सिल्गुमका आगलागी पीडितलाई फुर्से बराहताल सामाजिक संस्थाको सक्रियतामा राहत हस्तान्तरण ।

जेठ ८ गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका २ सिल्गुमका आगलागी पिडित परिवारलाई राहत हस्तान्तरण गरिएको छ । 

फुर्से बराहताल सामाजिक संस्थाको सक्रियतामा संकलन भएको कुल ४ लाख ४२ हजार बराबरको रकम सोमबार एक कार्यक्रमका बिच आगलागीबाट पीडितलाई हस्तान्तरण गरिएको हो । 

गत बैशाख १४ गते वनमा लागेको आगो अनियन्त्रित भई गाउँमा पस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको थियो दुई जना घाईते र अन्य परिवारको घरगोठ जलेर नष्ट भएको थियो । 

आगलागी पीडित घाईते प्रेम बहादुर घर्ती र ज्ञान बहादुर बुढाको परिवारलाई १ लाख ५८ हजारका दरले ३ लाख १७ हजार ४ सय ५६ रुपैयाँ र आगलागीमा परि ज्यान गुमाएका देवसिंह बिक को परिवारलाई ७५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । आगलागीबाट घाईते दुई जनाको कृतिपुर अस्पतालमा उपचार भएको थियो । दुवैजना नियमित स्वास्थ्य परीक्षणमा हुनुहुन्छ ।

तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको विशेष उपश्थितीमा भएको राहत वितरण कार्यक्रममा उपाध्यक्ष छन्त्यालले बोल्दै फुर्से बराहताल सामाजिक संस्थाले समस्यामा परेका पीडित परिवारको आलो घाउमा मल्हम लगाउने काम गरेको बताउँदै यस्ता सामाजिक क्षेत्रमा अझै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । 

स्थानीय युवाहरूको सक्रियतामा सञ्चालित अभियानबाट धेरै सहयोग भएको बताउँदै यस्तो अभियानले पीडितलाई राहत हुने बताउनु भयो संस्थाले स्वदेश तथा विदेशमा रहेका सामाजिक अगुवा, संस्था लगायतबाट संकलन गरिएको रकम पीडितलाई घरमै पुगेर हस्तान्तरण गरेको थियो ।

 आगलागीबाट घरमा क्षेती पुगेको राम बहादुर बिकलाई पच्चीस हजार, र तमानखोला गाउँपालिका १ स्थित केस बहादुर अर्गेजाको छोरी क्यान्सर पीडित हिमानी अर्गेजाको उपचारका निम्ति २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको कृष्ण खत्रीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित