अर्नाकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति सँगै स्टेसनरी र पोशाक वितरण ।

जेठ ८ गते बुर्तिबाङ

 जेठ ८ गते बुर्तिबाङ बागलुङको निसीखोला गाउँपालिका २ देउरालीमा रहेको अर्नाकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति वितरण सँगै ३५० जना विद्यार्थीलाई पोशाक, झोला र स्टशेनरीका सामाग्री उपलब्ध गराइएको छ ।

 आइतबार एक कार्यक्रमका बिच कर्मफ्लाईटस् फाउन्डेसन पोखराका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरको विशेष उपश्थितीमा विद्यार्थीका निम्ति संस्थाको तर्फदेखि पोशाक, झोला र स्टशेनरीका सामाग्री उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताउनु भयो । 

विगत लामो समयदेखि शैक्षिक र भौतिक क्षेत्रमा लगानी  गर्दे आइरहेको कर्मफ्लाईटस् फाउन्डेसन पोखराले यसवर्ष पनि विद्यार्थीको सहज पठन पाठन र आवश्यक पोसाक र झोला उपलब्ध गराएको कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँरको भनाई छ ।

 त्यस्तै स्थानीय अर्नाकोट कृषि सहकारी संस्थाले समेत विद्यालयलाई इस्मार्ट टिभी उपलब्ध गराएको हो । विद्यालयमा विभिन्न सहयोगी दाताबाट आइरहने साथ र सहयोगले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने प्रधानाध्यापक ईश्वर सिर्पालीले बताउनु भयो । 

आइतबार नै कर्मफ्लाईटस् फाउन्डेसन पोखराको सहजिकरणमा अर्नाकोट देउरालीमा २ सय २० जना आँखाका विरामको आँखा चेकजाँच तथा सामान्य उपचार र चस्मा विरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित