारी, पशु शाखाका दल बहादुर शाही, प्राविधिक शाखाबाट ध्वज साउद, विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समूह, नगर प्रहरी, सञ्चारकर्मी, नगरपालिकाका स्थानीय बासी लगायतको उपस्थिति रहेको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र बहादुर पुनको स्वागत मन्तब्य रहेको थियो । सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छबिलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

व्यवसायिक कृषकलाई प्रोत्साहन गर्दे ढोरपाटन नगरपालिका ।

0

जेठ १७ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिकाले कृषकलाई कृषि र पशुपालन क्षेत्रमा व्यवसायिक बनाउन र उनीहरूलाई प्रोत्साहित गर्न नगद अनुदानको कार्यक्रमलाई अगाडि बढाएको छ ।

“नगरपालिका कृषकको साथमा ,अनुदान हात हातमा” भन्ने नारा सहित कृषकलाई नगद अनुदानको कार्यक्रमलाई अगाडि बढाएको हो । कृषि क्षेत्रको विकास गर्न र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप उत्पादनका आधारमा नगद अनुदान कार्यक्रमको योजना लिएको नगरपालिकाले यसवर्ष ९ लाख रुपैयाँ व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्दे आइरहेका कृषकलाई नगद अनुदानका रुपमा उपलब्ध गराउन लागेको हो ।

एक हप्ते सूचना प्रकाशन गरेर अनुदान कार्यक्रममा सहभागि हुन कृषकलाई आव्हान गरेको नगरपालिकाले अनुदानको कार्यक्रममा छनौट कृषकको घरमै पुगेर उनीहरूले गरेको व्यवसायको अनुगम सुरु गरेको हो । बुधबार वडा नं. ५ का कृषकको घरमै पुगेर कृषकले गरिरहेको मिहिनेत, उत्पादनको अवस्था, लगायतका विषयमा अनुगमन सँगै कृषकका समस्या र गुनासो सुन्नुका साथै नगरपालिकाले लिएको कार्यक्रमका विषयमा जानकारी गराइएको थियो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको संयोजकत्वमा रहेको अनुगमन समितिले अनुगमनसँगै व्यवसायिक कृषकलाई सम्मान पत्र उपलब्ध गराउँदै नगद अनुदानको कार्यक्रममा छनौट भएका कृषकको बैँक खातामा नगरपालिकाले रकम जम्मा गरिदिने कार्यबाही मेयर धन बहादुर कायतले बताउनु भयो ।

नगरपालिकाले कृषकले गरेको मिहिनेतलाई मूल्यांकन गर्दे नगदमा अनुदान दिने निती लिएपछि कृषकहरू खुसी भएका छन । आफूहरूले गरेको मिहिन र नगरपालिकाले कृषकको घरमै आएर कृषकले गरिएको मिहिनेतका आधारमा दिइने यस्ता अनुदानले आफुहरुलाई थप व्यवसायिक बन्न सहयोग पुग्ने व्यवसायिक तथा अगुवा कृषकले बताएका छन ।

समितिको सदस्य रहेका ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, कार्यपालिका सदस्य दिलिप कुमार थापा, कृषि शाखा प्रमुख महेन्द्र अधिकारी, पशु शाखा प्राविधिक सूक्ष्मा घर्तीको उपस्थिति रहेको थियो । यसवर्ष नगरपालिका भरका ८९ जना कृषक अनुदानका निम्ति छनौट भएका छन ।

नगरपालिकाले प्रकाशन गरेको सूचनाको आधारमा निवेदन दिएका र व्यवसायिक फर्म दर्ता गरेर अगाडि बढेका कृषकले अनुदानको कार्यक्रममा सहभागिता जनाउन पाएका हुन । वडा नं. ५ बाट २४ जना कृषकले अनुदानको कार्यक्रममा निवेदन दिएका थिए ।

ढोरपाटन नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षतामा वडा कार्यालयमा आयोजित कार्यक्रममा कृषकलाई सम्मान पत्र वितरण गर्दे आगामी दिन थप व्यवसायिक बन्दै कृषि क्षेत्रको विकास र विस्तारमा अगाडि बढन  आग्रह गर्दे व्यवसायिक र मिहिनेती कृषकलाई नगरपालिकाले आगामी दिनमा परिणाम देखिने गरी सम्मान र अनुदानका कार्यक्रममा सहभागि गराउने कार्यवाहक मेयर धन बहादुर कायतको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कायतले अनुदानले कृषकलाई हौसला प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, कार्यपालिका सदस्य दिलिप कुमार थापाले आफ्नो धारणा राख्दै कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रममा यस्तो कार्यक्रम लिएको बताउनु भयो । कार्यक्रममा स्थानीय अगुवा कृषकको सहभागिता रहेको थियो ।

कार्यक्रम महेन्द्र अधिकारीले सञ्चालन गर्नुभएको हो ।

ढोरपाटन नगरपालिकाले व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न नगद अनुदान उपलब्ध गराउँदै ।

ढोरपाटन नगरपालिका २ मा वडा कार्यालय भवनको शिलान्यास ।

0

बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ मा वडा कार्यालयको भवनको शिलान्यास मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०८० ÷८१ कुल २० लाख बजेट विनियोजन गरेर वडा कार्यालयको भवन निर्माण सुरु गरिएको हो ।

स्थानीय समाजसेवी टिका लाल सुवेदीद्वारा ९ आना जग्गा ढोरपाटन नगरपालिका २ स्थित सेरा फाँटमा उपलब्ध गराएसँगै भवन निर्माणले सार्थकता पाएको हो ।

जग्गा अभावकै कारण भवन निर्माणमा ढिलाइ भइरहेको थियो । वडा नं. २ का वडा अध्यक्ष भेग बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धन बहादुर कायत ले भवनको शिलान्यास गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यवाहक मेयर कायत ले नागरिकको सेवा र सुविधाका निम्ति ढोरपाटन नगरपालिकाले विभिन्न कार्यक्रम, योजना र भौतिक पूर्वाधारलाई महत्व दिएर अगाडि बढिरहेको बताउनु भयो । ७ वर्षसम्म भाडाको घरमा सञ्चालन रहँदै आएको वडा कार्यालय अब केही समयमै आफ्नै भवनबाट सञ्चालन हुने बताउँदै आगामी बजेटमा थप बजेट व्यवस्थापन गरेर वडा कार्यालयलाई पूर्णता दिइने बताउनु भयो ।

कार्यक्रमका अवसरमा जग्गादाता टिका लाल सुवेदी, पूर्व वडा अध्यक्ष युवराज महत, समाजसेवी हर्क बहादुर गुरुङ, मेषलाल शर्मा, शालिकराम शर्मा लगायत स्थानीय बासीको उपस्थिति रहेको थियो ।

निर्माण समितिका अध्यक्ष अमर बहादुर क्षेत्रीको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन नेत्र चालिसेले गर्नुभएको थियो ।

तमानखोलाका महिलाको नेतृत्व विकास गर्न उद्घोषण तथा भाषण कला तालिम ।

0

तमानखोला गाउँपालिकाले आयोजना गरेको २ दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।

गाउँपालिका अन्र्तगत रहेका महिला जनप्रतिनिधि, पालिका स्तरीय महिला समिति र वडा स्तरीय महिला समितिका लागि लक्षित गर्दे  आयोजना गरिएको तालिममा ६ वटै वडाबाट ६० जना महिलाहरूको उपस्थिति रहेको थियो ।

महिलाहरूलाई बोल्न सक्ने, नेतृत्व गर्न सक्ने बनाई उनीहरू लाई जिम्मेवार बनाउने र आत्मनिर्भर सँगै समाजमा नेतृत्व बहन गर्ने भूमिकामा ल्याउनका निम्ति यस्तो प्रकारको कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो । तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो ढोरपाटनको व्यवस्थापनमा सञ्चालित तालिमबाट सहभागि महिलाहरूले आफूलाई यस प्रकारको तालिमले जीवनमा थप उत्प्रेरणा प्राप्त भएको र आफूहरूमा बोल्न सक्ने, नेतृत्व गर्न सक्ने र समाजमा हुने नराम्रा गतिविधिका विरुद्ध अगाडि बढ्न सक्ने क्षमता प्राप्त भएको बताउँदै समाज नेतृत्वमा अग्रणी रुपमा रहेर आफूहरूले भूमिका निर्वाह गर्ने बताएका हुन ।
आमा समुह सँग उपाध्यक्ष कार्यक्रम लगायतका विविध कार्यक्रम गर्दे महिलालाई थप जिम्मेवार र नेतृत्व तहमा लैजानु पर्दछ भन्ने मान्यताका साथ विभिन्न कार्यक्रम गर्दे आउनु भएका गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले बोल्दै यस्ता कार्यक्रमले महिलाको क्षमता विकास सँगै आफूहरूले जिम्मा लिएका संघ संस्थामा सक्रिय पूर्वक काम गर्न सक्ने सार्मथे ल्याउनका निम्ति उद्घोषण कला र भाषण कला तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनी यस्ता कार्यक्रम सञ्चालन गर्दे जाने बताउनु भयो ।
महिला बालबालिका समिती संयोजक भिम कुमारी छन्त्यालको अध्यक्षतामा आयोजित समापन सत्रको कार्यक्रम गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपाध्यक्ष हिरा कुमारी छन्त्यालको शिविष्ठ आतिथ्तता रहेको थियो । कार्यक्रमा सहभागिहरुले आफुहरुलाई दुई दिन सम्म दिइएको तालिमले व्यवहारिक, जिम्मेवार र आगामी दिनमा हरेक कार्यक्रममा निर्धक्क भएर बोल्न सक्ने ज्ञमताको विकास भएको बताएका छन । तालिममा पहिलो दिन पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य थम्मन थापा र पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य एवम् सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख  छविलाल पाण्डेले दुई दिन सम्म  प्रशिक्षण दिनुभएको थियो । 

तमानखोला गाउँपालिकाले नमुना पुल (कल्भर्ट )बनाइदिएपछि वडा नं. ५ र ६ का नागरिक दंग ।

0

बागलुङको तमानखोला गाउँपालिकाले आफ्नै खर्चमा मोटरपुलकै काम गर्ने कल्भर्ट निर्माण गरेको छ ।

वडा नं. ५ र ं६ नम्बर वडाका नागरिकलाई यातायातका साधन मार्फत सहज यात्रा गर्न र खाध्यान्ह लगायतका सामाग्री ओसार पसार गर्न मिल्ने गरि यस क्षेत्रमै नमुना पुल (कल्भर्ट ) निर्माण गरिदिएपछि त्यस क्षेत्रका नागरिक दंग परेका हुन । गाउँमा सडक पुगेको बसौँ भइसक्यो तर पालिकाको सदरमुकाम देखि गाउँ गाउँ पुग्न धेरै खोला नाला पार गरेर मात्र पुग्न सकिन्छ ।

हिउँदका ८ महिना जसो तसो सवारीका साधन मार्फत यात्रा गर्ने वडा नं. ५ र ६ का करिब २ हजार नागरिक जब वर्षात सुरु हुन्छ सडक सञ्जाल बिच्छेद भएर निकै चिन्तामा पर्ने समस्या थियो ।

अहिले तमानखोला गाउँपालिकाको आर्थिक बर्ष २०८० ÷०८१ को कुल ७५ लाख बजेटबाट उक्त कल्भर्ट निर्माण गरिएको हो । त्यस क्षेत्रमा अधिकांश जिप, पिकअप र ट्याक्टर चल्दै आएका छन ।

बर्सातको समयमा पनि लोड सहितका ट्याक्टर जिप, पिकअप निर्वाध रुपमा सञ्चालन हुने गरी पालिकाले छोटो पुल नै बनाइदिएको हो । कुल १६.५ मिटर लामो उक्त पुल नयाँ डिजाइनको छ । उपभोक्ता समिति मार्फत निर्माण गरिएको कल्भर्ट पुल ) निर्माण सम्पन्न भएसँगै मंगलबार एक कार्यक्रमका बिचमा उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष जोक लाल बुढाले अब यहाँका नागरिकलाई सहज रुपमा यात्रा गर्न पुलले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

“गाउँपालिका जहिले पनि नागरिकको समस्या र आवश्यकतालाई हेरेर विकास निर्माण गर्दे आइरहेको बताउँदै तमानखोला गाउँपालिका ५ र ६ का नागरिकले बर्सातको समयमा खेप्दै आइरहेको पीडा अव अन्त्य हुने उहाँले बताउनु भयो ।”

यहाँका नागरिकलाई बर्सातको समयमा एक डेढ घण्टा हिँडेर गाउँ पुग्नुपर्ने , कोही बिरामी पर्दा डोकोमा बोकेर हिँड्नुपर्ने समस्या कम हुँदै गएको बताउँदै घट्टबोट घाटमा मोटरपुल  निर्माणका निम्ति प्रदेश र संघका माननीय हरू लाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष जोक लाल बुढाको भनाई छ ।

उक्त घाट लामो र पालिकाले पुल निर्माण गर्न सक्ने अवस्थामा नरहेका कारण प्रदेश र सङ्घको बजेटबाट हुनुपर्ने अध्यक्ष बुढाले बताउनु भयो । २५ टन सम्म लोड धान्न सक्ने क्षमता रहेको उक्त पुलबाट स्थानीय सवारी चालकले सवारी ओहोर दोहोरो गराएर खुसी साटेका छन । गाउँमा गाडी गुडिरहेको र गाडी चढेर यात्रा गरिरहेका जेष्ठ नागरिकले गाउँपालिकाले नै मोटरेवल पुल निर्माण गरिदिएपछि दंग हुँदै खुसी व्यक्त गरेका हुन ।

सम्झौता भएको तिन महिनामै पुल बनेको हो । पुल बनेपछि वडा नं. ५ र ६ का नागरिकले अब घट्टबोट घाटमा बर्सातको समयमा जम्मा ५ मिनेट मात्रै हिँडे पुग्ने र बोङ्गादोभान घाटमा यस बर्ष पुल बनेमा र चाँडै घट्टबोटमा पनि पुल बनेमा आफूहरूको पुलको समस्या र सपना पुरा हुने वडा नं. ५ का अध्यक्ष हिरा बहादुर सिर्पालीले बताउनु भयो ।

कल्भर्ट पुल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वर लाल शाक्य, ६ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

बुर्तिबाङ र गल्कोटका इमेज पीडितले मुद्दा फिर्ता लिने तयारीमा  ।

0

 बुर्तिबाङ जेठ १४ गते

बुर्तिबाङ र गल्कोटका इमेज पीडितले आफूहरूले अदालतमा दर्ता गराएको मुद्दा फिर्ता लिने निर्णय गरेका छन ।

सोमबार बुर्तिबाङमा बसेको संघर्ष समिति र केही पीडित बचतकर्ताको एक भेलाले आफूहरूले हालसम्म पनि सहकारीमा जम्मा गरिएको रकम फिर्ता पाउने अवस्था नआएपछि मुद्दा फिर्ता लिएर देब कुमार नेपालीलाई मार्ग प्रसस्त गर्ने र देवकुमार नेपालीको बुर्तिबाङमा रहेको सम्पत्ति जफत गरेर राख्ने निर्णय गरिएको संघर्ष समिति गल्कोटका अध्यक्ष मञ्जु शर्माले बताउनु भयो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाको अरबौँ रकम हिनामिना पारेर ढोरपाटन नगरपालिका मेयर तथा इमेज सहकारीका संस्थापक अध्यक्ष फरार भएको एक वर्ष कटिसक्दा समेत हालसम्म बचत कर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेका हुन ।

आफूहरूको मुद्दाको कारण देवकुमार नेपालीलाई पीडित समक्ष आएर बचत फिर्ता गर्ने वातावरण समेत नभएका कारण अन्तिम विकल्पमा मुद्दा फिर्ता लिने तयारी गरिएको बचतकर्ताको भनाई छ ।

“सर्माले भन्नुभयो हामीलाई देवकुमार नेपालीका मान्छेबाट चितवन, काठमाण्डौ लगायत क्षेत्रमा रहेको जग्गा लिन अपर आएपनि आफूहरूले बुर्तिबाङ बाहेक अन्यत्रको जग्गा नलिने निर्णय सँगै मुद्दा फिर्ता लिने र यहाँको सम्पत्ति कब्जा गरेर राख्ने तयारी गरिएको छ । ”

सयौँ बचत कर्ताले आफ्नो बचत रकम फिर्ता हुनुपर्ने माग सहित अदालतमा मुद्दा दर्ता गराउँदा समेत आफूहरूले न्याय नपाएको भन्दै गल्कोट र बुर्तिबाङ क्षेत्रको एक भेलाले आफूहरूले राखेको मुद्दा फिर्ता गर्ने निर्णय भएको संघर्ष समिति बुर्तिबाङका अध्यक्ष यम बहादुर कुवँरको भनाई छ । बुर्तिबाङका १५० जना पीडितले अदालतमा मुद्दा दर्ता गरेका छन ।

यहाँको मात्रै ८ करोड बढिको मुद्दा दर्ता भएको छ भने गल्कोटबाट ३०० जना पीडितले मुद्दा दर्ता गराएका थिए ।

 गल्कोटका बचतकर्ताले १५ करोड बराबरको बिगो दाबी सहित मुद्दा दर्ता गराएका अध्यक्ष शर्माले बताउनु भयो । उता राष्ट्रिय सहकारी बैँकले १५ दिने सूचना निकाल्दै नेपालीले ऋण स्वरुप लिएको रकमको धितोमा राखिएका जग्गा लिलामीको सूचना गत जेठ ८ गते प्रकाशन गरिसकेको छ ।

यता पीडितहरूले लामो समयसम्म प्रतिक्षा गर्दा समेत न्याय पाउन सकिरहेका छन । गल्कोट , बुर्तिबाङका पीडितले छुट्टै तवरले कार्यक्रम भेटघाट गर्दे आइरहेका छन बागलुङ र पोखराको संघर्ष समिति छुट्टै छलफल र बैठक बस्ने गरेका हुन। बुर्तिबाङका पीडितले मुद्दा फिर्ता लिने निर्णय भएको र गल्कोटमा समेत आफूले समन्वय गरेर चाँडै मुद्दा फिर्ता लिने तयारीमा रहेको मञ्जु शर्माको भनाई छ ।

संघर्ष समितिले बुर्तिबाङमा रहेको दरबार होटल विगत डेढ महिना देखि सञ्चालन गर्दे आइरहेको हो कतिपय इमेज पीडित बचत कर्ता र फरार देवकुमार नेपाली बिच फोन संवाद  हुँदै आएको हल्ला चल्दै आएको छ । तर यस विषयमा मञ्जु चालिसेले देवकुमार नेपाली फरार भएदेखि उनको र आफ्नो कुनै संवाद नभएको दाबी गर्नुभयो ।