जिल्लाको निसीखोला ४ मा रहेको निसीखोला दोश्रो लघु जलविद्युत आयोजना तथा सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष धुर्व राज रेग्मीको अध्यक्षतामा आयोजित साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सँगै जलविद्युत सँगै सहकारी मोडेलमा सञ्चालन गर्नका निम्ती विधान संसोधन तथा केन्द्रिय विधुत र निसीखोला दोश्रो लघुजलविद्युत आयोजना बिच सम्मोन्य गरेर मिटर मर्चिङको विषयमा समेत छलफल संगै सभाबाट विभिन्न निर्णय पारित गरिएको हो ।
संस्थाले हाल सञ्चालनमा रहेको लघुजलविधुत आयोजनालाई थप व्यवस्थित गर्ने र केन्द्रिय विधुत आयोजना सँग सम्मोन्य गर्दे अगाडि बढ्ने र खेर गइरहेको विद्युतलाई आम्दानी सँग जोड्ने त्यस्तै जलविद्युत संगै सेयर सदस्यलाई सहकारी सँग जोडेर अगाडी बढ्ने विषयमा समेत सभामा छलफल गरिएको हो ।
संस्थाका अध्यक्ष धुर्व राज रेग्मी अध्यक्ष रहेको ७ सदस्य विधान संसोधन समितिले तयार पारेको विधान माथी छलफल गर्दे सहकारी मार्फत अगाडि बढ्ने विषयमा सदस्यका बिचमा छलफल एवम् अन्तरकृया गरिएको हो । संरक्षक सदस्य उमानन्द रेग्मीले प्रस्तुत गर्नुभएको प्रस्ताव र विधान संशोधनका विषयमा छलफल गर्दे पारित गरिएको हो ।
२०६८ सालदेखि सञ्चालनमा आएको उक्त जलविद्युत आयोजनाबाट निसीखोला गाउँपालिका वडा नम्बर ३,४ र ५ का एक हजार ३ सय नागरिकले विधुत उपभोग गर्दे आइरहेका छन । लामो समय सम्म अव्यवस्थित रहेको उक्त आयोजनाको गत बर्ष असोज महिनामा गठित समितिले संस्थालाई थप चलायमान बनाउँदै नाफामुखि अवस्थामा पुर्याएको कोषाध्यक्ष चेतराम पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
जसअन्तर्गत आर्थिक बर्ष २०८०÷०८१ म कुल २७ लाख १४ हजार ५० रुपैयाँ आम्दानी गरेको संस्थाले २२ लाख ३२ हजार ८ सय ६६ रुपैयाँ खर्च भई ४ लाख ८१ हजार १ सय ८४ रुपैयाँ नाफा कमाउन सफल भएको हो । संस्थाको मौज्दातमा हालसम्म कुल ३३ लाख ९१ हजार ५ सय ४८ रुपैयाँ रहेको जनाइएको छ ।
सभाबाट सेयर वृद्धि, सहकारी विधान अनुसार संस्थाको सञ्चालन गर्ने, सम्पत्तिको मूल्याङ्कन लगायतको विषयमा छलफल गरिएको हो ।
आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले कार्यक्रमको सम्बोधन गर्दे निसीखोला गाउँपालिकामा धेरै लघुजलविद्युत आर्थिक रुपमा अपार दर्सि र अव्यवस्थित हुँदै गर्दा निसीखोला दोश्रो लघुजलविद्युतले पछिल्लो समय राम्रो गति लिएको बताउँदै सहकारीको माध्यमबाट अगाडि बढ्न र केन्द्रिय विधुत सँग सम्मोन्य गरेर समयमै अगाडि बद्न सकेमा संस्थाले थप गति लिने बताउँदै नाफामुखि संस्थालाई चलायमान बनाउन स्थानीय समुदाय आफै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका पूर्व अध्यक्ष एवम् उक्त लघुजलविद्युत आयोजना संस्थापक अध्यक्ष तारानाथ पौडेलले विशिष्ठ अतिथीको रुपमा बोल्दै जनताको अथाह श्रम र आर्थिक सहयोगबाट यहाँसम्म आएको विधुत आयोजनालाई थप अगाडी बढाउन जनतासंग सहकार्य गर्दे अगाडी बढेमा राम्रो हुने र समितीले गरिरहेको काम प्रभावकारी रहेको बताउनु भयो । ,
वडा नम्बर ३ का अध्यक्ष रमेश विक्रम शाही, वडा नम्बर ४ का अध्यक्ष टिकानिधी पौडेल, नेपाली काङ्ग्रेस प्रतिनिधि राजमान बूढा, नेकपा एमाले प्रतिनिधि रूपा पौडेल, राजमो प्रतिनिधि थमन घर्ती लगायतको शुभकामना मन्तव्य रहेको थियो कार्यक्रम संस्थाका सदस्य चानसिंह सुनारको स्वागत, सचिव खिम विक्रम गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।