ढोरपाटन नगरपालिका २ मा वडा कार्यालय भवनको शिलान्यास ।

 

बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ मा वडा कार्यालयको भवनको शिलान्यास मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष २०८० ÷८१ कुल २० लाख बजेट विनियोजन गरेर वडा कार्यालयको भवन निर्माण सुरु गरिएको हो ।

स्थानीय समाजसेवी टिका लाल सुवेदीद्वारा ९ आना जग्गा ढोरपाटन नगरपालिका २ स्थित सेरा फाँटमा उपलब्ध गराएसँगै भवन निर्माणले सार्थकता पाएको हो ।

जग्गा अभावकै कारण भवन निर्माणमा ढिलाइ भइरहेको थियो । वडा नं. २ का वडा अध्यक्ष भेग बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धन बहादुर कायत ले भवनको शिलान्यास गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यवाहक मेयर कायत ले नागरिकको सेवा र सुविधाका निम्ति ढोरपाटन नगरपालिकाले विभिन्न कार्यक्रम, योजना र भौतिक पूर्वाधारलाई महत्व दिएर अगाडि बढिरहेको बताउनु भयो । ७ वर्षसम्म भाडाको घरमा सञ्चालन रहँदै आएको वडा कार्यालय अब केही समयमै आफ्नै भवनबाट सञ्चालन हुने बताउँदै आगामी बजेटमा थप बजेट व्यवस्थापन गरेर वडा कार्यालयलाई पूर्णता दिइने बताउनु भयो ।

कार्यक्रमका अवसरमा जग्गादाता टिका लाल सुवेदी, पूर्व वडा अध्यक्ष युवराज महत, समाजसेवी हर्क बहादुर गुरुङ, मेषलाल शर्मा, शालिकराम शर्मा लगायत स्थानीय बासीको उपस्थिति रहेको थियो ।

निर्माण समितिका अध्यक्ष अमर बहादुर क्षेत्रीको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन नेत्र चालिसेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित