तमानखोलामा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको संयुक्त सभा ।

 जेठ १९

बागलुङको तमानखोला गाउँपालिकाको आयोजनामा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको संयुक्त सभा शनिबार बोङ्गादोभानमा सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाको आयोजनामा आयोजित सभालाई गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दे सांसद पौवीले २१ औँ शताब्दीमा आइपुग्दा समेत मानिस मानिस बिच अझैपनि भेदभाव र छुवाछुत रहेको बताउँदै सचेत नागरिकबाटै छुवाछुत र भेदभाव जन्य जघन्य अपराधको अन्त्यका निम्ति पहल गर्नुपर्ने बताउनु भयो ।

जातियताकै कारण हुने विभिन्न अपराध र विभेदका कारण आम नागरिक बिच एकता हुन नसकिरहेको बताउँदै दलित समुदाय माथि हुने बिभेद र छुवाछुतको अन्त्यका निम्ति सबै नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित सभामा सामाजिक अभियन्ता तथा विशेष वक्ता खगेन्द्र सुनार, सामाजिक अभियन्ता तथा विशेष वक्ता तेजिन्द्र थापा, र सामाजिक अभियन्ता तथा विशेष वक्ता तथा पूर्व मन्त्री विसेन्द्र पासवानको प्रमुख वक्ताको रुपमा सम्बोधन रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । चर्चित राष्ट्रिय लोकदोहोरी गायक खेम सेञ्चुरीको साङ्गीतिक प्रस्तुती रहेको कार्यक्रम कर्मचारी मुना विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित