असार ७ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाको १५ औँ नगर सभा शुक्रबार सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम अन्तरगत नगरपालिकाले विभिन्न महत्वपूर्ण कार्यक्रमलाई प्राथमिकता दिने गरि निती तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
नगरपालिकाले कृषि क्षेत्रको माध्यमबाट मात्र रोजगारी सँगै आत्मनिर्भर बन्न सकिने मान्यतालाई प्राथमिकता दिएको हो । पालिकाले कृषलाई प्रोत्साहन गर्दे उनीहरू लाई त्यहीँबाट आत्मनिर्भर बनाउने उद्देश्य स्वरुप कृषि पर्यटन अन्तरगत कोसेली घर तथा कृषि फर्म स्टे कार्यक्रम सञ्चालनका निम्ति प्राथमिकता दिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई बजार सम्म पु¥याउन सहयोग गर्ने र कृषकलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उत्पादनका आधारमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्य लिएको पाइएको छ ।
वडा नंं ६,७,८ र ९ लाई आर्गनिक कृषि उत्पादन क्षेत्र घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाउने, साना व्यवसायिक कृषि उद्योग स्थापना गर्ने, कृषि तथ्यांक संकलन गरी कृषि प्रोफाइल तयार गर्ने, स्थानीय स्तरमा उत्पादित कृषि र मसलेदार बस्तुको प्रर्वद्धन गर्ने निती कार्यक्रममा उल्लेख गरिएको छ । ४० रोपनी क्षेत्रफलमा फलफूलका बिरुवा विस्तार गर्ने, सिँचाइको व्यवस्था गर्ने लगायतका कार्यक्रम पालिकाले कृषि क्षेत्रमा लिएको छ । पशुपन्छी तर्फ रैथाने जातका पशुपन्छी संरक्षण कार्यक्रम अगाडि बढाउने, पशुपन्छीको न्यनतम मूल्य निर्धारण गरेर बजारीकरणमा सुनिश्चता गर्न पहल गर्ने, निशुल्क कृषि तथा पशु बिमा कार्यक्रम अगाडि बढाउन पहल गरिने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न पर्यटकीय स्थलको जानकारी सहित मार्गनिर्देशिका प्रकाशित गर्ने, पदयात्रा, ट्रेकिङ, साइकल यात्रा जस्ता गतिविधिलाई प्राथमिकता दिने, पालिका भित्रका ताल तलैया, रिखुवा महखोलाको झरना प्रर्वद्धन तथा संरक्षण गरिने उल्लेख गरिएको छ । सामाजिक विकास तर्फ नगरपालिकाले सबै बालबालिकाहरूका लागी गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षाको अवसर सुनिश्चित गर्ने, उत्तर गँगा माध्यमिक विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट पठन पाठन गराउनका निम्ति बजेट विनियोजन गरि कार्यक्रम अगाडि बढाउने, निसीभुजी जनता क्याम्पसको शैक्षिक गुणस्तर उकास्न र व्यवस्थापन गर्न आवश्यक बजेट तथा कार्यक्रम अगाडि बढाउने उल्लेख गरिएको छ ।
स्वास्थ्य तर्फ बोबाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य केन्द्र स्तरको स्वास्थ्य सेवा सहित स्तरोन्नति गर्ने, नगर भित्रका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिलाई लक्षित गर्दे निः शुल्क स्वास्थ्य परिक्षण र औषधि उपचार गरिने निती कार्यक्रममा उल्लेख छ । अशक्त, अपांगता भएका र दीर्घरोगीका निम्ति निः शुल्क स्वास्थ्य बीमा गर्ने, सञ्चार सूचना तथा प्रविधि कार्यक्रम अन्र्तगत नगरपालिकाको सूचना प्रविधिमैत्री बनाउने, डिजिटल प्रोफाइलको रुपमा विकास गर्ने, स्थानीय सञ्चार माध्यमको संस्थागत क्षमता विकास अभिवृद्धिमा सहयोग गर्ने, स्थानीय सञ्चार माध्यमसँग सहकार्य गरी नगरका सूचना ,लोक कल्याणकारी विज्ञापन प्रकाशन प्रसारण गर्ने निती कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिकाले उद्योग तथा वाणिज्य, पर्यटन, श्रम तथा रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति तथा सम्वर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, सडक तथा यातायात, उद्यम विकास, संस्थागत विकास सेवा प्रवाह र सुशासन जस्ता कार्यक्रमलाई निती कार्यक्रममा समावेश गरिएको हो ।