जेठ १२ गते बुर्तिबाङ
नेकपा माओबादी केन्द्रको पूर्ण भेला तथा वडा समिती गठन कार्यक्रम ढोरपाटन नगरपालिका २ मा शुक्रबार सम्पन्न भएको छ ।
भेलाले थम बहादुर नेपालीको अध्यक्षतामा ११ सदस्य वडा समितीको गठन गरिएको जनाइएको छ । माओबादी केन्द्रका जिवलाल कँडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो ।
सर्वसहमतीबाट वडा समितीको गठन गरिएको दिलिप थापाले बताउनु भयो ।