तमानखोला बालगृहलाई लायन्स क्लबको सहयोग ।

बुर्तिबाङ जेठ १० गते

बागलुङको तमानखोला गाउँपालिका ३ तमानमा रहेको तमान बालगृहलाई लायन्स क्लब अफ काठमाण्डौ म्याग्दी र लायन्स क्लब अफ तमानखोला द्धारा १ लाख १५ हजार रुपैयाँ बराबरको खाध्यान्ह र स्टेसनरी उपलब्ध गराइएको छ ।

बिहीबार एक कार्यक्रमका विच बालगृहमा बसेर अध्ययनरत बालबालिकालाई सहयोग पुग्ने गरी दाल चामल लगायतका खाध्यान्ह सामाग्रीकपी कलम लगायतका स्टेसनरी सामाग्री उपलब्ध गराइएको तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढाले बताउनु भयो ।

तमानखोला गाउँपालिका ३ घर भई हाल काठमान्डौ बस्दै आउनु भएका लायन्स क्लब अफ काठमान्डौ म्याग्दीका पूर्व अध्यक्ष तथा सिनियर एडभाइजर शंकर गौचनद्वारा परिवार मार्फत संलकन गरिएको उक्त रकम लायन्स क्लब मार्फत बालगृहलाई उपलब्ध गराउनु भएको हो ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको सक्रियतामा सुरुवात गरिएको बालगृहमा हाल तमानखोला गाउँपालिका भरका अभिभावक विहीन बालबालिका बस्दै आएका छन । बालगृह व्यवस्थापन समिति मार्फत उनिहरुलाई निःशुल्क रुपमा खान बस्न साथै कक्षा १ देखि १२ सम्मको पठन पाठनको व्यवस्था गरिँदै आएको हो ।

विभिन्न सामाजिक संस्थाको सक्रियतामा बालगृहलाई स्टेसनरीखाध्यान्ह उपलब्ध गराइँदै आएको पाइएको छ ।

आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा नं. ३ का अध्यक्ष झक बहादुर बूढा समाजसेवी तथा लायन्स शंकर गौचन, लायन्स क्लब काठमान्डौ म्याग्दीका पदाधिकारी, लायन्स क्लब अफ तमानखोलाका पदाधिकारी, लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img