Home Blog Page 75

बृहस्पति युवा क्लबको तिज मेलाको तयारी पुरा माननीय दोर्ण कुवँरले उद्‌घाटन गर्ने ।

0


बागलुङको निसीखोला गाउँपालिका ४ कानावगरमा स्थापित बृहस्पति युवा क्लबले आयोजना गरेको तिज विशेष मेलालाई शुक्रबार गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले उद्‌घाटन गर्नुहुने भएको छ ।


क्लबले प्रत्येक बर्ष हरितालिका तिजको अवसरमा क्लबले तिज गित नृत्य सँगै विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दे आइरहेको छ ।
यसवर्ष पनी विभिन्न कार्यक्रमको आयोजना गरिएको र भाद्र २५ गतेसम्म मेला सञ्चालन हुने क्लबका अध्यक्ष मन प्रसाद आर्चायले बताउनु भयो ।
भोली हुने कार्यक्रमको माननीय दोर्ण कुमार कुवँर प्रमुख अतिथी रहने र गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी , निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहाुदर घर्ति, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, युवा नेता टेकराज पौडेल लगायत जनप्रतिनिधिको आतिथ्यमा उद्‌घाटन सत्रको कार्यक्रम तय गरिएको जनाइएको हो ।
क्लबले पुरुष भलिवल, तिज गित, नृत्य, रस्साकस्सी, ठेलो, ज्येष्ठ नागरिक सम्मान,गरिव तथा जेहेन्दार विद्यार्थी सहायता लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरिएको क्लब सचिव भुवन क्षेत्रीले बताउनु भयो । खेलकुद कार्यक्रमको नाम दर्ता सुरु भइसकेको जनाइएको छ । 

आर्थिक अभावमा रोकिएको दाहसंस्कार सिटिजन लाईफ ले गर्यो उद्धार ।

0

भाद्र २० गते बुर्तिबाङ

आर्थिक अभावमा शवको दाहसंस्कार गर्नबाट रोकिएको परिवारलाई सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बुर्तिबाङले उद्धार गरेको छ ।

बागलुङको वडिगाड गाउँपालिका १० दार्लिङ निगलपानीका भानसिंह विकको ११ बर्षिय छोरी गंगा विकको गत मँगलबार आत्महत्या गरी निधन भएपछि प्रहरी स्थानीयको सक्रियतामा बुर्तिबाङ स्वास्थ्य केन्द्रमा बुधबार पोष्टमार्टमका निम्ती ल्याइएकोमा बिहीबार बिहान पोष्ट मार्टम भएको थियो ।

पोष्ट मार्टम पश्चात शवको दाहसंस्कार गर्न परिवार सँग आर्थिक समस्या भएपछि दुई बजेसम्म अन्यौलमा बसेको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङका शाखा प्रबन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर अमर बहादुर क्षेत्री, शिवलाल पाण्डे लगायतको सक्रियतामा शवको दाहसंस्कार गरिएको छ ।

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष समेत रहेका पाण्डे सहित , लायन्स कृष्ण भण्डारी, सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर ढोरपाटन नगरपालिका २ सेराका स्थानीयको सक्रियतामा दाहसंस्कारमा सहयोग गरिएको थियो ।

बुर्तिबाङ देखि सवारीका साधनमा घर पुग्न ४ घण्टा लाग्ने र सवारीमा यात्रा गर्न आर्थिक अभाव तथा पैदल शव लिएर जाँदा दिनभर लाग्ने अवस्था रहेको र बुर्तिबाङ आसपासमा दाहसंस्कार गर्नका निम्ती दाउरा खरिद गर्न सक्ने अवस्था समेत नभएपछि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ र लायन्स क्लब अफ ढोरपाटनको टिमले दाउरा व्यवस्थापन सहित खाजाको समेत व्यवस्थापन गरेर पीडितको उद्धार गरेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखा प्रमुख छविलाल पाण्डेले बताउनु भयो ।

दुर्गम गाउँमा ज्याला मजदुरी गर्दे आएको परिवारमा दुखद घटना घटेसँगै पीडित परिवारले शवको दाहासंस्कारमा समस्या भएको भन्दै सहयोग गरिदिन अपिल गरेका थिए ।

 मंगलबार बिहान घरबाट पानी लिन घर नजिकैको धारामा जान्छु भनी हिँडेकी गँगा घर नफर्किएपछि परिवार र स्थानीयले खोज तलास गर्दा घरदेखि करिब १ किलोमिटर टाढा झुण्डीएको अवस्थामा शव फेला पारेका थिय ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङ को टोलीले घटना स्थलमा पुगेर घटनाको विषयमा बुझ्नुका साथै पोष्ट मार्टमका निम्ती बुर्तिबाङ  ल्याएको थियो । 

निसीखोला गाउँपालिकाले अनुगमनको क्रममा जफत गरेको अखाद्य बस्तु गर्‍यो नष्ट ।

0

भाद्र १९ गते बुर्तिबाङ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाको विभिन्न स्थानमा गरिएको पसल अनुगमनको क्रममा फेला पारेका म्याद सकिएको खाद्य पदार्थ बिहीबार नस्ट गरेको छ ।

गत भाद्र १२ गतेदेखि १९ गतेसम्म ७ वटै वडाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा भेटिएको जंकफुट, दाल, चामल, आटा, मैदा, चाउचाउ, बिस्कुट, चिसो प्य पदार्थ लगायतका सामाग्रीको म्याद गुज्रिएको भेटिएपछि पालिकाले जनप्रतिनिधि, कर्मचारी, पत्रकार, प्रशासन, प्रहरी लगायतको रोबरमा नष्ट गरेको हो ।

अनुगमनका क्रममा म्याद गुज्रिएको सामान फेला परेको र आफूहरूले सबैको रोबरमा नष्ट गरिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताउनु भयो ।

ठूला व्यापारीले साना व्यापारी कहाँ म्याद गुज्रिन लागेका बस्तु लगेर बिक्री गर्ने परिपाटी बढि रहेछ त्यसलाई रोक्नका निम्ती व्यापारीहरूलाई सचेत बनाइएको र आगामी दिनमा व्यापारी समेत सचेत हुनुपर्ने र ग्राहकले समेत खाद्य वस्तुको मिति हेरेर मात्र खरिद गर्न सचेतना गराइएको अध्यक्ष घर्तिको भनाई छ ।

७ दिन सम्म गरिएको अनुगमनबाट करिब एक लाख मूल्य बराबरको अखाद्य बस्तु जफत गरिएको छ । अनुगमनका क्रममा सरसफाइ गर्न, आफ्नो व्यवसायको स्थानीय तहमा दर्ता गर्न, दर्ता बमोजिमको सामान बिक्री गर्न र घर भाडामा भएको भए सम्झौता गर्न आग्रह गर्दे दर्ता नगरी सञ्चालनमा आएका व्यवसायको भाद्र मसान्त सम्म दर्ता प्रकृयामा जान आग्रह गरिएको गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बताउनु भयो ।

बिहीबार जफत गरिएको सामान नष्ट गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्ति, उपाध्यक्ष प्रेम बहादुर घर्ति, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर , प्रशासकीय अधिकृत दिलिप कुमार चन्द, राजश्व परामर्श समिति सदस्य चन्द्रसिंह रामजाली, वडा अध्यक्ष कविर बिक, कार्यपालिका सदस्य, कर्मचारी, इलाका प्रशासन कार्यालय बुर्तिबाङका पवन थापा खाम्चा, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

पालिकाले ग्रामीण क्षेत्रमा अनुगमन गर्न बाँकी रहेका पसलको समेत निरन्तर अनुगमन गर्ने जनाईएको छ ।

राष्ट्रिय जनमोर्चाको विशेष सङ्गठनात्मक अभियान ढोरपाटन ६ मा सम्पन्न ।

0

 

भदौ १७ बुर्तिबाङ

राष्ट्रिय जनमोर्चाको विशेष सङ्गठनात्मक अभियान बागलुङको ढोरपाटन पालिका ६ मा सोमबार सम्पन्न भएको छ ।

गत भाद्र १२ गतेदेखि सुरु भएको अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्मको कार्यक्रम सम्पन्न भइसकेको राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा ढोरपाटन नगर अध्यक्ष दीपक थापाले बताउनु भयो ।

पार्टीको केन्द्रिय र जिल्ला तहको निर्णय बमोजिम बागलुङका सबै पालिका र वडा तहमा विशेष सङ्गठनात्मक अभियान र स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम भइरहेको हो । आगामी २५ गतेसम्म चल्ने अभियानमा वडा स्तरका कार्यक्रम भइरहेको जनाइएको छ । निसीखोला गाउँपालिकाको पालिका र ७ वटै वडामा कार्यक्रम सकिएको छ ।

तमानखोला गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाईको जनाइको हो । सोमबार ढोरपाटन नगरपालिका ६ मा आयोजित कार्यक्रममा पार्टीका वडा अध्यक्ष सब बहादुर छन्त्यालको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी पोख्रेलले बोल्दै राष्ट्रिय जनमोर्चाले लिएको विशेष सङ्गठनात्मक अभियान वडा प्रशिक्षण सँगै देशमा मौलाएको बेतिथी, भ्रष्टाचार, सँगै गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ सङ्घीयताको खारेज गरौँ भन्ने मुल मन्त्रका साथ कार्यक्रम अगाडि बढिरहेको बताउनु भयो ।

देशमा ठुला दलहरूबाटै राष्ट्रियताको सवाल, संविधानको रक्षामाथि निरन्तर प्रश्न उठ्दै गइरहेको र अनियमितता, द्धन्द, शोषण दमन बदेकै कारण त्यसको खबरदारी गर्नका निम्ती राजमोले विशेष कार्यक्रम अगाडि बढाएको बताउनु भयो ।

कार्यक्रममा राजमो जिल्ला कोषाध्यक्ष दीपक थापा, सदस्य निम कुमारी भण्डारी, दुर्गा बहादुर भण्डारी, ज्ञान बहादुर भण्डारी लगायतको आतिथ्यता एवम् मन्तव्य रहेको थियो ।

कार्यक्रम खुम बहादुर अदैको स्वागत रुप प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको जनाइएको छ ।

ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चिरन्जिवी घिमिरे।

0

भाद्र १७ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चिरन्जिवी घिमिरेको आगमन भएसँगै सोमबार स्वागत गरिएको छ 

गत साउन पहिलो सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको नगर पालिकामा स्वास्थ्य मन्त्रालय काठमान्डौ देखि सुरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले स्वागत गर्दे सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

गत बर्ष फागुन सम्म बागलुङको ताराखोला गाउँपालिकामा ७ महिना सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका घिमिरे स्वास्थ्य मन्त्रालय काठमाण्डौमा सरुवा हुनुभएको थियो ।

पछिल्लो समय आफ्नो उपसचिव तहमा बढुवा भएसँगै प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने गरी ढोरपाटन नगरपालिकामा आएको बताउनु भयो ।

ढोरपाटन नगरपालिका स्थित जनप्रतिनिधि, कर्मचारी लगायतको उपश्थितीमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेको स्वागत गरिएको हो ।

ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चिरन्जिवी घिमिरे।

0

भाद्र १७ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चिरन्जिवी घिमिरेको आगमन भएसँगै सोमबार स्वागत गरिएको छ 

गत साउन पहिलो सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको नगर पालिकामा स्वास्थ्य मन्त्रालय काठमान्डौ देखि सुरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले स्वागत गर्दे सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

गत बर्ष फागुन सम्म बागलुङको ताराखोला गाउँपालिकामा ७ महिना सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका घिमिरे स्वास्थ्य मन्त्रालय काठमाण्डौमा सरुवा हुनुभएको थियो ।

पछिल्लो समय आफ्नो उपसचिव तहमा बढुवा भएसँगै प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने गरी ढोरपाटन नगरपालिकामा आएको बताउनु भयो ।

ढोरपाटन नगरपालिका स्थित जनप्रतिनिधि, कर्मचारी लगायतको उपश्थितीमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेको स्वागत गरिएको हो ।

बुर्तिबाङ प्रहरीले गर्यो जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सँग अन्तरकृया ।

0


भाद्र १४
इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सँग शुक्रबार अन्तरकृया गरेको छ । १० नमुना शहर मध्येको बुर्तिबाङ शहर अव्यवस्थित हुँदै गएको विषयलाई प्राथमिकता दिँदै प्रहरीले अन्तरकृया कार्यक्रम गरेको हो ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको विशेष उपश्थितीमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राज कुमार बिकले बजारमा देखिएको अव्यवस्थित सवारी पार्किङ, बजारमा सडक पेटी भन्दा बाहिर सामान्य राख्ने गरिएको समस्या, साँघुरा सडकमा वान वय सवारी सञ्चालन गर्ने सक्ने अवस्था र विभिन्न स्थानमा राखिएको ब्रेकरको अवस्था र त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल र अन्तरकृया गरिएको हो ।

कार्यक्रममा सहभागिले प्रहरीले उठाएको महत्वपूर्ण प्रस्ताव माथि छलफल गर्दे चाँडै त्यसलाई कार्यान्वयनको पक्षमा जाने विषयमा छलफल भएको हो । छलफलका क्रममा उठेका विषयमा कार्यवाहक मेयरको नेतृत्वमा अनुगमन गर्ने र समस्याको समाधानका निम्ती पहल अगाडि बढाइने निर्णय भएको प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।

देशलाई बचाउन सचेत नागरिक सङ्गठित बन्नुपर्छ राजमो नेता पाण्डे ।

0

 बुर्तिबाङ भाद्र १४

राष्ट्रिय जनमोर्चाले शुक्रबार विभिन्न माग सहित निसीखोला गाउँपालिकामा ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

पार्टीको केन्द्रिय कार्यक्रम अन्र्तगत बागलुङ जिल्लाका सबै पालिकामा ज्ञापन पत्र बुझाउने र वडा तहमा पार्टीको सङ्गठनात्मक कार्यक्रम सुरु गरेको पार्टीले शुक्रबार निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिलाई २५ बुँदे माग सहितको ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।

राजमो केन्द्रिय सदस्य गौरिश्वर पाण्डको विशेष उपस्थिति रहेको आयोजित कार्यक्रममा पाण्डेले बोल्दै देशमा देखिएको भ्रष्टाचार, अनियमितता , सङ्घीयताको अवस्था लगाएतका विषयमा धारणा राख्दै वर्तमान अवस्थामा ठूला दलकै कारण देश गम्भिर मोडमा फसिसकेको बताउनु भयो । सङ्घीयताको कार्यान्वयनका कारण डुब्दै गएको देशमा भ्रष्टाचार, अनियमितता र अस्थिर राजनैतिक अवस्थाका कारण देश झनझनै सङ्कटमा पर्दै गएको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाले देशमा देखिएको अराजकता र व्यापक कुरीतिलाई रोक्नका निम्ती देशव्यापी रुपमा विरोधका कार्यक्रम गर्दे आइरहेको बताउँदै देशलाई बचाउने अभियानमा सचेत नागरिक सङ्गठित बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीको तर्फदेखि राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष खिम विक्रम शाहीले २५ बुँदै ज्ञापनपत्र वाचन गर्दे स्थानीय तहबाट सुधार गरेर लैजानु पर्ने विषयलाई स्थानीय तहले गम्भीरताका साथ लिनुपर्ने र प्रदेश र संघबाट हुने विषयलाई माथिल्लो तहसम्म पुग्ने गरी पहल गर्ने आग्रह गर्दे जनताको समस्या र देशको अवस्थालाई ख्याल गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

राष्ट्रिय जनमोर्चाले दिएको ज्ञापन पत्र बुझ्दै निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै स्थानीय सरकारले जनता सँग जोडिएर समृद्धि र विकास संग अगाडि बढिरहेको बताउँदै कतिपय विषयमा कानुन, राज्यको निती जस्ता विषयले समेत जनअपेक्षा बमोजिम अगाडि बद्न कठिन हुने बताउँदै राष्ट्रिय जनमोर्चाले उठान गरेका महत्वपूर्ण विषयलाई गम्भीरताका साथ लिएर अगाडि बढिने बताउनु भयो ।

कार्यक्रममा निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ,जनप्रतिनिधि विषयगत शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै राष्ट्रिय जनमोर्चाको तर्फदेखि जिल्ला तहदेखि स्थानीय तहका नेता कार्यक्रताको सहभागिता रहेको थियो कार्यक्रम राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिका अध्यक्ष थम्मन घर्तिले सञ्चालन गर्नुभएको थियो ।

  स्वर्गीय मनकुमारी बुढाथोकीको १३ दिनको पुण्य तिथिमा शोक सभा ।

0


भदौ १३ बुर्तिबाङ
नेपाली काङ्ग्रेस बागलुङ जिल्ला सदस्य तथा तमानखोला गाउँपालिका निवर्तमान गाउँसभा सदस्य मन कुमारी बुढाथोकीको १३ औँ दिनको पुण्य तिथिका अवसरमा तमानखोला गाउँपालिका ३ तमानमा शोक सभा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति जोकलाल बूढा लगायत नेता कार्यक्रता र स्थानीयको उपश्थितीमा शोक सभा गरिएको हो ।

रणनिति सँगै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेकी बुढाथोकीको गत भाद्र १ गते ४३ बर्षको अल्पआयुमै उमेरमा निधन भएको थियो ।


शोक सभा कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले बोल्दै मनकुमारी बुढाथोकीको निधनले सिंगो पार्टी, समाजलाई क्षति पुगेको बताउँदै उहाँले गरेको सत्कर्मलाई सबैले अनुसरण गर्दे जानुपर्ने बताउनु भयो ।

एक असल, समाजसेवी व्यक्तिको निधनले सिङ्गो तमानखोला गाउँपालिकालाई समेत क्षेति पुगेको बताउँदै उहाँले देखेका समाज रूपान्तरण मुखी सपना पुरा गर्नमा आफूले समेत साथ दिने बताउँदै परिवार जनमा श्रद्धाञ्जली अर्पण गर्दे स्वर्गीय मन कुमारी बुढाथोकीको स्वर्गीय आत्माको चिर सान्तीको कामना गर्नुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, स्थानीय समुदाय, आफन्ती जन ,राजनैतिक दलका नेता कार्यक्रताको उपस्थिति रहेको थियो ।

स्वर्गिय बुढाथोकीको १३ औँ दिनको पुण्य तिथीमा तमानखोला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको थियो । 

राष्ट्रिय जनमोर्चाले बुुझायो ढोरपाटन नगरपालिकामा ज्ञापन पत्र ।

0

भदौ १३ बुर्तिबाङ
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने उदघोष सहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियानको दोस्रो दिन राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलको नेतृत्व रहेको ढोरपाटन नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतलाई राष्ट्रिय र स्थानीय गौरवका विषयहरुको उठ्ठान गर्दै बुँद ज्ञापन पत्र बुझाएको छ ।


ज्ञापन पत्रमा राष्ट्रिय तथा स्थानीय स्तर सम्म महंगी तथा भ्रष्टचार निर्मुल पार्नु पर्ने, विकास निर्माणको कार्यमा ढिलासुस्ती, योजना छनौटमा तिनै तहमा दलगत स्वार्थ, सहकारीको नियमन, यातायात भाडा दर, सालभुन्डी ढोरपाटन मोटर बाटो अगाडी बढाउने, उत्तरगंगा हाईड्रो पावर बागलुङमा बनाउनु पर्ने लगायतका विषयहरु लेखिएको छ ।
दोस्रो दिन बिहीबारको कार्यक्रम ढोरपाटन वडा नं ।२ टारीखेतमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, राजमो जिल्ला सदस्य धन बहादुर अदै, राजमो जिल्ला कोषाध्यक्ष दिपक थापा लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए ।
कार्यक्रम राजमो ढोरपाटन वडा नं । २ वडा अध्यक्ष तम बहादुर घर्तीको अध्यक्षता, ढोरपाटन वडा नंम्बर २ राजमो वडा सदस्य भेक बहादुर खत्रीको स्वागत र राजमो ढोरपाटन वडा नमबर २ वडा सचिव लाल बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो । शुक्रबार निसीखोला गाउँपालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।