Home Blog Page 78

ढोरपाटनमा जनै पूर्णिमा मेलाको तयारी पूरा ।

0

धर्मिक तथा पर्यटकीय स्थल ढोरपाटनमा आगामी जनै पूर्णिमाको अवसर पारेर सञ्चालन गर्न लागिएको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।

जनैपूर्णिमाको अवसरमा ढोरबराह मन्दिरमा सयौँ भेडाको बलि चढाउनुका साथै हजारौँ श्रद्धालु भक्तजनले पुजा आजा गर्ने प्रचलन रहेको छ । ढोरबराह मन्दिरको दर्शन तथा पुजा गरेमा मनाकाँक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । पूर्णिमाको अवसरमा स्थानीय ढोरपाटन डाईमण्ड स्पोर्ट क्लब र मइन्थोकी पुन मगर समाज ढोरपाटनको संयूक्त आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

मेलाको आवस्यक सबै तयारी पुरा भइसकेको र शुक्रबार देखि विभिन्न कार्यक्रम सञ्चालन गरिने मेला अध्यक्ष अरुण कुमार घर्ती मगरले बताउनु भयो । मेलाका अवसरमा वडा स्तरीय पुरुष भलीवल, खुल्ला महिला भलिवल, खुल्ला फुटवल, एकल नृत्य, रस्सा कस्सा, पुरुष महिला छेलो, दोहोरी, म्याराथुन र घोडा डौड जस्ता कार्यक्रम संगै साँगितीक प्रस्तुतीको आयोजना गरिएको हो ।

भोली बिहान सम्म नाम दर्ताको समय राखिएको र दिउँसो देखि भलीवल प्रतियोगिता सुरु गरिने पदम पुनले बताउनु भयो । जनैपूर्णिमाको अवसरमा ढोरपाटन पुग्ने पर्यटक, दर्शकलाई सहजता प्रदान गर्न आयोजकले पूजाआजामा व्यवस्थित लाइन बनाउने, कसैलाई पनी भेडा खरिद गर्दा र होटलमा बस्दा ठगिन नपरोस् भन्ने उद्देश्य सहित व्यवस्थापकीय पक्षलाई कडाई गरिएको आयोजकले जनाएको हो ।

ढोरपाटन पुग्ने सडक निकै कष्टपूर्ण भएपछि ढोरपाटन नगरपालिकाले विभिन्न स्थानमा सडक मर्मत गरेर यात्रुलाई सहज बनाउने गरी काम गरेको छ । जनैपूर्णिमा पर्वको अवसरमा देशका अधिकांश क्षेत्रबाट श्रद्धालु भक्तजनको उपस्थिति रहने गरेको हो ।

छोरीको जन्म दिनमा बीमा पोलिसी उपहार ।

0

बागलुङ साउन ३०
जन्म दिनको अबसरमा तनहुँकी धनमाया गुरुङले आफ्नी छोरी रोशनी गुरुङलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौंडा शाखा बाट पाँच लाख विमाँकको बिमा पोलिसि उपहार दिएकी दिनुभएको छ । ।

तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका ३ बस्ने धनमाया गुरुङले आफ्नी छोरीको भबिस्य सुनिश्चित गर्न र पछिल्लो समयमा अनावश्यक खर्च गरि मनाउने जन्मदिनको परम्परालाई तोड्न उनले यो कार्य गरेको बताउनु भयो ।

जन्म दिन मनाउने नाममा गरिने फजुल खर्च रोक्न र आफू र आफ्ना सन्ततिको भबिस्यको बारेमा सोच्ने हो भने सबैले जीवन बिमा गर्नुपर्ने बताइन । छोरी रोशनी गुरुङ पनि आमाले जीवन बिमा गरिदियकोमा निकै खुसी भइन् ।

उनले आफ्नो १८औ जन्म दिन अबिष्मरणीय गरि मनाउन पायकोमा सिटिजन लाइफ इन्स्योरेन्स दुलेगौंडा शाखालाइ धन्यवाद दिइन।आज सम्म नपायको उपहार बीमा पोलिसी पाउँदा उनी निकै हर्सित भएको बताईन् ।

अबका दिनहरुमा आफ्ना बच्चाहरुको राम्रो लालनपालन ,उच्च शिक्षा ,बिबाह बर्तबन्ध साथै भैपरी आउने खर्चको लागि आजै बाट सबैले आफ्नो आम्दानीले धान्ने गरि जीवन बिमा गरेमा भोलिको भबिस्य सुनिस्चित हुने कुरा शाखा प्रमुख सन्तोष पराजुलीले ब बताएका छन्। साथै यो निकै राम्रो कामको सुरुवात गरेकोमा आमा धनमायालाइ धन्यवाद दिदै आरु आम दिदिबहिनी दाजुभाइले पनि सिक्नु पर्ने बताएका हुन् ।

ढोरपाटन नगरपालिकाले वडिगाडका बाढी पीडित परिवारलाई प्रभावित क्षेत्रमा पुगेर उपलब्ध गरायो राहत ।

0

साउन २८ गते

बागलुङको ढोरपाटन नगरपालिकाले वडिगाड बाढी पीडितलाई सोमबार राहत हस्तान्तरण गरेको छ । गत साउन २२ गते आएको बाढी पहिरोका कारण घर बगाउँदा ज्यान गुमाएका र घाइतेका २२ घर परिवारलाई नगरपालिकाले खाध्यान्ह लगाएतका सामाग्रि दुर्घटना क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको बिशेष उपश्थितीमा वडा नम्बर १० का २२ परिवारका निम्ती पालिकाले एक एक पोका चामल, तेल, दाल, नुन, साबुन, कोगगेट, ब्रस, आटा ,चाउचाउ लगाएत भान्सामा प्रयोग हुने खाध्यान्ह सामाग्री उपलब्ध गराएको हो ।

दैवी प्रकोपबाट पीडामा रहेका परिवारलाई पीडामा थोरै भएपनि मल्हम लगाउन ढोरपाटन नगरपालिकाले उक्त सामाग्री लिएर घटना स्थलमा आएको बताउँदै यस्तो विपत्तिमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका १ अध्यक्ष वान बहादुर छन्त्याल, २ का अध्यक्ष भेक बहादुर खत्री, कार्यपालिका सदस्य दिलिप थापा, उद्योग वाणिज्य संघ ढोरपाटनका सदस्य धनराम पुरी लगायतको उपश्थितीमा पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै दैवी प्रकोप बाट समस्यामा परेको परिवारलाई राहत उपलब्ध गराएर ढोरपाटन नगरपालिकाले सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दे पीडितको राहत र उद्धारका निम्ती गाउँपालिकाले सक्रिय भूमिका खेलिरहेको बताउँदै विभिन्न निकायबाट आएको राहत एकद्वार प्रणालीबाट उपलब्ध गराइएको बताउनु भयो ।

निसीखोला दोश्रो लघु जलविद्युत आयोजना तथा सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा ।

0

जिल्लाको निसीखोला ४ मा रहेको निसीखोला दोश्रो लघु जलविद्युत आयोजना तथा सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष धुर्व राज रेग्मीको अध्यक्षतामा आयोजित साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सँगै जलविद्युत सँगै सहकारी मोडेलमा सञ्चालन गर्नका निम्ती विधान संसोधन तथा केन्द्रिय विधुतनिसीखोला दोश्रो लघुजलविद्युत आयोजना बिच सम्मोन्य गरेर मिटर मर्चिङको विषयमा समेत छलफल संगै सभाबाट विभिन्न निर्णय पारित गरिएको हो ।

संस्थाले हाल सञ्चालनमा रहेको लघुजलविधुत आयोजनालाई थप व्यवस्थित गर्ने र केन्द्रिय विधुत आयोजना सँग सम्मोन्य गर्दे अगाडि बढ्ने र खेर गइरहेको विद्युतलाई आम्दानी सँग जोड्ने त्यस्तै जलविद्युत संगै सेयर सदस्यलाई सहकारी सँग जोडेर अगाडी बढ्ने विषयमा समेत सभामा छलफल गरिएको हो ।

संस्थाका अध्यक्ष धुर्व राज रेग्मी अध्यक्ष रहेको ७ सदस्य विधान संसोधन समितिले तयार पारेको विधान माथी छलफल गर्दे सहकारी मार्फत अगाडि बढ्ने विषयमा सदस्यका बिचमा छलफल एवम् अन्तरकृया गरिएको हो । संरक्षक सदस्य उमानन्द रेग्मीले प्रस्तुत गर्नुभएको प्रस्ताव र विधान संशोधनका विषयमा छलफल गर्दे पारित गरिएको हो ।

२०६८ सालदेखि सञ्चालनमा आएको उक्त जलविद्युत आयोजनाबाट निसीखोला गाउँपालिका वडा नम्बर ३,४ र ५ का एक हजार ३ सय नागरिकले विधुत उपभोग गर्दे आइरहेका छन । लामो समय सम्म अव्यवस्थित रहेको उक्त आयोजनाको गत बर्ष असोज महिनामा गठित समितिले संस्थालाई थप चलायमान बनाउँदै नाफामुखि अवस्थामा पुर्याएको कोषाध्यक्ष चेतराम पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

जसअन्तर्गत आर्थिक बर्ष २०८०÷०८१ म कुल २७ लाख १४ हजार ५० रुपैयाँ आम्दानी गरेको संस्थाले २२ लाख ३२ हजार ८ सय ६६ रुपैयाँ खर्च भई ४ लाख ८१ हजार १ सय ८४ रुपैयाँ नाफा कमाउन सफल भएको हो । संस्थाको मौज्दातमा हालसम्म कुल ३३ लाख ९१ हजार ५ सय ४८ रुपैयाँ रहेको जनाइएको छ ।

सभाबाट सेयर वृद्धि, सहकारी विधान अनुसार संस्थाको सञ्चालन गर्ने, सम्पत्तिको मूल्याङ्कन लगायतको विषयमा छलफल गरिएको हो ।

आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले कार्यक्रमको सम्बोधन गर्दे निसीखोला गाउँपालिकामा धेरै लघुजलविद्युत आर्थिक रुपमा अपार दर्सि र अव्यवस्थित हुँदै गर्दा निसीखोला दोश्रो लघुजलविद्युतले पछिल्लो समय राम्रो गति लिएको बताउँदै सहकारीको माध्यमबाट अगाडि बढ्न र केन्द्रिय विधुत सँग सम्मोन्य गरेर समयमै अगाडि बद्न सकेमा संस्थाले थप गति लिने बताउँदै नाफामुखि संस्थालाई चलायमान बनाउन स्थानीय समुदाय आफै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका पूर्व अध्यक्ष एवम् उक्त लघुजलविद्युत आयोजना संस्थापक अध्यक्ष तारानाथ पौडेलले विशिष्ठ अतिथीको रुपमा बोल्दै  जनताको अथाह श्रम र आर्थिक सहयोगबाट यहाँसम्म आएको विधुत आयोजनालाई थप अगाडी बढाउन जनतासंग सहकार्य गर्दे अगाडी बढेमा राम्रो हुने र समितीले गरिरहेको काम प्रभावकारी रहेको बताउनु भयो । ,

वडा नम्बर ३ का अध्यक्ष रमेश विक्रम शाही, वडा नम्बर ४ का अध्यक्ष टिकानिधी पौडेल, नेपाली काङ्ग्रेस प्रतिनिधि राजमान बूढा, नेकपा एमाले प्रतिनिधि रूपा पौडेल, राजमो प्रतिनिधि थमन घर्ती लगायतको शुभकामना मन्तव्य रहेको थियो कार्यक्रम संस्थाका सदस्य चानसिंह सुनारको स्वागत, सचिव खिम विक्रम गिरीको सञ्चालनमा सम्पन्न भएको हो । 

बुर्तिबाङ–फल्लेघर सडक बन्यो अलपत्र : फल्लेघर ढोरपाटन खण्ड कालोपत्रेका निम्ती बजेट माग ।

0

साउन २५ ढोरपाटन

गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले बागलुङको पर्यटकीय एवम् धार्मिक गन्तव्य ढोरपाटन पुग्ने सडक खण्ड अन्तरगत रहेको ढोरपाटन नगरपालिका ९ फल्लेघर देखि ढोरपाटन उपत्यका सम्मको १४ किलोमिटर सडक स्तरोन्नति एवम् कालोपत्रेका निम्ती सरकार सँग बजेट माग गर्नुभएको छ ।

सालझण्डी ढोरपाटन सडक खण्ड अन्तरगत  पर्ने उक्त क्षेत्रमा हालसम्म कुनै निकायबाट बजेट विनियोजन हुन सकेको छैन । बुर्तिबाङ देखि फल्लेघर सम्म २२ किलोमिटर सडकका निम्ती सालझण्डी ढोरपाटन सडक आयोजनाले ठेक्का सम्झौता गरेर काम गर्दे आएपनि माथिल्लो १४ किलोमिटर खण्डमा काम हुन सकेको थिएन ।

उकालो र अति जोखिम रहेको उक्त क्षेत्रमा सडक स्तरोन्नति र कालोपत्रे गर्नका निम्ती भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमाण्डौमा अनुमानित ९५ करोड लागतको श्रोत सहमति प्रदानका निम्ती अनुरोध गर्नुभएको हो ।

माननीयको अनुरोध संगै मन्त्रालयबाट आवश्यक कार्यार्थ सहितको अगाडि बढाउन निर्देशन दिइएको पाइएको छ । उक्त आयोजना आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा सुनिश्चितता भएसँगै काम अगाडि बढ्ने छ । त्यस्तै सालझण्डी सडक खण्ड अन्र्तगत बुर्तिबाङ– फल्लेघर २२ किलोमिटर सडक अलपत्र अवस्थामा रहेको छ ।

निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नगरेपछि आयोजनाले गति लिन नसकेको हो । २०७८ कात्तिकमा सम्झौता भई २०८१ बैशाख ४ गतेसम्म स्टान्डर्ड ग्राभेलिङ सहितको जिम्मा पाएको ओम बुद्ध निर्माण कम्पनी र स्वच्छन्द निर्माण कम्पनीले जिम्मा पाएकोमा सम्झौता अवधिमा जम्मा ३० प्रतिशत हाराहारीमा काम गरेर सम्पर्क बिहिन जस्तै भएको पाइएको छ । सालझण्डी ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अन्जु नेपालीका अनुसार गत बैशाख सम्म कम्पनीले काम सम्पन्न नगरेपछि आगामी पौष मसान्त सम्म सोही निर्माण कम्पनीले काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । म्याद थप भइसकेपनि हालसम्म निर्माण कम्पनीले काम सुरु गरेको छैन ।

काम सुरु गर्न पटक पटक ताकेता गरिएको छ तर पछिल्लो समय पटक पटक सम्पर्क गर्न खोज्दा समेत कार्यालयको सम्पर्कमा निर्माण कम्पनीका प्रमुख नरहेको नेपालीले बताउनु भयो । निर्माण कम्पनीको लापरबाहीले गर्दा यसपटक पनी समयका काम सक्ने अवस्था नरहेको स्थानीयको गुनासो छ ।

पौष मसान्त सम्मको समय सिमा भित्र पनि काम सम्पादन नगरे कारवाही प्रकृया अगाडि बढ्ने र नयाँ टेन्डरको विकल्प नभएको कार्यालय प्रमुख अन्जु नेपालीले बताउनु भयो । २२ किलोमिटर सडक खण्ड अन्र्तगत पर्ने क्षेत्रमा रहेका बस्ती हटाउने र मुआब्जाको विषयमा समेत अझैसम्म प्रकृया अगाडि बढ्न सकेको छैन । 

फल्लेघर देखि ढोरपाटन जोड्ने सडक स्तरोन्नति र कालोपत्रेका निम्ती माननीय दोर्ण कुवँरको पहल ।

0

साउन २६ गते बुर्तिबाङ
गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले बागलुङको प्रर्यटकिय एवम् धार्मिक गन्तव्य ढोरपाटन पुग्ने सडक खण्ड अन्र्तगत रहेको ढोरपाटन नगरपालिका ९ फल्लेघर देखि ढोरपाटन उपत्यका सम्मको १४ किलोमिटर सडक स्तरोन्ती एवम् कालोपत्रेका निम्ती सरकार संग बजेट माग गर्नुभएको छ ।


सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने उक्त क्षेत्रमा हालसम्म कुनै निकायबाट बजेट विनीयोजन हुन सकेको छैन । बुर्तिबाङ देखि फल्लेघर सम्म २२ किलोमिटर सडकका निम्ती सालझण्डी ढोरपाटन सडक आयोजनाले ठेक्का सम्झौता गरेर काम गर्दे आएपनी माथिल्लो १४ किलोमिटर खण्डमा काम हुन सकेको थिएन ।


उकालो र अति जोखिम रहेको उक्त क्षेत्रमा सडक स्तरोन्ती र कालोपत्रे गर्नका निम्ती भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार काठमान्डौमा अनुमानीत ९५ करोड लागतको श्रोत सहमती प्रदानका निम्ती अनुरोध गर्नुभएको हो ।
माननियको अनुरोध संगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको तोक आदेश संगै मन्त्रालयबाट आवस्यक कार्यार्थ सहितको अगाडी बढाउन निर्देशन दिइएको पाइएको छ ।

बडिगाड : पहिरोमा परि ज्यान गुमाउनेको सँख्या ११ पुग्यो, बेपत्ता १ बालकको खोजी जारी ।

0

बागलुङ  जिल्लाको बडिगाड गाउँपालिका १० आरुपाटामा मंगलबार खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । पहिरोमा बेपत्ता भएका २ बालबालिकाको शव घटनास्थलबाट बिहीबार निकालिएसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

मध्याह्न १२ बजेतिर ७ वर्षीय मधु बुढाको शव र अपराह्न पौने ५ बजे १० वर्षीय मनोज बुढाको शव घटनास्थलबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । तीन दिनदेखि घटनास्थलमा खोजीकार्य जारी छ । घटनामा अझै ११ वर्षका सुमन थापा हराइरहेका छन् ।

मंगलबार बडिगाड १० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घर पुरिएको थियो । उक्त घटनामा घरधनी बुढासहित उनका परिवारको पनि मृत्यु भएको हो । मंगलबार गएको टोलीले खोजी गर्न नसकेपछि बुधबार नेपाली सेनाको श्रीमेहर गण, सशस्त्र प्रहरी बल र प्रहरीको थप टोली घटनास्थलमा परिचालन भैरहेको छ । पहिरोमा गम्भीर घाइतेमध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । एकजनालाई पोखरास्थित मणिपाल अस्पताल र बाँकी घाइते ९ जनाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको हो ।

मृतकहरुको बुधबार र बिहीबार घटनास्थलमै पुगेर पोस्टमार्टम गरिएको छ । धौलागिरि अस्पतालबाट मेडिकल अफिसर डा. छितिज रिजाल नेतृत्व टोलीले पोस्टमार्टम गरेको हो ।

वर्षापछिको पहिरोले पुरिएर बाग्लुङको बडिगाडमा एक जनाकाे ज्यान गयाे ।

0

अबिरल वर्षापछिको पहिरोले बागलुङको बडिगाडमा एक जनाको ज्यान गएको छ ।

मंगलबार बिहान जिल्लाको बडिगाड गाउँपालिका–९ नयाबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षका विधान परियारको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

घर जोगाउनका लागि भल पन्छाउने क्रममा पहिरो खसेर परियारलाई पुरेको बरालको भनाई छ । परियारको शव निकालेर पोष्र्टमार्टका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

गैति र बेल्चा सहित अलपत्र बुर्तिबाङ– ढोरपाटन सडक मर्मतमा ढोरपाटनका कार्यवाहक मेयर ।

0


साउन १८ ढोरपाटन
ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत ढोरपाटन जाने सडक मर्मतमा जुटेका छन । 


प्रर्यटकिय गन्तब्य ढोरपाटन जाने सडक निर्माण कम्पनीले निरन्तर निर्माणको काम नगर्दा अस्तव्यस्त बन्दै गइरहेको अवस्थामा ढोरपाटन नगरपालिका मेयर धन बहादुर कायत गत तिनदिन देखि दैनिक रुपमा गैति बेल्चा सहित नगरपालिकामा कार्यरत नगर प्रहरी, कर्मचारी सहितको टोलि लिएर सडक मर्मतमा जुटेका हुन । 


सालझण्डी ढोरपाटन सडक खण्ड अन्तरगत रहेको बुर्तिबाङ –ढोरपाटन ३२ किलोमिटर सडक निर्माणको कम्पनीले काम नगर्दा स्थानीय नागरिक र सयौँ ढोरपाटन पुग्ने पर्यटकले निरन्तर सडक सास्ती खेप्दै आइरहेका छन । 


बर्सातको समयमा सडक झनै जीर्ण बन्दै गएपछि कार्यवाहक मेयर सहितको टोलीले बुर्तिबाङ बजार नजिकै देखि सुरु गरेर यतिबेला वडा नम्बर ७ को   बोबाङ गाउँसम्म सडक मर्मत गर्दे गएको हो ।
बिहान देखि साँझ सम्म निरन्तर खटिएको टोलीले जोखिम रहेको स्थानमा सडक सम्म पार्ने, खाल्डाखुल्टी पुर्ने काम गर्दे आएको हो । गौरवको आयोजना भएका कारण संघ सरकारबाट प्रत्यक बर्ष बजेट विनियोजन हुँदै गर्दा उक्त सडकमा नगरपालिकाले बजेट विनियोजन गर्न नमिल्ने भएपछि जनता र पर्यटकको पीडालाई मध्यनजर राख्दै मेयर आफै सडक मर्मतमा जुटेका हुन 

ढोरपाटन नगरपालिका ५,६,७,८ र ९ का नागरिक उक्त सडक सास्तिबाट पिडित छन भने आन्तरिक पर्यटकले समेत सास्ती खेप्ने गरेका हुन । आज चौठो दिन हुन्छ ढोरपाटन उपत्यका सम्म पुग्ने गरि काम भइरहेको छ । माटो र ढुँगा उठाउन नगरपालिकाबाट ट्याक्टर र जेसिभी लिएर काम सुरु गरिएको हो । सडक मर्मतले स्थानीय नागरिक संगै ढोरपाटनमा जनै पूर्णिमाको अवसरमा पुग्ने तिर्थालु भक्तजनलाई सहजता हुने अपेक्षा गरिएको छ । 


बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुल देखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्टान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभी कम्पनीले  जिम्मा पाएको ३ बर्षमा जम्मा ३० प्रतिशत हाराहारीमा मात्रै काम गर्दा सडक निर्माणले गति लिन नसकेको हो । 

उक्त निर्माण कम्पनीले पाएको जिम्मा गत बैशाख ४ गते सकिएको छ । कुल २५ करोड ६१ लाख लागतमा ३० महिनामा ग्राभेलिङ सक्ने गरि २०७८ कात्तिक ५ गते निर्माणको जिम्मा पाएको थियो ।   सडक निर्माणको सन्दर्भमा ढोरपाटन नगरपालिका जनप्रतिनिधि आयोजना कार्याललाई ध्यानाकर्षण गराउनुका साथै आयोजना कार्यालय र संघिय सरकार समक्ष पटक पटक सडक निर्माणमा तदारुकता दिन  पुगेका थिए ।

स्थानीय जनप्रतिनिधि, प्रदेश सभाका सांसद लगायतले पटक पटक आयोजना कार्यालयलाई ध्यानाकर्षण गराएपनी कामले गति लिन नसेकेको हो ।  बाग्लुङको बुर्तिवाङ्ग देखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्का रहेको थियो । २०६६ सालदेखि निर्माण सुरु भएको उक्त सडक आयोजनाको काम सुस्त गतिमा भइरहेको छ ।

  कुल एक सय ९१ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै ६१ किलोमिटर सडक पर्छ । त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ ।

त्यसबाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा खासै काम हुन सकेको छैन । सडकको ट्रयाक आर्थिक वर्ष २०७२÷०७३ मा खुलेको थियो । 

प्रभा माध्यमिक विद्यालयको अध्यक्षमा टिका बहादुर चन्द ।

0

बुर्तिबाङ साउन १८

बागलुङको निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिले पूर्णता पाएको छ । 

गत चैत्र महिना देखि विद्यालय व्यवस्थापन समितिको गठन प्रकृया अगाडि बढाइएपछि सहमति हुन नसक्दा ५ महिना पछि सरेको समिति गठन प्रकृयाले विहीबार टिका बहादुर चन्दको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिईश्वरी कँडेल शिक्षक अभिभावक समिति अध्यक्ष रहेको सर्वसम्मतिको समिति गठन भएको हो । चैत्र महिनामा अभिभावकको वृहत भेला मार्फत समिति गठन प्रकृया अगाडि बढाइएको थियो ।

अभिभावक बाट समितिमा चुनिने ४ सदस्यमा २८ जना आकाँँक्षी देखिएपछि  सहमति हुन सकेन त्यस पश्चात दोश्रो र तेश्रो पटक सम्म राजनैतिक सहमतिबाट समितिको गठन प्रकृयाको प्रयास गरिएपनि सहमति हुन नसकेपछि बिहीबार पहिलो पटकको अभिभावक भेलालाई आधार मान्दै सर्बसहमतीबाट समितिको गठन गरिएको विद्यालयका प्रधानाध्यापक नवराज आर्चायले बताउनु भयो । 

टिका बहादुर चन्द अध्यक्ष रहेको ९ सदस्य विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ । जसमध्ये १ जना शिक्षक प्रतिनिधि छनौट हुन बाँकी रहेको बताइएको हो । त्यस्तै ईश्वरी कँडेल अध्यक्ष रहेको ११ सदस्य शिक्षक अभिभावक समितिको गठन गरिएको हो ।