राजमो बागलुङको वडा स्तरीय बिशेष संगठनात्मक अभियान सुरु

भाद्र १२ गते बुर्तिबाङ

राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला समितिको आठौं बैठकको निर्णय अनुसार आज भदौ १२ गते बुधबार देखि बागलुङ जिल्लाका १० पालिकाका ८५ वटै वडाहरुमा ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौ, संघियता खारेज गरौ’ भन्ने नाराको साथमा वडा स्तरीय बिशेष संगठनात्मक अभियान सुरु भएको छ ।

भदौ १२ गते देखि सुरु भएको कार्यक्रम भदौ २५ गते समापन हुने राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरश्विर पाण्डेले बताउनु भयो ।
‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौ, संघियता खारेज गरौ’ भन्ने नाराको साथ १० वटै पालिकाका प्रमुखहरुलाई राष्ट्रिय र स्थानीय समस्याको बिषयमा ध्यान आर्कषण गराउदैं भदौ २५ गते भित्र ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ भने बागलुङ प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीसम्म भदौ मसान्त सम्म ज्ञापन पत्र बुझाईने पनि उनले जानकारी दिएका छन् । राष्ट्रिय जनमोर्चा बागलुङले बिशेष गरि जिल्लाका प्रत्येक वडामा आफ्ना कार्यकर्ताहरुलाई संगठनात्मक प्रशिक्षण पनि गर्नेछ ।

भदौ १२ गते जिल्लाका ७ वटा वडामा कार्यक्रमको उद्घाटन गरिएको छ । बरेङ गाउँपालिकाको वडा नं। १ धुल्लुबाँस्कोटमा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर , जैमिनि नगरपालिकाका वडा नं १ कुश्मि सेरामा राजमो पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, बागलुङ नगरपालिकाको वडा नं। १२ अमलाचौर राजमो जिल्ला अध्यक्ष तिलक थापा, गल्कोट नगरपालिका वडा नं १ दुदिलाभाटीमा राजमो केन्द्रिय सदस्य राजेन्द्र ढुङगाना, बडिगाड गाउँपालिका वडा नं  २ खर्बाङमा अखिल नेपाल युवक संघ केन्द्रिय महासचिव भिमसेन वन, ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङमा राजमो जिल्ला सचिव भिमलाल पोख्रेल र निसीखोला गाउँपालिका वडा नंम्बर ७ राजकोटमा राजमो केन्द्रिय सदस्य गौरिश्वर पाण्डेले उद्घाटन गर्नुभएको छ । आयोजित कार्यक्रम दान बहादुर विकको अध्यक्षता भिम बहादुर कुवँरको सञ्चालनमा कार्यक्रम भएको हो ।

कार्यक्रमको ७ वटा समुहमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय पदाधिकारी, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी र पालिका पदाधिकारी रहने पनि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष थापाले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित