सांसद शेरचनको संयोजनमा निःशुल्क मुटु परिक्षण शिविर ७ सय नागरिकले लिए सेवा ।

बुर्तिबाङ जेठ १२ गते
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ स्थित बुर्तिबाङमा शनिबार निः शुल्क मुटुको परिक्षण शिविर सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनको संयोजन तथा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र को प्राविधिक सहयोगमा सञ्चालित शिविरमा पश्चिम बागलुङका ७ सय जना नागरिकले सेवा लिएका छन ।
सहभागि मध्ये ५ सय ९९ जनाको मुटुको ईसियो ९भिडियो एक्सरे ०गरिएको छ । उपचारमा बढि मात्रामा जेष्ठ नागरिक, लामो समयदेखि मुटुको समस्या भई औषधि उपचार गराउँदै आएका विरामी र स्थानीय नागरिकको सहभागिता रहेको थियो


चेकजाँच गराएका मध्ये १० जना नयाँ मुटुका बिरामी फेला परेका र उनिहरुलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्दमा निः शुल्क उपचारको व्यवस्था गर्ने गरी प्रवन्ध मिलाइने शिविरका संयोजन कर्ता तथा माननिय जित बहादुर शेरचनले बताउनु भयो ।
७ जना डाक्टर सहित २८ जना स्वास्थ्य कर्मीको टोलिद्धारा चेकजाँच गरिएको शिविरमा सामान्य समस्या रहेका बिरामीलाई औषधि उपलब्ध गराइएको र जटिल समस्या रहेकाहरुलाई उपचारका निम्ती सल्लाह दिइएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाइरेक्टर डा। रवि मल्लले बताउनु भयो ।

आफुहरुले यस्ता थुप्रै दुर्गम बस्तिमा निः शुल्क शिविर सञ्चालन गरिएको बताउँदै यस क्षेत्रका नागरिकको सेवा गर्न पाउँदा आफुहरु खुसी भएको बताउनु भयो ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष कायतले बोल्दै ग्रामिण क्षेत्रमा कमजोर आर्थिक अवस्था, र रोग लुकाएर बस्नुपर्ने बाध्यता तथा चेतनाको अभाबका कारण उपचारबाट बञ्चित रहेका नागरिकका निम्ती यस्ता शिविरले धेरै सहयोग पुग्ने बताउँदै यस्ता महत्वपूर्ण कार्यक्रममा ढोरपाटन नगरपालिकाले सम्मोन्य गर्दे आएको बताउनु भयो ।


कार्यक्रममा अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तीले बोल्दै आफुहरुले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गर्दे आएको बताउँदै माननिय ज्यूले यस क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गर्दे शिविर आयोजना गरेकोमा आभार व्यक्त गर्दे आगामी दिनमा पनी यस्ता कार्यक्रम आवस्यक रहने बताउनु भयो ।


त्यस्तै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै यस क्षेत्रमा पहिलो पटक राखिएको निःशुल्क मुटु परिक्षण शिविर अत्यन्तै मह्त्वपूर्ण शिविर रहेको र दुर दराजका नागरिकले सहज रुपमा आफनो स्वास्थ्य चेकजाँच गराई लिइने सुविधा अत्यन्तै सान्र्दभिक रहेको बताउनु भयो ।
स्थानीय पालिकाले समेत शिविरमा सम्मोन्य गरिएको र दुर दराजका नागरिकले सहज सुविधा प्राप्त गरेको बताउनु भयो ।
कार्यक्रममा राजनैतिक दलको तर्फबाट नेकपा एमालेका टँक प्रसाद पौडेलले बोल्दै शिविर अत्यन्तै मह्त्वपूर्ण रहेको बताउँदै आयोजकलाई धन्यबाद ज्ञापन गर्नुभयो । आयोजित औपचारिक कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी देवेन्द्र घती, माओबादी केन्द्रको तर्फदेखि विर बहादुर घर्ती , राजमाको तर्फदेखि केन्द्रिय सदस्य गौरीश्वर पाण्डे लगाएत विभिन्न संघसंस्थाm क्लबका पदाधिकारीको आतिथ्यता रहेको थियो ।


शिविर ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका , निसीखोला गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ ढोरपाटनको व्यवस्थापन, जयन्ती स्मृती प्रतिस्ठान काठमान्डौ र फिस्टेल लज पोखराको सहयोग तथा ढोरपाटन उद्योग बाणीज्य संघ, रोटरी क्लब अफ ढोरपाटन , नेपाल रेडक्रस सोसाईटी, बुर्तिबाङ राईजिङ युवा क्लब, फुटवल क्लब, लगाएतको व्यवस्थापनमा सहयोग रहेको थियो । औपचारिक कार्यक्रम पत्रकार छविलाल पाण्डेले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित