साउन ३ गते बुर्तिबाङ
गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुँवरले नागरिकको आर्थिक आर्जनको राम्रो माध्यम रहेको गाँजा खेतीको व्यवसायिक उत्पादनका निम्ती आफूहरूले निरन्तर पहल गर्ने बताउनु भएको छ ।
बुधबार बागलुङको निसीखोला गाउँपालिका ६ मा ऐतिहासिक साउने सक्रान्ती ठाम राम मेलामा प्रमुख अतिथिको रुपमा रहनु भएको सांसद कुवँरले गाँजाको उत्पादनबाट त्यसको दानाबाट मनग्य आम्दानी गर्न सकिने र डाँठ, बोक्राबाट विभिन्न सामाग्री उत्पादन गर्न सकिने भएका कारण गण्डकी प्रदेश सरकारले समेत आवश्यक कार्यविधि बनाई रहेका कारण त्यसका निम्ती आफूहरूले निरन्तर पहल गर्ने बताउनु भयो ।
बागलुङको निसी भल्कोट, बडिगार्ड लगायत विभिन्न स्थान गाँजा उत्पादन क्षेत्रका निम्ती राम्रो ठाउँ भएको बताउँदै निश्चत क्षेत्र तोकेर गाँजा खेती उत्पादन वृद्धिमा अगाडि बढ्न पहल गरिने बताउनु भयो । साँसद कुवँरले थप बोल्दै निसी भल्कोट कला संस्कृति र भेषभुषामा अगाडि रहेको बताउँदै यहाँको कला संस्कृतिको जर्गेनामा स्थानीय समुदाय संगै आफूहरूले समेत पहल गर्ने बताउँदै यहाँको भुमे पुजा, माघी मेला, ठाम राम मेला ऐतिहासिक संस्कृतिको रुपमा रहेको बताउनु भयो ।
फरक प्रसंगमा बोल्दै साँसद कुवँरले जनताको समस्या र आवश्यकतालाई मध्यनगर गर्दे आफूहरूले क्रमिक रुपमा विकास गर्दे आइरहेको बताउँदै जनताको समस्यामा आफुहरु सँधै हातेमालो गरेर विकास निर्माण अगाडि बढ्ने बताउनु भयो । स्थानीयले उठाउँदै आएको ढोरपाटन सिकार आरक्षलाई बनाउने भन्ने विषयमा जनताको मुद्धा, जनताको आवाज र जनताको जनजिविका भन्दा बाहिर गएर आफूले कहिल्यै निर्णय नगर्ने बताउनु भयो ।
सांसद कुवँरले कसैले भ्रम छर्दैमा आफूहरू जनता भन्दा बाहिर गएर कुनै निर्णय गर्न नसक्ने प्रस्ट पार्नुभयो । उत्तर गँगा जलाशय युक्त आयोजना निर्माणमा नागरिकको धैरै चासो र चिन्तन रहेको बताउँदै उत्तर गँगा जलाशय प्रोजेक्ट राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको र अहिले इआईए वातावरणीय मूल्याङ्कनको प्रकृयामा रहेको बताउँदै जलाशय युक्त आयोजना जुन कुनै हालतमा चाँडै बन्ने बताउँदै संघ र प्रदेशले समेत प्राथमिकता दिएर अगाडी बढेको बताउनु भयो । यसलाई अझै गतिका साथ अगाडि बढाउन आफूहरू सक्रिय पूर्वक लागिरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथी गण्डकी प्रदेश सांसद दिलमाया पौवीले बोल्दै निसी भल्कोटमा मगर दलित समुदायले मनाउँदै आएको ऐतिहासिक कला संस्कृति सहितको मेलाको उत्तिकै महत्व रहेको बताउँदै यसको संरक्षण र जर्गेना गर्ने विषयमा आफूहरू सचेत रहेको बताउनु भयो । सबै जातजाती मिलेर यस्ता महत्वपूर्ण कला संस्कृतिको जर्गेना गर्नुपर्ने बताउँदै यहाँको विकास र निकासमा आफुहरुले नागरिक संग सम्मोन्य गरेर अगाडि बढिने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै निसीखोला बाईसे चौविसे राज्य हुँदै गर्दादेखि मगर समुदायले पुर्खाेँ पुर्खादेखि साउने सक्रान्ती पर्व मनाउँदै आएको र आफूहरूले यहाँको कला र संस्कृति जर्गेना गर्नका निम्ती यस्ता महत्वपूर्ण कार्यक्रम गर्दे आएको बताउनु भयो ।
कार्यक्रममा ठाम राम बनाएर एक आपसमा खुसियाली साटासाट गरेर यो महान पर्व मनाउने र पितृको सम्झनामा विभिन्न परिकार बनाएर चढाउने र हर्षउल्लसका साथ पर्व मनाउँदै आएको बताउनु भयो । कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, लगाएतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।
रिग युवा क्लबको आयोजनामा सुरु भएको कार्यक्रम विभिन्न खेलकुद एवम् साँस्कृर्तिक कार्यक्रम सहित सञ्चालन हुने छ । क्लब अध्यक्ष भुवातसिंह घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रम सचिब अनुप बुढाको सञ्चालमा सम्पन्न भएको थियो ।