Home Blog Page 77

शनिबार बन्द हुँदै आएको बुर्तिबाङ बजार भोलिदेखि छठ सम्म नियमित खुल्ने ।

0

 भदौ ७ गते बुर्तिबाङ

बागलुङको दोश्रो ठुलो व्यापारिक केन्द्र बुर्तिबाङ बजार उद्योग वाणिज्य सङ्घको सक्रियतामा प्रत्यक शनिबार बजार बन्द हुँदै आएकोमा चाडपर्व लक्षित गर्दे भदौ ८ गतेदेखि आगामी तिहार, छठ पर्व सम्म नियमित रुपमा खुल्ला रहने भएको छ ।

उद्योग वाणिज्य सङ्घको गत साउन ३० गतेको निर्णय अनुसार चाडपर्वको समयमा सञ्चालन हुँदै आएका सबै किसिमका व्यापार व्यवसाय शनिबार समेत खुल्ला गर्ने निर्णय भएको ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।

छठ पछि भने पुरानै नियम लागू हुने जनाइएको छ ।

बुर्तिबाङमा राष्ट्रिय दलित आयोगका पदाधिकारी र दलित अगुवा बिच अन्तरकृया ।

0

 भदौ ६ गते

बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा लगायत केन्द्रिय पदाधिकारी ,दलित अधिकारकर्मी लगायत दलित अगुवाको बिचमा अन्तरकृया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै दुर्गा विश्वकर्मा ,राजु विश्वकर्मा , आलोक पोखरेल ,समीक्षा भट्टराई , साम्याङ लिम्बु , अस्मिता पाण्डे लगायत राजनीतिक दलका जनप्रतिनिधि बुद्धिजीवी दलित अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अवसरमा सहभागिले राष्ट्रिय दलित आयोगका अध्यक्ष माननिय देवराज विश्वकर्मा समक्ष दलित अधिकारकर्मीहरूले आआफ्ना जिज्ञासा ,समस्या लगायत विभिन्न विषयमा प्रश्न समेत गरेका थिए । सहभागि अशोक स्मिथ ,लोकेन्द्र सुनार , निसीखोला दलित सञ्जालका अध्यक्ष रोशन विश्वकर्मा , ढोरपाटन नगर कार्यपालिका सदस्य दिलिप कुमार थापा लगायतले आफ्नो धारणा गुनासो र सुझाव व्यक्त गरेका हुन ।

कार्यक्रममा दलिका हकहित र दलितका सम सामूहिक समस्या, जातीय विभेद हटाउन के कस्ता भूमिकाहरू खोल्न सकिन्छ , दलितलाई कसरी अग्रसर बनाउन सकिन्छ , स्थानीय स्तरमा दलितका लागी के कस्ता समस्या छन ,यसलाई कसरी निर्मूल पार्न सकिन्छ भन्ने कुराको छलफल समेत भएको थियो ।

सहभागिले राखेका प्रश्न, जिज्ञासा र गुनासोको सन्दर्भमा आफ्नो धारणा राख्नु भएको हो । शिक्षा सँग सम्बन्धित विषय तथा जनता सँग विभिन्न विषयमा जनताको विचमा पुग्ने र समाजमा रहेको समस्या कसरी समाधान गर्न सकिन्छ भने उद्देश्यले आफु बागलुङ आएको बताउनु भयो ।

समाजमा हुने जातीय छुवाछुत, भेदभावको अन्त्य गर्नका निम्ती अधिकार कर्मी जागरुक हुनुपर्ने र राज्यले कानुनलाई पूर्ण रुपमा पालना गर्न आवस्यक रहेको बताउनु भयो । त्यस्तै दलितका समसामयिक विषयमा समपुर्ण दलित अधिकार कर्मी द्धारा राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मालाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।

कार्यक्रम योगेन्द्र विश्वकर्माले सञ्चालन गर्नुभएको हो । 

 

ढोरपाटन सडक बाढी र पहिरोले अवरुद्ध नगरपालिकाको सक्रियतामा पहिरो हटाउन सुरु ।

0

 साउन ४ गते बुर्तिबाङ

बागलुङको बुर्तिबाङ बजार देखि ढोरपाटन आवत जावत गर्ने सडक मङ्गलबारको भारी वर्षात सँगैको बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएको छ ।

ढोरपाटन नगरपालिका ७ दारबोट भन्ने स्थानमा सडक माथिदेखि खसेको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै ढोरपाटन नगरपालिका ९ लाकुरीबोट भन्ने स्थानमा भुजिखोलामा पानीको बहाव बढेपछि सडक कटान गर्दा सवारीका साधन सञ्चालन हुन नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन ।

पहिरो गए लगत्तै ढोरपाटन नगरपालिकाको सक्रियतामा पहिरो हटाउने काम सुरु भएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने उक्त सडक अवरुद्ध हुँदा ढोरपाटन आउजाउ गर्ने पर्यटक र स्थानीयलाई सास्ती भएको छ ।

जनैपूर्णिमाको अवसरमा ढोरबराह मन्दिरमा आठ सय भेडाको बलि दिइयो १० हजार बढि दर्शनार्थी ।

0

भदौ ३ गते बागलुङ
सोमबार जनैपूर्णिमाको अवसरमा ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल बागलुङ ढोरपाटनमा रहेको उत्तरगङ्गा ढोरबराह मन्दिरमा दश हजार बढि दर्शनार्थीले ढोरवराह मन्दिरको दर्शनका निम्ती आएको ढोरपाटन सिकार आरक्षका सुचना अधिकृत मन्दिप पङ्गेनिले बताउनु भयो ।


भेडाको बली चढाउन ,पुजा गर्न, भाकल गरेका तथा भेटी चढाउन नेपालका विभिन्न स्थानबाट धार्मिक तथा प्रर्यटकिय स्थल ढोरपाटनमा सयौँ श्रदालु भक्तजन ढोरपाटन पुग्ने गरेका हुन । बिहान सबेरै देखि पुजापाठ सुरु गरिएको र आठ सय जनाले भेडाको बली दिनका निम्ती टिकट बुकिङको गरेको पुजा व्यवस्थापन समिती सदस्य जल बहादुर पुन मगरको भनाई छ ।
देशका विभिन्न स्थानबाट आएका भक्तजनले लाईनबद्ध रुपमा पुजापाठ गरिरहेका छन ।

ढोरबराहको दर्शन गरेमा तथा भेँडाको बली चढाएमा मनोकाँक्षा पुरा हुने जनविस्वास रहिआएको छ । परापूर्व कालदेखि ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा पुजा आजा गर्न जनैपूर्णिमा र बैसाखे पूणिमाको अवसरमा श्रदालु भक्तजन ढोरपाटनमा पुग्ने गरेका हुन ।

ढोरपाटनको स्याउ विक्री गर्दे स्थानीय
बागलुङ जिल्ला सहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, सहित बुटवल, पोखरा काठमान्डौ लगाएत देशका विभिन्न क्षेत्रबाट ढोरपाटनमा आउने गरेको पाइन्छ । सडक असहज भएपनी जिप, बस, मोटरसाईकल, पिकअप मार्फत ढोरपाटन जानेको सँख्या बृद्धि भएको हो ।
बिहान सबेरै देखि ढोरबराह मन्दिरमा पुजापाठ हुने भएपछि भेँडा खरिद गर्नेहरु शनिबार देखि ढोरपाटन पुगेका थिए ।

जनैपूर्णिमाको अवसरमा ढोरपाटनमा बिहानै देखि पुजापाठ सुरु आठ सय भेडाको बलि दिइने ।

0

भाद्र ३ गते ढोरपाटन
आज जनैपूर्णिमाको अवसरमा ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पुजा आजा गर्न, भागल गरेका तथा भेटी चढाउन नेपालका विभिन्न स्थानबाट धार्मिक तथा प्रर्यटकिय स्थल ढोरपाटनमा सयौँ श्रदालु भक्तजन तथा दर्शक ढोरपाटन पुगेका छन । आज बिहानै देखि पुजा पाठ सुरु भएको छ ।

देशका विभिन्न स्थानबाट आएका भक्तजनले लाईनबद्ध रुपमा पुजापाठ गरिरहेका छन । बिहान ५ बजेदेखि नै पुजापाठ सुरु भएको समितीले जनाएको हो । हालसम्म तिनसय बढि भेडाको बलि चढाइएको र करिब ८ सय भेडाको बलि दिइने गरि टिकट बुक भइसकेको पुजा व्यवस्थापन समिती सदस्य जल बहादु पुन मगरले बताउनु भयो । मन्दिरमा दर्शका निम्ती हजारौँ भक्तजनको सहभागिता रहेको हो ।


ढोरबराहको दर्शन गरेमा तथा भेँडाको बली चढाएमा मनोकाँक्षा पुरा हुने जनविस्वास रहिआएको छ । परापूर्व कालदेखि ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा पुजा आजा गर्न जनैपूर्णिमा र बैसाखे पूणिमाको अवसरमा श्रदालु भक्तजन ढोरपाटनमा पुग्ने गरेका हुन ।

बागलुङ जिल्ला सहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, सहित बुटवल, पोखरा काठमान्डौ लगाएत देशका विभिन्न क्षेत्रबाट ढोरपाटनमा आउने गरेको पाइन्छ । सडक असहज भएपनी जिप, बस, मोटरसाईकल, पिक अप आर्फत ढोरपाटन जानेको सँख्या बृद्धि भएको हो ।

बिहान सबेरै देखि ढोरबराह मन्दिरमा पुजापाठ हुने भएपछि भेँडा खरिद गर्नेहरु शनिबार देखि ढोरपाटन पुगेका थिए ।
उता स्थानीय क्लबको आयोजनामा विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रमको आयोजना गरिएपछि खेलप्रेमी, खेलाडी र दर्शकको समेत राम्रो उपश्थिती ढोरपाटनमा देखिएको छ ।

ढोरपाटनका इमेज पीडितले बचत फिर्ता लिन देवकुमार नेपाली सँग मिलापत्र गर्ने ।

0


भाद्र २ गते
२०८० साल जेठ महिनामा इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरि फरार रहेका देवकुमार नेपाली र ढोरपाटनका इमेज सहकारी  पीडित बचत कर्ता बिच कानुनी रुपमा मिलापत्र गरी बचत रकम फिर्ताको विषयमा अगाडि बस्ने विषयमा छलफल भएको पाइएको छ । 

इमेज सहकारी पीडित बुर्तिबाङका संयोजक यम बहादुर कुवँरका अनुसार बुर्तिबाङ सेवा केन्द्रबाट अदालतमा मुद्दा दर्ता गराएको बचत कर्ताको भेलाले देवकुमार नेपाली सँग अदालतमा मिलापत्र गरी अगाडि बढ्ने र सहमति पछि देवकुमार नेपाली सँग रहेको सम्पती आफूहरूले प्राप्त गर्ने विषयमा देवकुमार नेपाली सँगको छलफल पछि आफूहरू मिलापत्रको प्रकृयामा अगाडि बढिएको बताउनु भयो ।
देवकुमार नेपाली हाल भारतमा रहेको र बुर्तिबाङ सहित गल्कोट, बागलुङ र पोखराका इमेज पीडित सङ्घर्ष समितका बिचमा पनि मिलापत्र माफर्त अगाडि बढ्ने विषयमा छलफल भइरहेका कारण चाँडै टुङ्गोमा पुग्ने गरी काम भइरहेको सङ्घर्ष समिति केन्द्रिय  कोषाध्यक्ष तथा ढोरपाटनका संयोजक यम बहादुर कुवँरको भनाई छ । 


बुर्तिबाङबाट बचतकर्ताले देवकुमार नेपाली र इमेज सहकारी सञ्चालक समिति सँग मिलापत्र गर्न राजी रहेको र प्रतिनिधिको रुपमा यम बहादुर कुवँरलाई सरकारी वकिल मार्फत अदालतमा मिलापत्रका लागी पठाउने विषयमा निर्णय समेत गरेका हुन ।
बुर्तिबाङबाट २३६ जना बचत कर्ताले अदालतमा मुद्धा दर्ता गराएको जनाइएको छ । देवकुमार नेपालीले बचत कर्ता पिडित संग फोन मार्फत चाँडो प्रकृया पुरा गर्न आग्रह गर्दे आएका छन ।
मिलापत्र गर्नका निम्ती ४ वटै सेवा केन्द्रबाट ५ जनाको समिति गठन गरिएको र अदालतबाट मिलापत्र भएपछि मात्रै देवकुमार नेपालीले पीडितलाई आफूसँग रहेको सम्पत्ति नामसारी गरिदिने प्रकृया रहेको बुझिएको छ । 

जनैपूर्णिमाको अवसरमा सयौँ श्रद्धालु भक्तजन ढोरपाटनमा ।

0

 भाद्र २ गते ढोरपाटन

भोलि भाद्र ३ गते परेको जनैपूर्णिमाको अवसरमा ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पुजा आजा गर्न, भागल गर्न तथा भेटी चढाउन नेपालका विभिन्न स्थानबाट धार्मिक तथा पर्यटकीय स्थल ढोरपाटनमा सयौँ श्रद्धालु भक्तजन तथा दर्शक ढोरपाटन पुगेका छन ।

ढोरबराहको दर्शन गरेमा तथा भेडाको बली चढाएमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । परापूर्व कालदेखि ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा पुजा आजा गर्न जनैपूर्णिमा र बैसाखे पूर्णिमाको अवसरमा श्रद्धालु भक्तजन ढोरपाटनमा पुग्ने गरेका हुन ।

बागलुङ जिल्ला सहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, सहित बुटवल, पोखरा काठमान्डौ लगायत देशका विभिन्न क्षेत्रबाट ढोरपाटनमा आउने गरेको पाइन्छ ।

सडक असहज भएपनि जिप, बस, मोटरसाइकल, पिक अप मार्फत ढोरपाटन जानेको सँख्या वृद्धि भएको हो । बिहान सबेरै देखि ढोरबराह मन्दिरमा पूजापाठ हुने भएपछि भेडा खरिद गर्नेहरू शनिबार देखि ढोरपाटन पुगेका हुन ।

उता स्थानीय क्लबको आयोजनामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएपछि खेलप्रेमी, खेलाडी र दर्शकको समेत राम्रो उपस्थिति ढोरपाटनमा देखिएको छ ।

बोङ्गाखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएसंगै स्थानीय खुसि ।

0

साउन ३२
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा मोटरेवल पुल निर्माण ४ बर्षमा सम्पन्न भएको छ ।
पुल बनेपछि स्थानीय नागरिक हर्षित भएका छन् । बर्षातको करिब ५ महिना सिधा सवारीका साधन चल्न नसक्ने अवस्थाम रहेकोमा अब पुल बनेपछि सहज रुपमा वडा नम्बर २,३,४,५ र ६ का नागरिक उक्त खोला पार गरेर सवारीबाट यात्रा गर्न सक्ने भएका हुन । विभिन्न स्थानमा पुग्नका निम्ती सहज हुने भएको हो । उक्त पुल बनेपनी गाउँपालिकाको सबै वडामा सहज रुपमा पुग्नका निम्ती अझै ८ वटा मोटरेवल पुल आवस्यक रहेको पालिकाले जनाएको छ ।
दुई वर्ष अगाडि सकिनु पर्ने पुल यसै साता मात्रै सम्पन्न भएको छ पुल निर्माणका लागि वि।सं। २०७७ पौष १६ गते सम्झौता भएको थियो । वि।सं। २०७९ चैत ३० गतेसम्म काम सक्नु पर्ने भए पनि निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनको ढिलासुस्तीका कारण चार वर्ष लागेको हो ।
हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात संचालन हुन सक्दैनन् । यस वर्ष पनि असारदेखि दोस्रो सातादेखि ठप्प भएका सवारी साधान कार्तिक लागेपछि मात्रै संचालनमा हुने गर्थे । स्थानीय वारपार गर्न झोलुङ्गे पुलको सहायता लिने गरेका छन् । यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ । भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोलाहरु छन् । यहाँ पुल नबन्दा वडा नम्बर १ र २ का केही गाउँ बाहेक अन्य वडाका नागरिकहरु बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनथे ।
पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार ९६४ मा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । निर्माण कम्पनीलाई करिब ६० लाख भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाइ छ । विनियोजित बजेट कम भएको हुँदा भुक्तानी गर्न नसकेको अधिकारी बताउनुहुन्छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताउनुभयो । गाउँपालिका भर बाह्रै महिना सडक संचालन गर्न अझै आठ वटा मोटरेवल पुल निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार ९२६ रुपैयाँ लागतमा भिकोस घाटमा मोटरेवल पुल निर्माण गरेको सुनाउनु भयो । बोङ्गाखोलामा पुल निर्माण भएपछि वडा नम्बर १ का नागरिकलाई सहज भएको बताउनुभयो ।
अध्यक्ष बुढा मगरले भन्नुभयो – “बोङ्गाखोलामा पुल बनेपछि वडा नम्बर १ का नागरिकहरु अब पालिकाको केन्द्रसम्म गाडीमै आउन सक्छन्, यसभन्दा अगाडि वडा नम्बर २ बाहेक धेरै ठाउँबाट पालिका केन्द्रमा आउन निकै समस्या थियो, यो पुल दुई वर्ष पहिलेनै बन्नु पर्ने थियो तर निर्माण कम्पनीले अटेरी गर्दा अहिले बल्ल सम्पन्न भयो ।”

निसीखोलामा ८ दिवशिय मेलमिलाप सम्बन्धी तालिम  । 

0

साउन ३२ गते

बागलुङको निसीखोला गाउँपालिकाको आयोजनामा ८ दिवशिय मेलमिलाप सम्बन्धी आधारभुत तालिम शुक्रबार पालिका कार्यालयमा सम्पन्न भएको छ ।

निसीखोला गाउँपालिकाको आयोजना परिवर्तन र दिगो विकासका लागि युवा सिन्धुलीको सहजिकरणमा सुरु भएको तालिममा निसीखोला गाउँपालिका अन्तरगत जनप्रतिनिधि र स्थानीय नागरिक गरी २९ जनाले तालिम लिएका छन ।

देवानी प्रकृतिका घटनालाई मेलमिलाप कर्ताको माध्यमबाट समाजमै मिलाउने र पीडितपीडक दुवैलाई न्याय हुने गरी कसरी मेलमिलापको माध्यमबाट समस्याको निरुपण गर्न सकिन्छ भन्ने उद्देश्य सहित सञ्चालित तालिममा ७ वटै वडाबाट जनप्रतिनिधि र स्थानीय नागरिकको सक्रिय सहभागिता रहेको हो ।

मेलमिलापलाई कानुन संबत विवादका पक्षलाई निष्पक्ष ढङ्गबाट वडा तहबाटै टुङ्ग्याउने र रचनात्मक तवरले न्याय उपलब्ध गराउने गरि तालिमको सिकाई उपलब्धी रहेको जनाइएको छ ।

प्रशिक्षक विजी घिमिरे र विराज सर्माको प्रशिक्षण रहेको तालिमबाट आफुहरुले धेरै ज्ञान हासिल गर्न सफल भएको र आफुहरुले सिकेका ज्ञानलाई समाजमा सक्रिय पूर्वक जिम्मेवारी र कानुन संवत लागु गरिने सहभागीको तर्फबाट भोटु कुमारी चन्दले बताउनु भयो ।

तालिम प्रयोगात्मक र सैद्धान्तिक रहेको बताउँदै यस्तो तालिमले न्याय सम्पादन र समाजमा भइरहेको विभिन्न समस्याको निरुपणमा महत्वपूर्ण टुवा पुग्ने सहभागि रुद्ध प्रसाद पौडेलले बताउनु भयो ।

मेलमिलाप सहजकर्तालाई समापन सत्रको कार्यक्रममा पालना गर्नुपर्ने आचार संहिता सहित सपथ ग्रहण सँगै प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै आफ्नो उचाईलाई माथि उठाउनका निम्ती सीप ज्ञान आर्जन गर्न आवश्यक रहेको बताउँदै यस्ता सिप ज्ञानले मानिसलाई जिम्मेवार बनाउनुका साथै सकारात्मक सोचको विकास गर्न, समाजमा हुने मनमुटाब, भेदभाव, नकारात्मक गतिविधि अन्त्य गर्नका निम्ती पनी मेलमिलाप सम्बन्धी कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सबैलाई न्याय दिने गरी जिम्मेवार पूर्वक काम गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

 कार्यक्रममा प्रशिक्षक विजी घिमिरे, विराज सर्मा , इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक लगायतको मन्तव्य रहेको थियो ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको अध्यक्षता संगिता विकको स्वागत, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

बुर्तिबाङमा लामखुट्टे खोज र नष्ट अभियान ।

0

साउन ३१

ढोरपाटन नगरपालिका र वडा नम्बर १ को सक्रियतामा बुर्तिबाङ बजारमा लामखुट्टे नियन्त्रणका निम्ती लामखुट्टे खोज र नस्ट अभियान सुचारु गरिएको छ ।

गतबर्ष यस समयमा लामखुट्टे  सङ्क्रमित बिरामीको सँख्यामा वृद्धि भएको अवस्थालाई मध्यनजर राख्दै यसबर्ष सर्तकता सहित लामखुट्टेका लार्भा नष्ट गर्ने र पुराना ट्युव पानी जम्ने भाँडा , खाल्डा , तथा बढि झारपात भएको स्थानलाई सफा गर्दे सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको वडा अध्यक्ष वान बहादुर छन्त्यालले बताउनु भयो ।

 ढोरपाटन नगरपालिका, स्वास्थ्य शाखा, वडा नम्बर १ को कार्यालय, प्रहरी, नगर प्रहरी, स्वास्थ्य कर्मी सहितको टोलीले लामखुट्टे  नियन्त्रण अभियान सञ्चालन गरेको जनाइएको छ । यसवर्ष बुर्तिबाङमा डेँगु सङ्क्रमितको मात्रा कम रहेपनि अब वृद्धि हुन सक्ने भन्दै सर्तकता अपनाइएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले बताउनु भयो ।