भदौ ३ गते बागलुङ
सोमबार जनैपूर्णिमाको अवसरमा ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल बागलुङ ढोरपाटनमा रहेको उत्तरगङ्गा ढोरबराह मन्दिरमा दश हजार बढि दर्शनार्थीले ढोरवराह मन्दिरको दर्शनका निम्ती आएको ढोरपाटन सिकार आरक्षका सुचना अधिकृत मन्दिप पङ्गेनिले बताउनु भयो ।
भेडाको बली चढाउन ,पुजा गर्न, भाकल गरेका तथा भेटी चढाउन नेपालका विभिन्न स्थानबाट धार्मिक तथा प्रर्यटकिय स्थल ढोरपाटनमा सयौँ श्रदालु भक्तजन ढोरपाटन पुग्ने गरेका हुन । बिहान सबेरै देखि पुजापाठ सुरु गरिएको र आठ सय जनाले भेडाको बली दिनका निम्ती टिकट बुकिङको गरेको पुजा व्यवस्थापन समिती सदस्य जल बहादुर पुन मगरको भनाई छ ।
देशका विभिन्न स्थानबाट आएका भक्तजनले लाईनबद्ध रुपमा पुजापाठ गरिरहेका छन ।
ढोरबराहको दर्शन गरेमा तथा भेँडाको बली चढाएमा मनोकाँक्षा पुरा हुने जनविस्वास रहिआएको छ । परापूर्व कालदेखि ढोरपाटन उपत्यकामा रहेको ढोरबराह मन्दिरमा पुजा आजा गर्न जनैपूर्णिमा र बैसाखे पूणिमाको अवसरमा श्रदालु भक्तजन ढोरपाटनमा पुग्ने गरेका हुन ।
ढोरपाटनको स्याउ विक्री गर्दे स्थानीय
बागलुङ जिल्ला सहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, सहित बुटवल, पोखरा काठमान्डौ लगाएत देशका विभिन्न क्षेत्रबाट ढोरपाटनमा आउने गरेको पाइन्छ । सडक असहज भएपनी जिप, बस, मोटरसाईकल, पिकअप मार्फत ढोरपाटन जानेको सँख्या बृद्धि भएको हो ।
बिहान सबेरै देखि ढोरबराह मन्दिरमा पुजापाठ हुने भएपछि भेँडा खरिद गर्नेहरु शनिबार देखि ढोरपाटन पुगेका थिए ।