बागलुङको तमानखोला गाउँपालिकाले आफ्नै खर्चमा मोटरपुलकै काम गर्ने कल्भर्ट निर्माण गरेको छ ।
वडा नं. ५ र ं६ नम्बर वडाका नागरिकलाई यातायातका साधन मार्फत सहज यात्रा गर्न र खाध्यान्ह लगायतका सामाग्री ओसार पसार गर्न मिल्ने गरि यस क्षेत्रमै नमुना पुल (कल्भर्ट ) निर्माण गरिदिएपछि त्यस क्षेत्रका नागरिक दंग परेका हुन । गाउँमा सडक पुगेको बसौँ भइसक्यो तर पालिकाको सदरमुकाम देखि गाउँ गाउँ पुग्न धेरै खोला नाला पार गरेर मात्र पुग्न सकिन्छ ।
हिउँदका ८ महिना जसो तसो सवारीका साधन मार्फत यात्रा गर्ने वडा नं. ५ र ६ का करिब २ हजार नागरिक जब वर्षात सुरु हुन्छ सडक सञ्जाल बिच्छेद भएर निकै चिन्तामा पर्ने समस्या थियो ।
अहिले तमानखोला गाउँपालिकाको आर्थिक बर्ष २०८० ÷०८१ को कुल ७५ लाख बजेटबाट उक्त कल्भर्ट निर्माण गरिएको हो । त्यस क्षेत्रमा अधिकांश जिप, पिकअप र ट्याक्टर चल्दै आएका छन ।
बर्सातको समयमा पनि लोड सहितका ट्याक्टर जिप, पिकअप निर्वाध रुपमा सञ्चालन हुने गरी पालिकाले छोटो पुल नै बनाइदिएको हो । कुल १६.५ मिटर लामो उक्त पुल नयाँ डिजाइनको छ । उपभोक्ता समिति मार्फत निर्माण गरिएको कल्भर्ट पुल ) निर्माण सम्पन्न भएसँगै मंगलबार एक कार्यक्रमका बिचमा उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष जोक लाल बुढाले अब यहाँका नागरिकलाई सहज रुपमा यात्रा गर्न पुलले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
“गाउँपालिका जहिले पनि नागरिकको समस्या र आवश्यकतालाई हेरेर विकास निर्माण गर्दे आइरहेको बताउँदै तमानखोला गाउँपालिका ५ र ६ का नागरिकले बर्सातको समयमा खेप्दै आइरहेको पीडा अव अन्त्य हुने उहाँले बताउनु भयो ।”
यहाँका नागरिकलाई बर्सातको समयमा एक डेढ घण्टा हिँडेर गाउँ पुग्नुपर्ने , कोही बिरामी पर्दा डोकोमा बोकेर हिँड्नुपर्ने समस्या कम हुँदै गएको बताउँदै घट्टबोट घाटमा मोटरपुल निर्माणका निम्ति प्रदेश र संघका माननीय हरू लाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष जोक लाल बुढाको भनाई छ ।
उक्त घाट लामो र पालिकाले पुल निर्माण गर्न सक्ने अवस्थामा नरहेका कारण प्रदेश र सङ्घको बजेटबाट हुनुपर्ने अध्यक्ष बुढाले बताउनु भयो । २५ टन सम्म लोड धान्न सक्ने क्षमता रहेको उक्त पुलबाट स्थानीय सवारी चालकले सवारी ओहोर दोहोरो गराएर खुसी साटेका छन । गाउँमा गाडी गुडिरहेको र गाडी चढेर यात्रा गरिरहेका जेष्ठ नागरिकले गाउँपालिकाले नै मोटरेवल पुल निर्माण गरिदिएपछि दंग हुँदै खुसी व्यक्त गरेका हुन ।
सम्झौता भएको तिन महिनामै पुल बनेको हो । पुल बनेपछि वडा नं. ५ र ६ का नागरिकले अब घट्टबोट घाटमा बर्सातको समयमा जम्मा ५ मिनेट मात्रै हिँडे पुग्ने र बोङ्गादोभान घाटमा यस बर्ष पुल बनेमा र चाँडै घट्टबोटमा पनि पुल बनेमा आफूहरूको पुलको समस्या र सपना पुरा हुने वडा नं. ५ का अध्यक्ष हिरा बहादुर सिर्पालीले बताउनु भयो ।
कल्भर्ट पुल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वर लाल शाक्य, ६ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।