ढोरपाटन नगरपालिकाले व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न नगद अनुदान उपलब्ध गराउँदै ।

जेठ १७ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिकाले कृषकलाई कृषि र पशुपालन क्षेत्रमा व्यवसायिक बनाउन र उनीहरूलाई प्रोत्साहित गर्न नगद अनुदानको कार्यक्रमलाई अगाडि बढाएको छ ।

“नगरपालिका कृषकको साथमा ,अनुदान हात हातमा” भन्ने नारा सहित कृषकलाई नगद अनुदानको कार्यक्रमलाई अगाडि बढाएको हो । कृषि क्षेत्रको विकास गर्न र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप उत्पादनका आधारमा नगद अनुदान कार्यक्रमको योजना लिएको नगरपालिकाले यसवर्ष ९ लाख रुपैयाँ व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्दे आइरहेका कृषकलाई नगद अनुदानका रुपमा उपलब्ध गराउन लागेको हो ।

एक हप्ते सूचना प्रकाशन गरेर अनुदान कार्यक्रममा सहभागि हुन कृषकलाई आव्हान गरेको नगरपालिकाले अनुदानको कार्यक्रममा छनौट कृषकको घरमै पुगेर उनीहरूले गरेको व्यवसायको अनुगम सुरु गरेको हो । बुधबार वडा नं. ५ का कृषकको घरमै पुगेर कृषकले गरिरहेको मिहिनेत, उत्पादनको अवस्था, लगायतका विषयमा अनुगमन सँगै कृषकका समस्या र गुनासो सुन्नुका साथै नगरपालिकाले लिएको कार्यक्रमका विषयमा जानकारी गराइएको थियो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको संयोजकत्वमा रहेको अनुगमन समितिले अनुगमनसँगै व्यवसायिक कृषकलाई सम्मान पत्र उपलब्ध गराउँदै नगद अनुदानको कार्यक्रममा छनौट भएका कृषकको बैँक खातामा नगरपालिकाले रकम जम्मा गरिदिने कार्यबाही मेयर धन बहादुर कायतले बताउनु भयो ।

नगरपालिकाले कृषकले गरेको मिहिनेतलाई मूल्यांकन गर्दे नगदमा अनुदान दिने निती लिएपछि कृषकहरू खुसी भएका छन । आफूहरूले गरेको मिहिन र नगरपालिकाले कृषकको घरमै आएर कृषकले गरिएको मिहिनेतका आधारमा दिइने यस्ता अनुदानले आफुहरुलाई थप व्यवसायिक बन्न सहयोग पुग्ने व्यवसायिक तथा अगुवा कृषकले बताएका छन ।

समितिको सदस्य रहेका ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, कार्यपालिका सदस्य दिलिप कुमार थापा, कृषि शाखा प्रमुख महेन्द्र अधिकारी, पशु शाखा प्राविधिक सूक्ष्मा घर्तीको उपस्थिति रहेको थियो । यसवर्ष नगरपालिका भरका ८९ जना कृषक अनुदानका निम्ति छनौट भएका छन ।

नगरपालिकाले प्रकाशन गरेको सूचनाको आधारमा निवेदन दिएका र व्यवसायिक फर्म दर्ता गरेर अगाडि बढेका कृषकले अनुदानको कार्यक्रममा सहभागिता जनाउन पाएका हुन । वडा नं. ५ बाट २४ जना कृषकले अनुदानको कार्यक्रममा निवेदन दिएका थिए ।

ढोरपाटन नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षतामा वडा कार्यालयमा आयोजित कार्यक्रममा कृषकलाई सम्मान पत्र वितरण गर्दे आगामी दिन थप व्यवसायिक बन्दै कृषि क्षेत्रको विकास र विस्तारमा अगाडि बढन  आग्रह गर्दे व्यवसायिक र मिहिनेती कृषकलाई नगरपालिकाले आगामी दिनमा परिणाम देखिने गरी सम्मान र अनुदानका कार्यक्रममा सहभागि गराउने कार्यवाहक मेयर धन बहादुर कायतको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कायतले अनुदानले कृषकलाई हौसला प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, कार्यपालिका सदस्य दिलिप कुमार थापाले आफ्नो धारणा राख्दै कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रममा यस्तो कार्यक्रम लिएको बताउनु भयो । कार्यक्रममा स्थानीय अगुवा कृषकको सहभागिता रहेको थियो ।

कार्यक्रम महेन्द्र अधिकारीले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित