फाईल फोटो
साउन १ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याउने भएको छ । पालिकाको सोमबार सम्पन्न भएको आर्थिक बर्ष २०८१÷०८२ को १४ औँ गाउँसभाबाट बस खरिद गर्ने विषयलाई सदनबाट पारित गर्दे बस सञ्चालनमा ल्याउने गरी ८० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बताउनु भयो ।
निसीखोला गाउँपालिका अन्तरगत ७ वटै वडाका नागरिकलाई पायक पर्ने गरि दैनिक रुपमा बस सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन गरिएको र बस सञ्चालनमा आएपछि निसीखोला गाँउपालिका अन्तरगतका विपन्न असहाय, आर्थिक रुपमा कमजोर रहेका नागरिकका निम्ती सहज र आर्थिक रुपमा राहत मिल्ने अपेक्षा लिइएको अध्यक्ष घर्तिको भनाई छ ।

“सभाबाट बजेट विनियोजन गरिएको छ कार्यबिधी बनाएर चाँडै सञ्चालनमा ल्याउने छौँ मध्ये पहाडी लोकमार्गले आधिकांश वडा छोएका कारण सबै वडाका नागरिकले सेवा प्राप्त गर्न सक्ने अध्यक्ष घर्तिको भनाई छ । ”
निसीखोला गाउँपालिकाका नागरिकलाई पालिका सदरमुकाम आउन जान तथा प्रशासनिक कार्यका निम्ती बुर्तिबाङ बजार सम्म आउन जानका निम्ती समेत सहज हुने र अन्य सवारीमा भन्दा बसमा यात्रा गर्दा आर्थिक भार समेत कम पर्ने अपेक्षा गरिएको बताइएको छ ।










