महत्वपूर्ण आवश्यकताका योजनालाई पालिका स्तरमै छनौट गर्न सांसद कुवँरको आग्रह ।


जेठ ४ गते बुर्तिबाङ

गण्डकी प्रदेश सभाका सांसद माननीय दोर्ण कुमार कुवँर र दिलमाया पौवीले आफ्नो निर्वाचन क्षेत्रका ३ वटै पालिकामा पुगेर नागरिक सँग संवाद  गर्नुभएको छ ।

आगामी बजेट कार्यक्रम आउँदै गर्दा निर्वाचन क्षेत्रका जनताको समस्या, माग र आवश्यकतालाई बुझ्न निर्वाचन क्षेत्रमा पसेका सांसदहरुले ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा सँग राय सुझाव संकलन गर्दे आगामी योजनाको विषयमा छलफल गरिएको हो ।

नागरिकले महत्वपूर्ण आवश्यकता रहेका विकास निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाब दिएका हुन ।

नागरिकले राखेका सुझाव सल्लाह र महत्वपूर्ण आवश्यकतालाई आफूहरूले प्राथमिकता दिएर अगाडि बढ्ने बताउँदै महत्वपूर्ण योजनालाई प्राथमिकता दिएर वडाबाटै योजनाको छनौट गर्न र पालिका मार्फत आफूहरू सँग पठाउन सुझाव दिँदै प्राथमिकताको आधारमा आफूहरूले बजेट व्यवस्थापनमा ध्यान दिइने माननीय दोर्ण कुमार कुवँरले बताउनु भयो ।

कार्यक्रममा माननीय दिलमाया पौवीले महिला, बालबालिका लक्षित र अन्य विकास निर्माणका काममा आफूहरूले हातेमालो गरेर अगाडि बढ्ने बताउँदै महत्वपूर्ण योजनालाई र आवश्यकतालाई प्राथमिकता दिइने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित