ढोरपाटन नगरपालिका द्धारा राजनैतिक दलसँग सुझाब माग ।

जेठ ३१ गते बुर्तिबाङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले विभिन्न राजनैतिक दलसँग सुझाब माग गरेको छ । बिहीबार पालिका कार्यालयमा यहाँ क्रियाशील राजनैतिक दलका प्रतिनिधिको उपश्थिती मा आगामी आर्थिक बर्ष २०८१÷०८२ को निती कार्यक्रम आउनु अगावै दलसँग सुझाब माग गर्ने र राय सुझाबलाई निती कार्यक्रममा समावेश गर्ने लक्ष्य सहित बिहीबार सुझाव संकलन गरिएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

नगरपालिकाको समृद्धि हासिल गर्न सबैको साथ सहयोग र सुझावलाई लिएर अगाडि बढ्न आवश्यक देखिएका कारण राजनैतिक दल सँग राय मागिएको र दलबाट प्राप्त सुझावलाई ग्रहण गर्दे अगाडि बढिने कायतको भनाई छ ।

सहभागि दलका प्रतिनिधिले ढोरपाटनको विकास गर्न र जनताको समस्या आवश्यकतालाई सम्बोधन गर्नका निम्ति बढि भन्दा बढि आवश्यकताका योजनाको छनौट सँगै कृषि, उत्पादन र रोजगारीका विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा सुझाब दिएका छन ।

नेपाली कांग्रेसका विनोद भण्डारी, नेकपा एमालेबाट चिना घर्ती, माओवादी केन्द्रबाट कुलपती सापकोटा, राष्ट्रिय जनमोर्चाबाट निमलाल पाण्डे, नेकपा एकीकृत समाजबादी बाट हरिबहादुर घर्ति, नेकपाको तर्फदेखि हरिबहादुर कुवँर, नेसपा बाट शंकर कुवँर, जसपा बाट गँगा बहादुर घर्ति, नर बहादुर गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागिले ढोरपाटनको पर्यटन मार्फत विकास र आयआर्जनमा जोड्न ढोरपाटनलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्ने, सालझण्डी ढोरपाटन सडक व्यवस्थापनका निम्ती तदारुकताका साथ सम्बन्धित निकायमा पहल बढाउनु पर्ने, कृषि उत्पादन र बजारीकरणमा नगरपालिकाले वास्तविक कृषकको पहिचान गरी अनुदान, तालिम सँगै बजारीकरणमा सहयोग गर्नुपर्ने, खानेपानी पहुँचको अभाव रहेका बस्तीमा खानेपानीको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।

त्यस्तै ढोरपाटनमा शान्ति सुरक्षाका निम्ति थप प्रहरी व्यवस्थापन गर्नुपर्ने, सिकार आरक्ष र नेपाली सेनाले नागरिकलाई ढोरपाटन जाँदै गर्दा कर तिराउने  दुख दिने गरेका कारण त्यसलाई रोक्न पहल गर्नुपर्ने सुझाब दिएका हुन ।

नियमित बजार अनुगमन, स्वास्थ्य क्षेत्रको विस्तार र विकास, निसीभुजी जनता क्याम्पसको व्यवस्थापन लगायतका क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।

त्यस्तै नयाँ शहर आयोजनाको काम गुणस्तर हीन रहेको र नगरपालिका र नयाँ शहर आयोजना बिच समन्वय नभएका कारण त्यसलाई नगरपालिका मातहतमा रहने गरि व्यवस्थापन गर्न सुझाब दिएका छन । सहभागिबाट दिइएको सुझाब र सल्लाहलाई आफूहरूले आत्मसाथ गरेर अगाडि बढिने कार्यवाहक मेयर कायतको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित