निसीखोला गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउँदै ।

जेठ १२ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिकाले नागरिकलाई घर नजिकैबाट स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने गरि सेवा विस्तारलाई तिब्रता दिएको छ ।

शुक्रबार वडा नम्बर २ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएसंगै निसीखोला गाउँपालिकाको ७ वटै वडाका नागरिकले घर नजिकैको स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न पाउने भएका छन ।

निसीखोला गाउँपालिकाको निती तथा कार्यक्रम अन्र्तगत नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्य अनुरुप यसबर्ष वडा नं. १ को लेवाङमा स्वास्थ्य ईकाई र वडा नं. २ को वडा कार्यालय नजिकै आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

गत बर्ष भौगोलीक रुपले दुर्गम रहेको निशेलढोरमा स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको थियो । जनतालाई पायक पर्ने गरी स्वास्थ्य इकाई र आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रवाह गर्दे आएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तीले बताउनु भयो ।

निसीखोला गाउँपालिका २ का ७ सय ७५ घरधुरीका नागरिकले सहज रुपमा सेवा प्राप्त गर्ने गरि आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको र चाँडै यसलाई थप स्तरोन्नती गरिने वडा अध्यक्ष कुविर बिकले बताउनु भयो । शुक्रबार गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले एक औपचारिक कार्यक्रमको विचमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेर सेवाको सुभारम्भ गरिएको थियो ।

वडा नं.२ को बायखोला, काल्नेचौर, जुग्जाखोला बेङरी लगाएत गाउँका नागरिक हालसम्म स्वास्थ्य सेवा लिन वडा नं. १ को देविस्थान स्वास्थ्य चौकी र वडा नं. ३ को बोहोरागाउँ स्वास्थ्य चौकीमा जाने गरेका थिए ।

हाल १ जना अनमी र एक जना कार्यालय सहयोगी राखेर सेवा सञ्चालनमा ल्याइएको र केहि समयमा जग्जाको व्यवस्थापन गरेर आफनै भवनबाट सेवा प्रवाह अगाडी बढाउने वडा अध्यक्ष कुविर बिकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित