जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा निसीखोला र तमानखोला गाउँपालिका द्धारा सार्वजनिक विदा ।


जेठ २०
बागलुङको निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले सोमबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।
सोमबार पालिका भित्र रहेका अत्यावश्यक सेवाका कार्यहरू बाहेकका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरूमा स्थानीय बिदा निर्णय गरिएको जनाइएको छ ।
तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत द्धारा हस्ताक्षरित पत्र अनुसार बागलुङका दुई पालिकाले सार्वजनिक बिदा दिएका हुन ।
त्यस्तै सोमबार निसीखोला गाउँपालिकामा निसीखोला दलित सञ्जालको आयोजनामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन सम्बन्धी वृहत कार्यक्रम हुने भएको हो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित