ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चिरन्जिवी घिमिरे।

भाद्र १७ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चिरन्जिवी घिमिरेको आगमन भएसँगै सोमबार स्वागत गरिएको छ 

गत साउन पहिलो सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको नगर पालिकामा स्वास्थ्य मन्त्रालय काठमान्डौ देखि सुरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले स्वागत गर्दे सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

गत बर्ष फागुन सम्म बागलुङको ताराखोला गाउँपालिकामा ७ महिना सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका घिमिरे स्वास्थ्य मन्त्रालय काठमाण्डौमा सरुवा हुनुभएको थियो ।

पछिल्लो समय आफ्नो उपसचिव तहमा बढुवा भएसँगै प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने गरी ढोरपाटन नगरपालिकामा आएको बताउनु भयो ।

ढोरपाटन नगरपालिका स्थित जनप्रतिनिधि, कर्मचारी लगायतको उपश्थितीमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेको स्वागत गरिएको हो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img