Home Blog Page 76

निसीखोला गाउँपालिकाले बिहीबार देखि बजार अनुगमन सुरु ।

0

भदौ १३ बुर्तिबाङ

निसीखोला गाउँपालिकाले बिहीबार देखि बजार अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकिँदै गर्दा गाउँपालिकाले सम्पूर्ण वडामा रहेका व्यवसायको अनुगमन गर्ने गरी अभियान सुरु गरेको हो ।

बिहीबार निसीखोला गाउँपालिका ४ झिवाखोला बजारदेखि सुरु गरिएको अभियानमा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति, प्रमुख प्रशासकिय अधिकृत जिवन पुन, वडा अध्यक्ष टिकानिधी पौडेल, चन्द्रसिंह रामजाली, रमेश विक्रम शाही लगायत जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रतिनिधि, पत्रकार , प्रहरी लगाएतको टोलीले झिवाखोला बजार, देविस्थान बजार, जुग्जाखोला लगायत मध्यपहाडी लोकमार्ग आसपासका रहेका पसलहरूको अनुगमन गरेको हो ।

चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको बिक्री हुन सक्ने सम्भावनालाई ख्याल गर्दे अनुगमन सुरु गरिएको र अनुगमनका क्रममा व्यवसायीलाई सचेत बनाउने, स्थानीय पालिकामा दर्ता नवीकरणका निम्ती आव्हान गर्ने, मूल्य शुचि राख्न सचेत गराउने, सरसफाइ लगायतका विषयमा व्यवसायीलाई सचेत गराउँदै अखाद्य वस्तु बिक्री गरेको खण्डमा जफत गरेर नष्ट गर्ने अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बताउनु भयो ।

अनुगमनको क्रममा गत बर्षको तुलनामा व्यवसायीहरू धेरै सचेत भइसकेको र अखाद्य बस्तु समेत गत बर्षको तुलनामा ७० प्रतिशत कम भेटिएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बताउनु भयो ।

पालिकाले म्याद गुज्रिएका सामान जफल गरेर डिस्पोजका लागी राखेको छ । चाउचाउ, विस्कुट, चिसो प्य पर्दाथ, भुजा, लगायतका बस्तु म्याद गुज्रिएको अवस्थामा देखिएपछि जफत गर्दे आगामी दिनमा मिती हेरेर मात्र सामान विक्रीका लागी राख्न आग्रह गरिएको र पुनह यस्ता घटना दोहोरीएमा कानुनी कार्वाही प्रकृया अगाडी बढाइने बताइएको थियो । 

पालिकाले भाद्र १२ गतेदेखि १५ गतेसम्म ७ वटै वडामा पुगेर अनुगमन गर्ने लक्ष्य लिएको छ । समय समयमा गरिने बजार अनुगमनले बजारलाई व्यवस्थित बनाउन, अखाद्य वस्तुको बिक्री वितरण रोक्न र व्यवसायीलाई सचेत बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको स्थानीय नागरिकको भनाई छ ।

 

राजमो बागलुङको वडा स्तरीय बिशेष संगठनात्मक अभियान सुरु

0

भाद्र १२ गते बुर्तिबाङ

राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला समितिको आठौं बैठकको निर्णय अनुसार आज भदौ १२ गते बुधबार देखि बागलुङ जिल्लाका १० पालिकाका ८५ वटै वडाहरुमा ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौ, संघियता खारेज गरौ’ भन्ने नाराको साथमा वडा स्तरीय बिशेष संगठनात्मक अभियान सुरु भएको छ ।

भदौ १२ गते देखि सुरु भएको कार्यक्रम भदौ २५ गते समापन हुने राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरश्विर पाण्डेले बताउनु भयो ।
‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौ, संघियता खारेज गरौ’ भन्ने नाराको साथ १० वटै पालिकाका प्रमुखहरुलाई राष्ट्रिय र स्थानीय समस्याको बिषयमा ध्यान आर्कषण गराउदैं भदौ २५ गते भित्र ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ भने बागलुङ प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीसम्म भदौ मसान्त सम्म ज्ञापन पत्र बुझाईने पनि उनले जानकारी दिएका छन् । राष्ट्रिय जनमोर्चा बागलुङले बिशेष गरि जिल्लाका प्रत्येक वडामा आफ्ना कार्यकर्ताहरुलाई संगठनात्मक प्रशिक्षण पनि गर्नेछ ।

भदौ १२ गते जिल्लाका ७ वटा वडामा कार्यक्रमको उद्घाटन गरिएको छ । बरेङ गाउँपालिकाको वडा नं। १ धुल्लुबाँस्कोटमा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर , जैमिनि नगरपालिकाका वडा नं १ कुश्मि सेरामा राजमो पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, बागलुङ नगरपालिकाको वडा नं। १२ अमलाचौर राजमो जिल्ला अध्यक्ष तिलक थापा, गल्कोट नगरपालिका वडा नं १ दुदिलाभाटीमा राजमो केन्द्रिय सदस्य राजेन्द्र ढुङगाना, बडिगाड गाउँपालिका वडा नं  २ खर्बाङमा अखिल नेपाल युवक संघ केन्द्रिय महासचिव भिमसेन वन, ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङमा राजमो जिल्ला सचिव भिमलाल पोख्रेल र निसीखोला गाउँपालिका वडा नंम्बर ७ राजकोटमा राजमो केन्द्रिय सदस्य गौरिश्वर पाण्डेले उद्घाटन गर्नुभएको छ । आयोजित कार्यक्रम दान बहादुर विकको अध्यक्षता भिम बहादुर कुवँरको सञ्चालनमा कार्यक्रम भएको हो ।

कार्यक्रमको ७ वटा समुहमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय पदाधिकारी, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी र पालिका पदाधिकारी रहने पनि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष थापाले बताएका छन् ।

 

 

बुर्तिबाङमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै ।

0

 भाद्र १२ गते बुर्तिबाङ

बुर्तिबाङमा डेँगु र स्क्रब टाइफसका बिरामी बद्न थालेका छन ।  भाद्र महिनाको सुरुवात देखिनै दैनिक रुपमा ज्वरोको बिरामी आउन थालेपछी संकास्पदको रगत परिक्षण गर्दा पछिल्लो समय ९ जना डेँगु र ५ जना स्क्रब  टाइफसका बिरामी देखिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले बताउनु भयो ।

९५ जनाको रगत परिक्षण गर्दा ९ जनामा डेँगु पोजेटिभ देखिएको छ । त्यस्तै ५५ जनाको परीक्षणमा ५ जनामा स्क्रब  टाइफस पुष्टि भएको जनाइएको हो ।

सङ्क्रमित बिरामी मध्ये १ जना डेँगु र १ जना स्क्रब टाइफसका बिरामीलाई थप उपचारका लागी पोखरा रिफर गरिएको जनाइको छ । सङ्क्रमित बिरामी मध्ये अधिकांश ढोरपाटन नगरपालिकामा बसोबास गर्ने रहेका छन ।

ढोरपाटन नगरपालिका, स्वास्थ्य शाखा, वडा नम्बर १ लगायतको सक्रियतामा लामखुट्टे नियन्त्रण अभियान समेत सुरु गरिएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो ।

स्वास्थ्य केन्द्रमा आउने मध्ये पछिल्लो हप्ता भाइरस ज्वरोका बिरामीको सँखयामा वृद्धि भएको पाइएको छ ।  गतबर्ष करिब ५ सय डेँगु र स्क्रब  टाइफसका बिरामीको सँख्या हुँदै गर्दा अवस्था विकराल बनेको थियो ।

डेङ्गी भएको कसरी थाहा पाउने

डेङ्गी हुँदा एक्कासि चर्को ज्वरो आउँछ। ज्वरो भाइरसको कारण आउँछ।

जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्‍ने हुन्छ।

कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ। यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत हुन्छ डा. नविन्द्र ढकाल भन्नुहुन्छ  डेँगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा-बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा-बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने ।
डेँगु रोकथामका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ लामखुट्टेको लार्भा नष्ट गर्नु नै हो ।

 यो अरू ज्वरो जस्तै भएकाले छुट्टयाउँन गाह्रो हुन्छ। त्यसैले चाँडै नजिकैको अस्पतालमा जचाउन जानुपर्छ।

स्क्रब टाइफस

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निश्कन सक्दछ ।

धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

लक्षण :

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने,  पसिना धेरै आउने,  आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय 

खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

 बुर्तिबाङमा ३० जना युवाहरूका लागी होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम सुरु ।

0


भदौ ११ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका ३० जना युवाहरूका निम्ती विवाईसी बागलुङको आयोजनामा होमस्टे सञ्चालन तथा
व्यवस्थापन सम्बन्धी एक महिने तालिम मङ्गलबार देखि बुर्तिबाङमा सुरु भएको छ ।
दिगो पर्यटन प्रबन्धन परियोजना कार्यक्रम अन्तरगत पर्यटकीय सम्भावना बोकेका क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दे पर्यटन, रोजगारी र युवा  पिँडीमा देखिएको विदेश मोह रोक्नका निम्ती १६ वटा वडाका होम स्टे सञ्चालन गर्न चाहने तथा सञ्चालन गरिरहेका युवाहरूका निम्ती एक महिने तालिमको आयोजना गरिएको उत्तम अर्यालले बताउनु भयो । 


३० दिन सम्म सञ्चालित तालिमबाट व्यवस्थित र होमस्टेको मापदण्ड अनुसार होमस्टे सञ्चालन गर्न र त्यसबाट पर्यटन सँगै आर्थिक रुपमा सक्षम बनाउने गरि प्रत्यक वडाबाट प्रतिनिधि मूलक रुपमा सहभागीको छनौट गरी कार्यक्रममा सहभागि गराइएको जनाइएको छ ।
विवाईसी बागलुङको आयोजना, थ्रि आर इन्जिनियरिङ कन्सल्टेन्सीको प्राविधिक सहयोग र टेरर डेज होम्स को सहयोगमा सञ्चालित तालिमलाई घनश्याम गिरीले प्रशिक्षण दिनुहुने छ । 


तालिममा होमस्टे व्यवस्थापन, कुकिङ, वयटर, हस्पिटालिटी जस्ता विषयमा सहभागीलाई दक्ष बनाइने छ ।
निसीखोला र ढोरपाटन नगरपालिकामा कार्यक्षेत्र बनाएर गत जनवरी १ देखि विवाईसी बागलुङको साझेदारीतामा काम गरिरहेको डोनाल्ड टीडीएच विएमजेट जर्मनीको आर्थिक सहयोगमा संस्थाले दुई वर्ष ६ महिनाको समय अवधि सम्म दिगो पर्यटन प्रवर्धन, महिला रोजगारी, र युवा रोजगारीको विषयलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ ।
६ हजार घरधुरीका महिलाहरू समक्ष पुगेर उनिहरु मध्ये ३ हजार महिलालाई घरको नेतृत्व तहमा ल्याउने, उनि हरुलाई आत्मनिर्भर बन्न सिकाउनुका साथै युवालाई रोजगारी सँग जोड्ने, विद्यार्थीलाई समेत समावेश गरेर दिगो पर्यटन प्रवर्द्धनमा अगाडि ल्याउने लक्ष्य लिइएको छ ।
४८ वटा समुह गठन गरेर कार्यक्रमलाई दिगो बनाउने लक्ष्य लिएको संस्थाले हालसम्म ४५ समुहको गठन गरिसकेको छ । कृषि, पर्यटन, कफी बेकरी, टुर गाइड जस्ता क्षेत्रमा १५० बढिलाई प्रत्यक्ष रोजगारी सँग जोड्ने लक्ष्यका साथ काम भइरहेको उत्तम अर्यालले बताउनु भयो 


कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता, ढोरपाटन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुमिश्वर शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 


कार्यक्रममा प्रमुख अतिथि शर्माले बोल्दै सहभागिले सिकेका सिप ज्ञानलाई व्यवहारमा उतारेर अगाडि बढ्न आग्रह गर्दे कृषि, पर्यटन र होम स्टेमा प्रर्याप्त सम्भावना रहेको बताउनु भयो ।


उत्तम अर्यालको स्वागत तथा विषयबस्तु सहितको मन्तव्य रहेको कार्यक्रममा थ्रि आर इन्जिनियरिङ कन्सल्टेन्सीका अध्यक्ष राम बहादुर पुनको मन्तव्य रहेको कार्यक्रम प्रेम केसीले सञ्चालन गर्नुभएको थियो । 

बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना तिन जना घाईते ।

0

 भाद्र ११ बुर्तिबाङ

जिल्लाको निसीखोला गाउँपालिका २ मा मङ्गलबार दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा मोटर साईकलमा सवार ३ जना यात्रु घाइते भएका छन ।

मङ्गलबार दिउँसो काठमान्डौ देखि रुकुम तर्फ जाँदै गरेको बा ८० प ८११३ नम्बरको मोटर साइकलमा सवार रोल्पा थबाङ गाउँपालिका २ का ३० बर्षिय चालक गणेश रोका र सोही मोटर साइकलमा सवार ३८ बर्षिया मनोज पुन मगर घाईते हुनु भएको हो

त्यस्तै रुकुमबाट बुर्तिबाङ तर्फ आइरहेका लु ५३ प ९४२० का मोटरसाइकल चालक गुल्मि मुसीकोट नगरपालिका ६ का २९ बर्षिया विशाल शर्मा घाइते हुनु भएको हो । दुई दिसाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राज कुमार विकले बताउनु भयो ।

घाईते ३ जनामध्ये बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार पछि गणेश रोका र मनोज पुनलाई डिस्चार्ज गरिएको र विशाल शर्मालाई थप उपचारका निम्ती एम्बुलेन्स मार्फत पाल्पा रिफर गरिएको जनाइएको छ ।  दुई जनाको अवस्था सामान्य रहेका कारण सामान्य उपचार पछि रिफर गरिएको हो । शर्माको हात र खुट्टामा चोट लागेको जनाइएको छ ।

 

बागलुङ समाज अस्ट्रेलिया र एआरएनए द्धारा वडिगाड बाढी पहिरो पीडितलाई आर्थिक सहयोग ।

0

भदौ १० गते बुर्तिबाङ

गत साउन २२ गतेको बाढीपहिरोबाट परिवारका सदस्य गुमाएका, घाइते र बसोबास बिहिन बडिगाड गाउँपालिका ९ र १० का पीडित परिवारलाई बागलुङ समाज अस्ट्रेलिया र एनआरएनएको संयुक्त पहलमा आर्थिक सहयोग गरिएको छ ।

सोमबार गण्डकी प्रदेश सभा सदस्य माननीय जित बहादुर शेरचन सहितको टोलीले पीडित परिवारका नाममा पठाइएको नगद रकम हस्तान्तरण गरिएको हो ।

बागलुङ समाज अस्ट्रेलियाका विकास सापकोटाको पहलमा सङ्कलन गरिएको तिन लाख ३० हजार राहत रकम बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० का २२ जनाको परिवारलाई हस्तान्तरण गरिएको हो ।

बाढी पहिरोबाट वडा नम्बर ९ मा २ जना र १० मा एक जना बेपत्ता सहित १० जनाको ज्यान गएको थियो । सांसद शेरचनले बाढी पहिरोबाट ज्यान गुमाएका प्रति व्यक्ति जनही पन्ध्र हजारका दरले राहत रकम उपलब्ध गराउनु भएको हो । त्यस्तै घाइते ५ जना र पूर्ण रुपमा घरमा क्षेती भएका ५ परिवारका निम्ती पन्ध्र पन्ध्र हजार रुपैयाँका दरले गरी कुल ३ लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

राहत रकम हस्तान्तरण गर्दे सांसद शेरचनले भन्नुभयो“ पीडामा परेका नागरिकको राहत र उद्धारमा सबैले हातेमालो गर्नुपर्ने कर्तव्य रहेको बताउँदै बागलुङ समाज अस्ट्रेलिया र एआरएनए द्धारा आफु मार्फत पठाइएको राहत रकम पीडितलाई उपलब्ध गराइएको बताउँदै आफूले विभिन्न चरणमा राहत लिएर आएको बताउनु भयो । ”

यहाँको बाढी पहिरोका कारण विस्थापित परिवारलाई व्यवस्थापन गर्न, बिग्रीएको सडक मर्मत गर्न र आवास निर्माणमा आफूहरूले सक्रिय भूमिका खेल्ने बताउनु भयो ।

आयोजित कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष कृष्ण केसीले दुई वटा वडामा भएको सडक विधुत लगायतका समस्याका विषयमा ज्ञापन पत्र बुझाउँदै प्रदेशबाट हुने काम तदारुकताका साथ अगाडि बढाइदिन अनुरोध गर्नुभएको हो ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष कृष्ण केसी, वडा नम्बर १० का अध्यक्ष विरेन्द्र बूढा, वडा नम्बर ६ का अध्यक्ष वीर बहादुर खत्री, बडिगाड गाउँपालिका ५ का पूर्व अध्यक्ष अर्जुन खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अर्जुन खरेलले सञ्चालन गर्नुभएको हो ।

निसीखोलाका चन्द्र सुनारलाई उपचारमा आर्थिक समस्या ।

0


भदौ ९ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका २ तल्लो बेङग्रीका ६२ बर्षिय चन्द्र बहादुर सुनारलाई उपचारमा आर्थिक समस्या परेको छ ।
शरिका दुबै खुट्टा चल्न नसक्ने भएपछि ओच्छ्यानमा थला परेका सुनारको दुबै खुट्टाको जोर्नी र फिलाको भागमा घाउ भएपछि चन्द्र बहादुर आर्थिक अभाबले उपचार नपाई ओचछ्यानमा छटपटिन बाध्य हुनुभएको हो  ।
गतबर्ष पौष  महिना देखि खुट्टामा समस्या देखिएपछि परिवारले उपचारका निम्ती बुटवल , भैरहवा र काठमान्डौ स्थित नेशनल न्यूरो अस्पत्ताल पु¥याएका थिए तर उपचार गर्दे गर्दा आर्थिक अभाव भएसंगै गत दुई महिना पहिले घरमा ल्याइएको थियो ।


एकाएक आधा शरिरनै चल्न नसक्ने भएपछि शरिरका विभिन्न भागमा घाउ आउने र पाक्ने समस्याले अहिले चन्द्रबहादुर झनै पिडामा पर्नुभएको छ ।
उहाँलाई घरमा ल्याइ राखिएको र हाल उपचार गर्न सक्ने अवस्था नभएपछि आर्थिक संकलन अभियानमा साथ दिन सबैसंग अपिल गरिएको छोरा रामु बहादुर सुनारले बताउनु भयो।

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको परिवारमा बाबा एकएक विरामी परेपछि करिब ७ लाख रुपैयाँ सकियो अहिले थप उपचारका निम्ती आर्थिक नभएपछि  बाबाको उपचारमा समस्या भएको छोरा रामु बहादुरले बताउनु भयो । 


निसीखोला गाउँपालिका वडा नम्बर २ ले समेत आर्थिक सहयोग गरिदिन सबैसंग अपिल गरेको छ । स्थानीय युवराज सिर्पाली लगाएत युवाहरुको सक्रियतामा चन्द्र सुनार बचाऔँ अभियान सञ्चालन गरेर आर्थिक संकलन सुरु गरिएको हो । सहयोग गर्न चाहाने दाताले क्युआर र निम्न मोवाईल नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्ने परिवारले जनाएको छ । ९७४६४३९८४५  रामु बहादुर सुनार

ढोरपाटन नगरपालिकामा स्वास्थ्य संस्थाको वार्षिक समीक्षा घरमै हुने सुत्केरी दरलाई घटाउने लक्ष्य ।

0

 भदौ ९ गते ढोरपाटन

ढोरपाटन नगरपालिकामा स्वास्थ्य संस्थाहरूले आर्थिक बर्ष २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित कार्यक्रम अन्र्तगत नगरपालिका भर रहेका १३ वटा स्वास्थ्य संस्थाको वार्षिक सम्पादित कार्यक्रमको प्रस्तुतीकरण सँगै समीक्षा गरिएको हो 

ढोरपाटन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्दे गर्दा धेरै सूचकहरूमा सक्रियता देखिएपनि अझै पनि स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने महिलाको सँख्या बढि रहेको चुनौतीको रुपमा पाइएको छ ।

१३ वटै स्वास्थ्य शाखा प्रमुखले गरेको वार्षिक सम्पादित कार्यक्रमको प्रस्तुतीकरण अन्तरगत उक्त समस्या चुनौतीको रुपमा रहेको र अवका दिनमा यसलाई महत्वपूर्ण स्थान दिएर अगाडि बढ्नुपर्ने समीक्षा गरिएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आर्चायको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि आर्चायले बोल्दै ढोरपाटन नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण स्थान दिएको बताउँदै अझैपनि सुभार गरेर लैजानुपर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष समेत रहनु भएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएर अगाडि बढिरहेको बताउँदै आफ्ना नागरिकलाई स्वास्थ्य, सचेत र बौद्धिक बनाउन सके मात्र समग्र नगरको विकास हुने बताउँदै पालिकाले गरिरहेको मिहिनेत र लगानी अनुसार क्रमिक रुपमा परिणाम आइरहेको बताउँदै अझै पनि स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर अगाडि बढिने बताउनु भयो ।

मातृ र शिशु मृत्यु दरलाई रोक्नका निम्ती स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने परिपाटीको व्यवस्था गर्न सबै पक्षले साथ दिनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर ६ र ९ ले स्वास्थ्य संस्थामा गई सुत्केरी हुने आमा हरुका लागी विशेष प्रोत्साहन भत्ताको समेत व्यवस्था गरेको पाइएको छ ।

बार्षिक कार्यसम्पादन प्रगती प्रतिवेदन अनुसार खुँगा स्वास्थ्य चौकी प्रथम, बुर्तिबाङ स्वास्थ्य केन्द्र दिर्तियगाडीखोला आधारभुत स्वास्थ्य केन्द्र तिर्तिय भएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक भुमिश्वर सर्माले बताउनु भयो ।

आयोजित कार्यक्रम जनस्वास्थ्य निरीक्षक केशव थापाले सञ्चालन गर्नुभएको थियो ।

 

 

इलाका प्रशासन बुर्तिबाङबाट एकवर्षमा २ हजार ३ सय जनाले लिए राहदानी ।

0


भदौ ७ गते बुर्तिबाङ
इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट आर्थिक बर्ष २०८०÷०८१ मा  दुई हजार ३ सय ७० जना नागरिकले राहदानी ( पासपोर्ट )लिएका छन ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत बर्ष केही प्रतिशत बढि राहदानी लिनेको सँख्या वृद्धि भएको हो ।
९६ जना नाबालक र दुई हजार २ सय १३ जना अन्य व्यक्ति रहेका छन  राहदानी लिनेमा महिलाको तुलनामा पुरुषको सँख्या दोब्बर बढि रहेको हो ।
महिला ६ सय ३१ जनाले राहदानी लिँदा १ हजार ४ सय ८६ पुरुषले राहदानी लिएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरले बताउनु भयो ।
गत बर्ष ३ हजार २ सय ९७ जनाले वंशजका आधारमा नागरिकता लिएका छन । नागरिकता प्रतिलिपि लिनेको सँख्या समेत दुई हजार २ सय ३७ रहेको छ । 

आँबुखैरेनी दुर्घटना १४ जनाको मृत्यु : चालकसहित ४३ जनामध्ये ४ अझै बेपत्ता

0

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ ।

दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए । उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो ।