ढोरपाटन उद्योग वाणिज्य संघको तेश्रो वार्षिक साधारण सभा बुर्तिबाङमा सम्पन्न ।

बुर्तिबाङ जेठ २६ गते

ढोरपाटन उद्योग वाणिज्य संघको तेश्रो वार्षिक साधारण सभा शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित खुल्ला सत्रको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे सांसद कुवँरले उद्योग बाणिज्य संघले निजी क्षेत्र र व्यवसायिक क्षेत्रको हक हित स्थापित गर्न र विकास निर्माण सँगै राज्यलाई सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो । सांसद कुवँरले फरक प्रसङ्गमा बोल्दै आफू जनताको समस्या र आवश्यकता तथा पश्चिम बागलुङको विकासका निम्ति निरन्तर जनताको सेवक बनेर अगाडि बढिरहेको बताउनु भयो ।

पश्चिम बागलुङका जनताले विगतदेखि स्वास्थ्य क्षेत्रमा खेप्दै आएको पीडालाई सम्बोधन गर्नका निम्ति बुर्तिबाङमा ५० शैयाको अस्पताल निर्माणका निम्ति आवश्यक प्रकृया अगाडि बढिसकेका कारण यही असार  पहिलो हप्तामै उद्घाटन गरेर अगाडि बढ्ने तयारी रहेको बताउनु भयो ।

यस पटकको बजेटमा सालझण्डी ढोरपाटन सडक, ढोरपाटनमा पर्यटकीय क्षेत्रको विकास, बुर्तिबाङ बजारमा खानेपानी व्यवस्थापन, उत्तर गंगा माविमा होस्टेलको व्यवस्थापन, लगायत कृषि, शिक्षा, स्वास्थ्य र विकास पूर्वाधारका काममा यहाँको आवश्यकता र नागरिकको माग बमोजिम आफूले पहल गरिरहेका कारण महत्वपूर्ण योजना समावेश हुने प्रतिबद्धता जनाउनु भयो । आफूले अर्नाकोट एयरपोर्ट निर्माणमा पहल गरिरहे पनी पहुँच अभावमा रोकिएको बताउँदै यसपटक पनि संघीय सरकारमा पहल गरिएको बताउनु भयो ।

उत्तर गंगा जलाशय युक्त आयोजना निर्माणमा पटक पटक ध्यानाकर्षण गराइएका कारण यसवर्षको निती कार्यक्रम र बजेटमा प्राथमिकतामा पर्ने अपेक्षा गर्दे विकास निर्माणका निम्ति सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननीय दिलमाया पौवीले बोल्दै उद्योग वाणिज्य संघ ढोरपाटनले व्यवसायको हक हितका निम्ति र यहाँको पर्यटन प्रर्वद्धन, विकास निर्माण र व्यवसायिक क्षेत्रका विस्तारका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा रहेका व्यवसायी सँग सम्मोन्य गरेर अझै वृहत संस्था बनाएर अगाडि बढ्न सुझाब दिनुभयो ।

सांसद पौवीले ५० शैयाको अस्पताल निर्माण, कृषि, शिक्षा र स्वास्थ्य तथा सडकको विकास निर्माणमा आफूहरूले निरन्तर काम गरिरहेको बताउँदै आगामी बजेटमा जनताको अपेक्षा बमोजिम योजनाको छनौट हुने बताउनु भयो ।

आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, उद्योग वाणिज्य संघ ढोरपाटनका कानुनी सल्लाहकार उत्तम बहादुर महत, उद्योग बाणिज्य संघ बागलुङका उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, राजनैतिक दलको तर्फदेखि नेपाली कांग्रेसका मेषलाल शर्मा, माओवादी केन्द्रका कुलपती सापकोटा, राजमोबाट कुल बहादुर छन्त्याल, नेकपाको तर्फदेखि क्रान्ति सी , बैकर्स एसोसिएसन बुर्तिबाङका अध्यक्ष प्रेमनाथ पौडेल लगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ढालेन्द्र छन्त्यालले संस्थागत मन्तव्य व्यक्त गर्दे उद्योग वाणिज्य संघ ढोरपाटनले व्यवसायिक निम्ति तालिम सञ्चालन, जाजरकोट र रुकुमका भुकम्प पिडितलाई आर्थिक सहयोग संगै ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासङ्घको तेश्रो कार्यकारिणी बैठक ढोरपाटनमा सञ्चालन गर्न सफल भएको बताउनु भयो ।

संस्थाले आगामी दिनमा संस्थाको भवन निर्माणका निम्ति जग्गा खरिद, भवन निर्माण, कार्यक्षेत्र वृद्धि, हाट बजार सञ्चालन तथा व्यवसायीलाई तालिम सञ्चालन लगायतका महत्वपूर्ण कार्यक्रम अगाडि बढाउने लक्ष्य रहेको महासचिव ज्ञान प्रसाद कँडेल द्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रम संस्थाका उपाध्यक्ष तेजिन्द्र थापाको स्वागत, महासचिव ज्ञान प्रसाद कँडेलको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सहविन अर्गेजाको समापनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित