साउन १० गते बागलुङ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले स्वर्गीय टिकाराम बिकको परिवारलाई मङ्गलबार घरमै पुगेर मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ ।
सिटिजन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखामा बिमा गर्नुभएका टिका राम बिकको मृत्यु भएसँगै कम्पनीले मृत्यु दावी भुक्तानी वापतको रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
बाग्लुङ नगरपालिका वडा नम्बर ७ घर भएका मृतकका परिवारलाई घरमै पुगेर ५ लाख ९५ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् । बिक ले २०७७ चैत्रमा ५ लाख विमाँकको बीमा गरेका थिए । कम्पनीले हकवाला श्रीमती माया बिक लाई मङ्गलबार दावी रकम हस्तान्तरण गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ क्षेत्रका क्षेत्रिय प्रमुख दीपेन्द्र शर्मा लम्सालले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङका एरिया म्यानेजर दिपेन्द्र शर्मा लम्सालले बीमा सुख दुःखको साथी तथा अनिवार्य बचत गर्ने माध्यम रहेको बताउँदै बीमा सबैका लागी अपरिहार्य बन्दै गएको बताउनु भयो ।