दुर्गम कुदुम गाउँमा पुल बनेपछि स्थानीय खुसी ।

 साउन ३ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका ६ को भौगोलिक रूपले दुर्गम रहेको कुदुम गाउँमा झोलुङ्गे पुल बने संगै स्थानीय नागरिक खुसी भएका छन ।

पुर्खादेखि काठको साँघुबाट एक गाउँ देखि अर्को गाउँसम्म वारपार गर्दे आइरहेका स्थानीय बासिन्दाले गाउँमा यति छिटै झोलुङ्गे पुल बन्ला भन्ने कल्पना समेत नगरेकोमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले यहाँका जनताको समस्या र आवश्यकतालाई सम्बोधन गरिदिएकोमा धन्यबाद मात्र दिएनन् फुल मालाले समेत भव्य सम्मान गरेका हुन ।

“ढोरपाटन नगरपालिका ६ का वडा सदस्य ज्ञान बहादुर भण्डारीले बोल्दै भन्नुभयो माननीयले जनअपेक्षा बमोजिम काम गरिदिनुभएको छ काठको साँघु तर्दा बर्सातको समयमा निकै जोखिम थियो ।

स्कुले बालबालिकालाई स्कुल आउजाउ गर्न पनि कठिन थियो अहिले पुल बनेपछि सबैलाई हाइसन्चो भयो भण्डारीले भन्नुभयो । ” कुल ७६ मिटर लम्बाइ रहेको उक्त पुलबाट भण्डारी गाउँ र कुदुम गाउँका नागरिकले यात्रा गर्न पाउने छन ।

ढोरपाटन नगरपालिका ६ का अध्यक्ष उमेश कुमार बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएको सांसद दोर्ण कुमार कुवँरले बोल्दै सुगम देखि दुर्गम सम्म आफूले विकास गर्ने बताउँदै जनताको समस्या, आवश्यकता र महत्व आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद दिलमाया पौवीले समेत अब महिलाको हक अधिकार र आयआर्जन सँग जोडिने कार्यक्रमलाई पनि जोड्दै जाने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कर्मी केशव थापा, लगायतको मन्तव्य रहेको थियो । कार्यक्रम हिक्मत भण्डारीले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित