प्रभु बैँकले खोल्यो पश्चिम बागलुङका चार स्थानमा एकैदिन शाखा ।

 बुर्तिबाङ साउन १४ गते

सोमबार बागलुङको पश्चिम क्षेत्रका तीनवटा पालिकामा एकैदिन प्रभु बैँकका चार वटा शाखा विस्तार गरिएको छ । जिल्लाको बडिगाड गाउँपालिका २ स्थित खर्बाङ, वडा नम्बर ७ को भिमगिठे, ढोरपाटन नगरपालिका ७ स्थित बोबाङ र निसीखोला गाउँपालिका ५ निसीमा शाखा विस्तार गरिएको हो ।

दुर्गम गाउँ बस्तीका नागरिकलाई सहज बैङ्किङ सेवाको प्रयोग गर्नका निम्ती बैँकले शाखा विस्तार गरिरहेको बताउँदै घर नजिकैको शाखाबाट सहज रुपमा आर्थिक कारोबार गर्न बैँकका अध्यक्ष देवी प्रकाश भट्टचनले आग्रह गर्नुभयो ।

३ करोड पुँजीबाट सुरु भएको बैँक आज बैँकको चुक्का पुँजी २३ अर्ब ५४ करोड रहेको र पुँजीको हिसाबले निकै अब्बल रहेको बताउँदै शाखा सञ्जालमा समेत धेरै शाखा रहेको बताउँदै यहाँका नागरिकले बैङ्किङ कारोबार निर्धक्क गर्न आग्रह गर्नुभयो ।

यो क्षेत्र कृषि, पर्यटन, घरबासका निम्ती लगानी योग्य क्षेत्र रहेका कारण त्यसतर्फ स्थानीय नागरिकले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बैँकका कार्यकारी अधिकृत अशोक शेरचन, स्थानीय  जनप्रतिनिधी,स्थानीय बासि लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  1. प्रभु बैंक को अद्क्ष्य देबि भट्टचन होईन महोदय ,लिल प्रकाश सिटौला हो। समाचार अलिक अध्ययन गरेर लेखुम अनि पोस्ट गर्ने गरौं 😁😁😁

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित