बुर्तिबाङमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै ।

 भाद्र १२ गते बुर्तिबाङ

बुर्तिबाङमा डेँगु र स्क्रब टाइफसका बिरामी बद्न थालेका छन ।  भाद्र महिनाको सुरुवात देखिनै दैनिक रुपमा ज्वरोको बिरामी आउन थालेपछी संकास्पदको रगत परिक्षण गर्दा पछिल्लो समय ९ जना डेँगु र ५ जना स्क्रब  टाइफसका बिरामी देखिएको बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा नविन्द्र ढकालले बताउनु भयो ।

९५ जनाको रगत परिक्षण गर्दा ९ जनामा डेँगु पोजेटिभ देखिएको छ । त्यस्तै ५५ जनाको परीक्षणमा ५ जनामा स्क्रब  टाइफस पुष्टि भएको जनाइएको हो ।

सङ्क्रमित बिरामी मध्ये १ जना डेँगु र १ जना स्क्रब टाइफसका बिरामीलाई थप उपचारका लागी पोखरा रिफर गरिएको जनाइको छ । सङ्क्रमित बिरामी मध्ये अधिकांश ढोरपाटन नगरपालिकामा बसोबास गर्ने रहेका छन ।

ढोरपाटन नगरपालिका, स्वास्थ्य शाखा, वडा नम्बर १ लगायतको सक्रियतामा लामखुट्टे नियन्त्रण अभियान समेत सुरु गरिएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले बताउनु भयो ।

स्वास्थ्य केन्द्रमा आउने मध्ये पछिल्लो हप्ता भाइरस ज्वरोका बिरामीको सँखयामा वृद्धि भएको पाइएको छ ।  गतबर्ष करिब ५ सय डेँगु र स्क्रब  टाइफसका बिरामीको सँख्या हुँदै गर्दा अवस्था विकराल बनेको थियो ।

डेङ्गी भएको कसरी थाहा पाउने

डेङ्गी हुँदा एक्कासि चर्को ज्वरो आउँछ। ज्वरो भाइरसको कारण आउँछ।

जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्‍ने हुन्छ।

कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ। यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत हुन्छ डा. नविन्द्र ढकाल भन्नुहुन्छ  डेँगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा-बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा-बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने ।
डेँगु रोकथामका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको चाहिँ लामखुट्टेको लार्भा नष्ट गर्नु नै हो ।

 यो अरू ज्वरो जस्तै भएकाले छुट्टयाउँन गाह्रो हुन्छ। त्यसैले चाँडै नजिकैको अस्पतालमा जचाउन जानुपर्छ।

स्क्रब टाइफस

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निश्कन सक्दछ ।

धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

लक्षण :

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने,  पसिना धेरै आउने,  आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय 

खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img