आफूले प्राप्त गर्ने सेवाबाट सामाजिक क्षेत्रमा लगानी गर्दे कार्यपालिका सदस्य हिक्मत जक्तपुरी ।

बुर्तिबाङ जेठ ४ गते

बागलुङको तमानखोला गाउँपालिका कार्यपालिका सदस्य हिक्मत जक्तपुरी ले आफूले अध्ययन गरेको एक सामुदायिक विद्यालयमा पैतिस हजार रुपैयाँ बराबरको स्टेसनरी सहित विभिन्न सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

तमानखोला गाउँपालिका १ पहिरामा रहेको भुमे प्राथमिक विद्यालयमा अध्ययनरत ११ विद्यार्थीलाई स्टेसनरी सहित अन्य सामाग्री उपलब्ध गराउनु भएको हो ।

 जनप्रतिनिधि हुँदै गर्दा राज्यबाट प्राप्त हुने सेवा सुविधाको दश प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता अनुरूप गत बर्ष समेत सोही विद्यालयका जेहेन्ददार विद्यार्थीलाई सुइटर लगायतका सामाग्री हस्तान्तरण गर्नुभएका जक्तपुरीले यस बर्ष पनि ११ जना अति जेहेन्ददार विद्यार्थीका निम्ति झोला, राङकोट, र एक बर्ष सम्म पुग्ने स्टेसनरीका सामाग्री उपलब्ध गराएको बताउनु भयो ।

आफ्नो हजुरबुबा संस्थापक अध्यक्ष समेत रहेको उक्त विद्यालयमा अध्ययनरत जेहनदार विद्यार्थीको पठन पाठनमा सहजता होस भन्ने हेतुले आफूले उक्त सामाग्री उपलब्ध गराएको बताउँदै विद्यालयले आयोजना गर्ने अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई लक्षित गर्दे केही थान स्टेसनरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित