भदौ ९ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका २ तल्लो बेङग्रीका ६२ बर्षिय चन्द्र बहादुर सुनारलाई उपचारमा आर्थिक समस्या परेको छ ।
शरिका दुबै खुट्टा चल्न नसक्ने भएपछि ओच्छ्यानमा थला परेका सुनारको दुबै खुट्टाको जोर्नी र फिलाको भागमा घाउ भएपछि चन्द्र बहादुर आर्थिक अभाबले उपचार नपाई ओचछ्यानमा छटपटिन बाध्य हुनुभएको हो ।
गतबर्ष पौष महिना देखि खुट्टामा समस्या देखिएपछि परिवारले उपचारका निम्ती बुटवल , भैरहवा र काठमान्डौ स्थित नेशनल न्यूरो अस्पत्ताल पु¥याएका थिए तर उपचार गर्दे गर्दा आर्थिक अभाव भएसंगै गत दुई महिना पहिले घरमा ल्याइएको थियो ।

एकाएक आधा शरिरनै चल्न नसक्ने भएपछि शरिरका विभिन्न भागमा घाउ आउने र पाक्ने समस्याले अहिले चन्द्रबहादुर झनै पिडामा पर्नुभएको छ ।
उहाँलाई घरमा ल्याइ राखिएको र हाल उपचार गर्न सक्ने अवस्था नभएपछि आर्थिक संकलन अभियानमा साथ दिन सबैसंग अपिल गरिएको छोरा रामु बहादुर सुनारले बताउनु भयो।

दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको परिवारमा बाबा एकएक विरामी परेपछि करिब ७ लाख रुपैयाँ सकियो अहिले थप उपचारका निम्ती आर्थिक नभएपछि बाबाको उपचारमा समस्या भएको छोरा रामु बहादुरले बताउनु भयो ।

निसीखोला गाउँपालिका वडा नम्बर २ ले समेत आर्थिक सहयोग गरिदिन सबैसंग अपिल गरेको छ । स्थानीय युवराज सिर्पाली लगाएत युवाहरुको सक्रियतामा चन्द्र सुनार बचाऔँ अभियान सञ्चालन गरेर आर्थिक संकलन सुरु गरिएको हो । सहयोग गर्न चाहाने दाताले क्युआर र निम्न मोवाईल नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्ने परिवारले जनाएको छ । ९७४६४३९८४५ रामु बहादुर सुनार










