Home Blog Page 85

माओबादी केन्द्रको पूर्ण भेला तथा वडा समिती गठन ढोरपाटन २ मा सम्पन्न ।

0

जेठ १२ गते बुर्तिबाङ

नेकपा माओबादी केन्द्रको पूर्ण भेला तथा वडा समिती गठन कार्यक्रम ढोरपाटन नगरपालिका २ मा शुक्रबार सम्पन्न भएको छ ।

भेलाले थम बहादुर नेपालीको अध्यक्षतामा ११ सदस्य वडा समितीको गठन गरिएको जनाइएको छ । माओबादी केन्द्रका जिवलाल कँडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो ।

सर्वसहमतीबाट वडा समितीको गठन गरिएको दिलिप थापाले बताउनु भयो ।

निसीखोला गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउँदै ।

0

जेठ १२ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिकाले नागरिकलाई घर नजिकैबाट स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने गरि सेवा विस्तारलाई तिब्रता दिएको छ ।

शुक्रबार वडा नम्बर २ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएसंगै निसीखोला गाउँपालिकाको ७ वटै वडाका नागरिकले घर नजिकैको स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न पाउने भएका छन ।

निसीखोला गाउँपालिकाको निती तथा कार्यक्रम अन्र्तगत नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्य अनुरुप यसबर्ष वडा नं. १ को लेवाङमा स्वास्थ्य ईकाई र वडा नं. २ को वडा कार्यालय नजिकै आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

गत बर्ष भौगोलीक रुपले दुर्गम रहेको निशेलढोरमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको थियो । जनतालाई पायक पर्ने गरी स्वास्थ्य इकाई र आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रवाह गर्दे आएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तीले बताउनु भयो ।

निसीखोला गाउँपालिका २ का ७ सय ७५ घरधुरीका नागरिकले सहज रुपमा सेवा प्राप्त गर्ने गरि आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको र चाँडै यसलाई थप स्तरोन्नती गरिने वडा अध्यक्ष कुविर बिकले बताउनु भयो । शुक्रबार गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले एक औपचारिक कार्यक्रमको विचमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेर सेवाको सुभारम्भ गरिएको थियो ।

वडा नं.२ को बायखोला, काल्नेचौर, जुग्जाखोला बेङरी लगाएत गाउँका नागरिक हालसम्म स्वास्थ्य सेवा लिन वडा नं. १ को देविस्थान स्वास्थ्य चौकी र वडा नं. ३ को बोहोरागाउँ स्वास्थ्य चौकीमा जाने गरेका थिए ।

हाल १ जना अनमी र एक जना कार्यालय सहयोगी राखेर सेवा सञ्चालनमा ल्याइएको र केहि समयमा जग्जाको व्यवस्थापन गरेर आफनै भवनबाट सेवा प्रवाह अगाडी बढाउने वडा अध्यक्ष कुविर बिकको भनाई छ ।

सांसद शेरचनको संयोजनमा निःशुल्क मुटु परिक्षण शिविर ७ सय नागरिकले लिए सेवा ।

0

बुर्तिबाङ जेठ १२ गते
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ स्थित बुर्तिबाङमा शनिबार निः शुल्क मुटुको परिक्षण शिविर सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनको संयोजन तथा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र को प्राविधिक सहयोगमा सञ्चालित शिविरमा पश्चिम बागलुङका ७ सय जना नागरिकले सेवा लिएका छन ।
सहभागि मध्ये ५ सय ९९ जनाको मुटुको ईसियो ९भिडियो एक्सरे ०गरिएको छ । उपचारमा बढि मात्रामा जेष्ठ नागरिक, लामो समयदेखि मुटुको समस्या भई औषधि उपचार गराउँदै आएका विरामी र स्थानीय नागरिकको सहभागिता रहेको थियो


चेकजाँच गराएका मध्ये १० जना नयाँ मुटुका बिरामी फेला परेका र उनिहरुलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्दमा निः शुल्क उपचारको व्यवस्था गर्ने गरी प्रवन्ध मिलाइने शिविरका संयोजन कर्ता तथा माननिय जित बहादुर शेरचनले बताउनु भयो ।
७ जना डाक्टर सहित २८ जना स्वास्थ्य कर्मीको टोलिद्धारा चेकजाँच गरिएको शिविरमा सामान्य समस्या रहेका बिरामीलाई औषधि उपलब्ध गराइएको र जटिल समस्या रहेकाहरुलाई उपचारका निम्ती सल्लाह दिइएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाइरेक्टर डा। रवि मल्लले बताउनु भयो ।

आफुहरुले यस्ता थुप्रै दुर्गम बस्तिमा निः शुल्क शिविर सञ्चालन गरिएको बताउँदै यस क्षेत्रका नागरिकको सेवा गर्न पाउँदा आफुहरु खुसी भएको बताउनु भयो ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष कायतले बोल्दै ग्रामिण क्षेत्रमा कमजोर आर्थिक अवस्था, र रोग लुकाएर बस्नुपर्ने बाध्यता तथा चेतनाको अभाबका कारण उपचारबाट बञ्चित रहेका नागरिकका निम्ती यस्ता शिविरले धेरै सहयोग पुग्ने बताउँदै यस्ता महत्वपूर्ण कार्यक्रममा ढोरपाटन नगरपालिकाले सम्मोन्य गर्दे आएको बताउनु भयो ।


कार्यक्रममा अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तीले बोल्दै आफुहरुले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गर्दे आएको बताउँदै माननिय ज्यूले यस क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गर्दे शिविर आयोजना गरेकोमा आभार व्यक्त गर्दे आगामी दिनमा पनी यस्ता कार्यक्रम आवस्यक रहने बताउनु भयो ।


त्यस्तै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै यस क्षेत्रमा पहिलो पटक राखिएको निःशुल्क मुटु परिक्षण शिविर अत्यन्तै मह्त्वपूर्ण शिविर रहेको र दुर दराजका नागरिकले सहज रुपमा आफनो स्वास्थ्य चेकजाँच गराई लिइने सुविधा अत्यन्तै सान्र्दभिक रहेको बताउनु भयो ।
स्थानीय पालिकाले समेत शिविरमा सम्मोन्य गरिएको र दुर दराजका नागरिकले सहज सुविधा प्राप्त गरेको बताउनु भयो ।
कार्यक्रममा राजनैतिक दलको तर्फबाट नेकपा एमालेका टँक प्रसाद पौडेलले बोल्दै शिविर अत्यन्तै मह्त्वपूर्ण रहेको बताउँदै आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभयो । आयोजित औपचारिक कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी देवेन्द्र घती, माओबादी केन्द्रको तर्फदेखि विर बहादुर घर्ती , राजमाको तर्फदेखि केन्द्रिय सदस्य गौरीश्वर पाण्डे लगाएत विभिन्न संघसंस्थाm क्लबका पदाधिकारीको आतिथ्यता रहेको थियो ।


शिविर ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका , निसीखोला गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ ढोरपाटनको व्यवस्थापन, जयन्ती स्मृती प्रतिस्ठान काठमान्डौ र फिस्टेल लज पोखराको सहयोग तथा ढोरपाटन उद्योग बाणीज्य संघ, रोटरी क्लब अफ ढोरपाटन , नेपाल रेडक्रस सोसाईटी, बुर्तिबाङ राईजिङ युवा क्लब, फुटवल क्लब, लगाएतको व्यवस्थापनमा सहयोग रहेको थियो । औपचारिक कार्यक्रम पत्रकार छविलाल पाण्डेले सञ्चालन गर्नुभएको हो ।

तिन युवा द्धारा हिले प्रावीलाई साउन्ड सिस्टम हस्तान्त्रण ।

0

जेठ ११ गते

बागलुङको तमानखोला गाउँपालिका ३ हिले स्थित हिले प्राथमिक विद्यालयलाई स्थानीय तिन युवाले साउन्ड सिस्टम हस्तान्त्रण गरेका छन ।

विद्यालयका हरेक कार्यक्रममा आवस्यक पर्ने साउन्ड सिस्टमको आवस्यकतालाई मध्यनजर गर्दे विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष अमर बहादुर प्रतेल र समाजसेवी तथा पूर्व विद्यार्थी झक बहादुर प्रतेल र सोही विद्यालयका पूर्व विद्यार्थी ज्ञानेन्द्र प्रतेलले संयूक्त रुपमा एकथान साउन्ड सिस्टम खरिद गरेर विद्यालय प्रशासनलाई उपलब्ध गराउनु भएको हो ।

विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, जनप्रतिनिधी लगाएतको उपश्थितीमा उक्त सामाग्रि हस्तान्त्रण गरिएको वडा सदस्य याम कुमार श्रीपालीले बताउनु भयो ।

तमानखोला बालगृहलाई लायन्स क्लबको सहयोग ।

0

बुर्तिबाङ जेठ १० गते

बागलुङको तमानखोला गाउँपालिका ३ तमानमा रहेको तमान बालगृहलाई लायन्स क्लब अफ काठमाण्डौ म्याग्दी र लायन्स क्लब अफ तमानखोला द्धारा १ लाख १५ हजार रुपैयाँ बराबरको खाध्यान्ह र स्टेसनरी उपलब्ध गराइएको छ ।

बिहीबार एक कार्यक्रमका विच बालगृहमा बसेर अध्ययनरत बालबालिकालाई सहयोग पुग्ने गरी दाल चामल लगायतका खाध्यान्ह सामाग्रीकपी कलम लगायतका स्टेसनरी सामाग्री उपलब्ध गराइएको तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढाले बताउनु भयो ।

तमानखोला गाउँपालिका ३ घर भई हाल काठमान्डौ बस्दै आउनु भएका लायन्स क्लब अफ काठमान्डौ म्याग्दीका पूर्व अध्यक्ष तथा सिनियर एडभाइजर शंकर गौचनद्वारा परिवार मार्फत संलकन गरिएको उक्त रकम लायन्स क्लब मार्फत बालगृहलाई उपलब्ध गराउनु भएको हो ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको सक्रियतामा सुरुवात गरिएको बालगृहमा हाल तमानखोला गाउँपालिका भरका अभिभावक विहीन बालबालिका बस्दै आएका छन । बालगृह व्यवस्थापन समिति मार्फत उनिहरुलाई निःशुल्क रुपमा खान बस्न साथै कक्षा १ देखि १२ सम्मको पठन पाठनको व्यवस्था गरिँदै आएको हो ।

विभिन्न सामाजिक संस्थाको सक्रियतामा बालगृहलाई स्टेसनरीखाध्यान्ह उपलब्ध गराइँदै आएको पाइएको छ ।

आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा नं. ३ का अध्यक्ष झक बहादुर बूढा समाजसेवी तथा लायन्स शंकर गौचन, लायन्स क्लब काठमान्डौ म्याग्दीका पदाधिकारी, लायन्स क्लब अफ तमानखोलाका पदाधिकारी, लगायतको उपस्थिति रहेको थियो ।

अर्नाकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति सँगै स्टेसनरी र पोशाक वितरण ।

0

जेठ ८ गते बुर्तिबाङ

 जेठ ८ गते बुर्तिबाङ बागलुङको निसीखोला गाउँपालिका २ देउरालीमा रहेको अर्नाकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति वितरण सँगै ३५० जना विद्यार्थीलाई पोशाक, झोला र स्टशेनरीका सामाग्री उपलब्ध गराइएको छ ।

 आइतबार एक कार्यक्रमका बिच कर्मफ्लाईटस् फाउन्डेसन पोखराका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरको विशेष उपश्थितीमा विद्यार्थीका निम्ति संस्थाको तर्फदेखि पोशाक, झोला र स्टशेनरीका सामाग्री उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताउनु भयो । 

विगत लामो समयदेखि शैक्षिक र भौतिक क्षेत्रमा लगानी  गर्दे आइरहेको कर्मफ्लाईटस् फाउन्डेसन पोखराले यसवर्ष पनि विद्यार्थीको सहज पठन पाठन र आवश्यक पोसाक र झोला उपलब्ध गराएको कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरको भनाई छ ।

 त्यस्तै स्थानीय अर्नाकोट कृषि सहकारी संस्थाले समेत विद्यालयलाई इस्मार्ट टिभी उपलब्ध गराएको हो । विद्यालयमा विभिन्न सहयोगी दाताबाट आइरहने साथ र सहयोगले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने प्रधानाध्यापक ईश्वर सिर्पालीले बताउनु भयो । 

आइतबार नै कर्मफ्लाईटस् फाउन्डेसन पोखराको सहजिकरणमा अर्नाकोट देउरालीमा २ सय २० जना आँखाका विरामको आँखा चेकजाँच तथा सामान्य उपचार र चस्मा विरण गरिएको थियो ।

सनराइज युवा क्लब द्धारा पुनिकला को उपचारमा सहयोग । 

0

जेठ ८ गते बुर्तिबाङ

जेठ ८ गते बुर्तिबाङ बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ मा रहेको सनराइज युवा क्लबले स्थानीय पुनिकला घर्तीको उपचारका निम्ति ५० हजार आर्थिक सहयोग गरेको छ ।

 दुबै मृगौला फेल भई मनिपाल टिचिङ अस्पताल पोखरामा उपचाररत घर्तीको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था आएपछि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको अवस्थामा क्लबले पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको क्बल अध्यक्ष चिना घर्तीले बताउनु भयो ।

निसीखोला गाउँपालिका २ की घर्ती विगत एक वर्षदेखि दुबै मृगौला फेल भएपछि उपचाररत रहेकी हुन । 

घरको आर्थिक अवस्था कमजोर रहेको र आर्थिक संकलन अभियान मार्फत उपचारका निम्ति अभियान सुरु गरिएको परिवारले जनाएको छ ।

सिल्गुमका आगलागी पीडितलाई फुर्से बराहताल सामाजिक संस्थाको सक्रियतामा राहत हस्तान्तरण ।

0

जेठ ८ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका २ सिल्गुमका आगलागी पिडित परिवारलाई राहत हस्तान्तरण गरिएको छ । 

फुर्से बराहताल सामाजिक संस्थाको सक्रियतामा संकलन भएको कुल ४ लाख ४२ हजार बराबरको रकम सोमबार एक कार्यक्रमका बिच आगलागीबाट पीडितलाई हस्तान्तरण गरिएको हो । 

गत बैशाख १४ गते वनमा लागेको आगो अनियन्त्रित भई गाउँमा पस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो दुई जना घाईते र अन्य परिवारको घरगोठ जलेर नष्ट भएको थियो । 

आगलागी पीडित घाईते प्रेम बहादुर घर्ती र ज्ञान बहादुर बुढाको परिवारलाई १ लाख ५८ हजारका दरले ३ लाख १७ हजार ४ सय ५६ रुपैयाँ र आगलागीमा परि ज्यान गुमाएका देवसिंह बिक को परिवारलाई ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । आगलागीबाट घाईते दुई जनाको कृतिपुर अस्पतालमा उपचार भएको थियो । दुवैजना नियमित स्वास्थ्य परीक्षणमा हुनुहुन्छ ।

तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको विशेष उपश्थितीमा भएको राहत वितरण कार्यक्रममा उपाध्यक्ष छन्त्यालले बोल्दै फुर्से बराहताल सामाजिक संस्थाले समस्यामा परेका पीडित परिवारको आलो घाउमा मल्हम लगाउने काम गरेको बताउँदै यस्ता सामाजिक क्षेत्रमा अझै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । 

स्थानीय युवाहरूको सक्रियतामा सञ्चालित अभियानबाट धेरै सहयोग भएको बताउँदै यस्तो अभियानले पीडितलाई राहत हुने बताउनु भयो संस्थाले स्वदेश तथा विदेशमा रहेका सामाजिक अगुवा, संस्था लगायतबाट संकलन गरिएको रकम पीडितलाई घरमै पुगेर हस्तान्तरण गरेको थियो ।

 आगलागीबाट घरमा क्षेती पुगेको राम बहादुर बिकलाई पच्चीस हजार, र तमानखोला गाउँपालिका १ स्थित केस बहादुर अर्गेजाको छोरी क्यान्सर पीडित हिमानी अर्गेजाको उपचारका निम्ति २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको कृष्ण खत्रीले बताउनु भयो । 

आफूले प्राप्त गर्ने सेवाबाट सामाजिक क्षेत्रमा लगानी गर्दे कार्यपालिका सदस्य हिक्मत जक्तपुरी ।

0

बुर्तिबाङ जेठ ४ गते

बागलुङको तमानखोला गाउँपालिका कार्यपालिका सदस्य हिक्मत जक्तपुरी ले आफूले अध्ययन गरेको एक सामुदायिक विद्यालयमा पैतिस हजार रुपैयाँ बराबरको स्टेसनरी सहित विभिन्न सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

तमानखोला गाउँपालिका १ पहिरामा रहेको भुमे प्राथमिक विद्यालयमा अध्ययनरत ११ विद्यार्थीलाई स्टेसनरी सहित अन्य सामाग्री उपलब्ध गराउनु भएको हो ।

 जनप्रतिनिधि हुँदै गर्दा राज्यबाट प्राप्त हुने सेवा सुविधाको दश प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता अनुरूप गत बर्ष समेत सोही विद्यालयका जेहेन्ददार विद्यार्थीलाई सुइटर लगायतका सामाग्री हस्तान्तरण गर्नुभएका जक्तपुरीले यस बर्ष पनि ११ जना अति जेहेन्ददार विद्यार्थीका निम्ति झोला, राङकोट, र एक बर्ष सम्म पुग्ने स्टेसनरीका सामाग्री उपलब्ध गराएको बताउनु भयो ।

आफ्नो हजुरबुबा संस्थापक अध्यक्ष समेत रहेको उक्त विद्यालयमा अध्ययनरत जेहनदार विद्यार्थीको पठन पाठनमा सहजता होस भन्ने हेतुले आफूले उक्त सामाग्री उपलब्ध गराएको बताउँदै विद्यालयले आयोजना गर्ने अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई लक्षित गर्दे केही थान स्टेसनरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । 

महत्वपूर्ण आवश्यकताका योजनालाई पालिका स्तरमै छनौट गर्न सांसद कुवँरको आग्रह ।

0


जेठ ४ गते बुर्तिबाङ

गण्डकी प्रदेश सभाका सांसद माननीय दोर्ण कुमार कुवँर र दिलमाया पौवीले आफ्नो निर्वाचन क्षेत्रका ३ वटै पालिकामा पुगेर नागरिक सँग संवाद  गर्नुभएको छ ।

आगामी बजेट कार्यक्रम आउँदै गर्दा निर्वाचन क्षेत्रका जनताको समस्या, माग र आवश्यकतालाई बुझ्न निर्वाचन क्षेत्रमा पसेका सांसदहरुले ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा सँग राय सुझाव संकलन गर्दे आगामी योजनाको विषयमा छलफल गरिएको हो ।

नागरिकले महत्वपूर्ण आवश्यकता रहेका विकास निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाब दिएका हुन ।

नागरिकले राखेका सुझाव सल्लाह र महत्वपूर्ण आवश्यकतालाई आफूहरूले प्राथमिकता दिएर अगाडि बढ्ने बताउँदै महत्वपूर्ण योजनालाई प्राथमिकता दिएर वडाबाटै योजनाको छनौट गर्न र पालिका मार्फत आफूहरू सँग पठाउन सुझाव दिँदै प्राथमिकताको आधारमा आफूहरूले बजेट व्यवस्थापनमा ध्यान दिइने माननीय दोर्ण कुमार कुवँरले बताउनु भयो ।

कार्यक्रममा माननीय दिलमाया पौवीले महिला, बालबालिका लक्षित र अन्य विकास निर्माणका काममा आफूहरूले हातेमालो गरेर अगाडि बढ्ने बताउँदै महत्वपूर्ण योजनालाई र आवश्यकतालाई प्राथमिकता दिइने बताउनु भयो ।