ढोरपाटनमा जनै पूर्णिमा मेलाको तयारी पूरा ।

धर्मिक तथा पर्यटकीय स्थल ढोरपाटनमा आगामी जनै पूर्णिमाको अवसर पारेर सञ्चालन गर्न लागिएको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।

जनैपूर्णिमाको अवसरमा ढोरबराह मन्दिरमा सयौँ भेडाको बलि चढाउनुका साथै हजारौँ श्रद्धालु भक्तजनले पुजा आजा गर्ने प्रचलन रहेको छ । ढोरबराह मन्दिरको दर्शन तथा पुजा गरेमा मनाकाँक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । पूर्णिमाको अवसरमा स्थानीय ढोरपाटन डाईमण्ड स्पोर्ट क्लब र मइन्थोकी पुन मगर समाज ढोरपाटनको संयूक्त आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

मेलाको आवस्यक सबै तयारी पुरा भइसकेको र शुक्रबार देखि विभिन्न कार्यक्रम सञ्चालन गरिने मेला अध्यक्ष अरुण कुमार घर्ती मगरले बताउनु भयो । मेलाका अवसरमा वडा स्तरीय पुरुष भलीवल, खुल्ला महिला भलिवल, खुल्ला फुटवल, एकल नृत्य, रस्सा कस्सा, पुरुष महिला छेलो, दोहोरी, म्याराथुन र घोडा डौड जस्ता कार्यक्रम संगै साँगितीक प्रस्तुतीको आयोजना गरिएको हो ।

भोली बिहान सम्म नाम दर्ताको समय राखिएको र दिउँसो देखि भलीवल प्रतियोगिता सुरु गरिने पदम पुनले बताउनु भयो । जनैपूर्णिमाको अवसरमा ढोरपाटन पुग्ने पर्यटक, दर्शकलाई सहजता प्रदान गर्न आयोजकले पूजाआजामा व्यवस्थित लाइन बनाउने, कसैलाई पनी भेडा खरिद गर्दा र होटलमा बस्दा ठगिन नपरोस् भन्ने उद्देश्य सहित व्यवस्थापकीय पक्षलाई कडाई गरिएको आयोजकले जनाएको हो ।

ढोरपाटन पुग्ने सडक निकै कष्टपूर्ण भएपछि ढोरपाटन नगरपालिकाले विभिन्न स्थानमा सडक मर्मत गरेर यात्रुलाई सहज बनाउने गरी काम गरेको छ । जनैपूर्णिमा पर्वको अवसरमा देशका अधिकांश क्षेत्रबाट श्रद्धालु भक्तजनको उपस्थिति रहने गरेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img