ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ५ बुढाथोकमा सम्पन्न भएको छ । नगरपालिकाको विभिन्न विषयगत शाखाहरुबाट यस अघि भए गरेका विभिन्न प्रगतिकाबारे जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका सम्बन्धीत शाखाका पदाधिकारीहरुले स्थानीयले राखेको जिज्ञासाका बारेमा जवाफ दिएका थिए ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले  पालिकाबाट भैरहेको सेवा प्रवाह, सार्वजनिक सेवाह प्रवाह, विकास बजेट, योजना तथा कार्यक्रम सञ्चालनका बारेमा  प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसमा ५६ करोड , ५१ लाख, ७२ लाखको बजेट अनुसार ४७ करोड ६४ लाख विकासका लागि बिनियोजित बजेटमा ६० प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै चालु तर्फ ६९.७८ प्रतिशत , पुँजीगत तर्फ ४२.६९ प्रतशत प्रगति भएको छ ।

१७३ योजनाहरु मध्ये १७२ वटा योजनाहरु सम्झोता भइसकेको र १ वटा सम्झौता गर्न बाँकी रहेको र १३५ वटा योजनाहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ  भने ३८ वटा निर्माण हुँदै गरेको प्र्रतिवेदनमा उल्लेख गरिएको थियो ।हाल सम्म ८० प्रतिशत भौतिक प्रगति भएको ज्ञवालीले जानकारी गराउनु भएको थियो । त्यस्तै नगरपालिकामा ८२ लाख ४२ हजार कुल राजश्व संकलन भएको जनाइएको छ ।

नगरपालिकाबाट कृषकलाई अनुदान कार्यक्रम सञ्चालन भएको र निकै प्रभावकारी रहेको बताइएको छ । क्षमता रोजागार तर्फ ३४ योजनाका लागि ५५ लाख बजेट विनियोजन भएकोमा ३४ लाख भुक्तानी भइसकेको र ४ वटा योजनाहरु भुक्तानीको क्रममा रहेको जनाइएको छ ।

उपस्थित स्थानीय वक्ताले शिक्षा, स्वास्थ्य, यातायत, कृषि, सडक लगायतका विषयमा आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरु प्रस्तुत गरेका थिए । स्थानीयहरुको जवाफ सम्बन्धीत निकायकाका विषयगत शाखा प्रमुखहरुले जवाफ दिएको थिए ।

कार्यक्रमका अवसरमा नगरपालिकका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै वन क्षेत्रका विभिन्न समस्या समाधानका लागि आफुले पहल गर्ने, अलपत्र परेका सडकलाई प्राथमिकताका साथ छिटो निर्माण सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्ष बजेट बिनियोजन गर्ने, नयाँ शहर आयोजनाको कामलाई ९ वटै वडामा कार्यान्वयन गर्न आफुले पहल गरिरहेको बताउनु भएको थियो ।

नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवाली , वडा नं. २ का अध्यक्ष भेग बहादुर खत्री, वडा नं. ३ का अध्यक्ष खिम बहादुर बि.क. कार्यपालिका सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु गोपाल महत, तम बहादुर घर्ति, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, निवर्तमान वडा अध्यक्ष लक्षमण पुन, प्रशासन शाखाका चण्डीराज पौडेल, शिक्षा शाखा प्रमुख गणेश बहादुर रावल, प्रा.स. शिक्षाका ज्ञानेन्द्र सापकोटा, लेखा शाखाबाट प्रतिक घर्ति, रोजगार संयोजक हिरालाल खनाल, कृषि शाखाका महेन्द्र अधिकारी, पशु शाखाका दल बहादुर शाही, प्राविधिक शाखाबाट ध्वज साउद, विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समूह, नगर प्रहरी, सञ्चारकर्मी, नगरपालिकाका स्थानीय बासी लगायतको उपस्थिति रहेको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र बहादुर पुनको स्वागत मन्तब्य रहेको थियो । सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छबिलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित