ढोरपाटन नगरपालिकाले वडिगाडका बाढी पीडित परिवारलाई प्रभावित क्षेत्रमा पुगेर उपलब्ध गरायो राहत ।

साउन २८ गते

बागलुङको ढोरपाटन नगरपालिकाले वडिगाड बाढी पीडितलाई सोमबार राहत हस्तान्तरण गरेको छ । गत साउन २२ गते आएको बाढी पहिरोका कारण घर बगाउँदा ज्यान गुमाएका र घाइतेका २२ घर परिवारलाई नगरपालिकाले खाध्यान्ह लगाएतका सामाग्रि दुर्घटना क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराएको हो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको बिशेष उपश्थितीमा वडा नम्बर १० का २२ परिवारका निम्ती पालिकाले एक एक पोका चामल, तेल, दाल, नुन, साबुन, कोगगेट, ब्रस, आटा ,चाउचाउ लगाएत भान्सामा प्रयोग हुने खाध्यान्ह सामाग्री उपलब्ध गराएको हो ।

दैवी प्रकोपबाट पीडामा रहेका परिवारलाई पीडामा थोरै भएपनि मल्हम लगाउन ढोरपाटन नगरपालिकाले उक्त सामाग्री लिएर घटना स्थलमा आएको बताउँदै यस्तो विपत्तिमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका १ अध्यक्ष वान बहादुर छन्त्याल, २ का अध्यक्ष भेक बहादुर खत्री, कार्यपालिका सदस्य दिलिप थापा, उद्योग वाणिज्य संघ ढोरपाटनका सदस्य धनराम पुरी लगायतको उपश्थितीमा पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै दैवी प्रकोप बाट समस्यामा परेको परिवारलाई राहत उपलब्ध गराएर ढोरपाटन नगरपालिकाले सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दे पीडितको राहत र उद्धारका निम्ती गाउँपालिकाले सक्रिय भूमिका खेलिरहेको बताउँदै विभिन्न निकायबाट आएको राहत एकद्वार प्रणालीबाट उपलब्ध गराइएको बताउनु भयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img