देविस्थान माविको ६५औँ वार्षिकोत्सव: निसीखोला गाउँपालिकाले बजेटको पचास प्रतिशत लगानी शिक्षामा गरेको छ अध्यक्ष घर्ती ।

जेठ २५ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका १ स्थित देविस्थान माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित सञ्चालन भएको वार्षिकोत्सव तथा अभिभावक दिवसलाई शुक्रबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक स्तर माथि उकास्न गाउँपालिकाले विकास बजेटको कुल पचास प्रतिशत शैक्षिक क्षेत्रमा लगानी गरिएको बताउनु भयो ।

अध्यक्ष घर्तीले भन्नुभयो संघीयताको कार्यान्वयन सँगै तिन तहका सरकार हुँदै गर्दा शिक्षा क्षेत्रमा पर्याप्त लगानी भइरहेको छ तर अझैपनि शैक्षिक गुणस्तर वृद्धि हुन नसकिरहेकोमा आफू चिन्तित रहेको बताउँदै अब शैक्षिक गुणस्तरको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

शिक्षा विना समाज रूपान्तरण हुन नसक्ने र शिक्षाको माध्यमबाट अन्य विकासका कार्य अगाडि बढ्ने बताउँदै राज्यले गरिरहेको लगानी बमोजिम शिक्षाको गुणस्तरमा वृद्धि हुन नसकिरहेको र शैक्षिक गुणस्तर उकास्न राज्य सँगै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैको चासो र चिन्तन हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेलले बोल्दै देविस्थान माध्यमिक विद्यालय विभिन्न आरोह र अवरोह पार गर्दे शैक्षिक र भौतिक रुपमा अब्बल बन्दै गइरहेको बताउनु भयो ।

बरिष्ठ चन्दादाता हर्क बहादुर गुरुङले बोल्दै आफूहरूले निकै चुनौतीका साथ स्थापना गरेको विद्यालय अहिले भौतिक रुपमा राम्रो बनीरहेको, दाताहरूबाट राम्रो चन्दा संकलन भएका कारण आर्थिक रुपमा समेत सबल भएको बताउँदै सबैको मिहिनेत र इमानदारिता भएमा मात्र शिक्षा क्षेत्रको विकास सम्भव रहेको बताउनु भयो ।

कार्यक्रममा निसीखोला गाउँपालिका १ का अध्यक्ष चन्द्रसिंह रामजाली, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा पुर्व वडा नं. १ का अध्यक्ष इन्द्र बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधी,चन्दादाता, बुद्धिजीवी शिक्षक लगायतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो । विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्रीद्वारा विद्यालयको आर्थिक वर्ष २०८०÷०८१ को भौतिक, आर्थिक र शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रममा उत्कृष्टलाई सम्मान गरिएको थियो ।

कार्यक्रम शिक्षक पूर्ण प्रसाद सापकोटाको स्वागत, शिक्षक विनोद पौडेल र दीपक घिमिरेले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित