Home Blog Page 62

बुर्तिबाङ– ढोरपाटन सडक खण्डको काम ३८ प्रतिशत बढि ।

0

माघ १६ ढोरपाटन
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ ढोरपाटन फल्लेघर सडक खण्डको कामले पछिल्लो समय गति लिएको छ ।
तिन बर्षमा जम्मा २६ प्रतिशत भौतिक प्रगती भएको सडक आयोजनाको पछिल्लो समय धमाधम निर्माणको काम भएपछि एक महिनामै १२ प्रतिशत हाराहारीमा काम भइरहेको निर्माण व्यवसायी दाल बहादुर कुवँरले बताउनु भयो ।
गत पौष पहिलो हप्तादेखि सुरु भएको काम अन्र्तगत स्टक्चर वाल निर्माण, सडक चौडा लगाएतका काम तिव्र गतिमा भइरहेको कुवँरले बताउनु भयो ।
मंगलबार गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले निर्माण क्षेत्रको स्थलगत अवलोकन गर्दे काम राम्रो भइरहेको र निर्माण कम्पनीलाई असार मशान्त सम्म काम सक्ने गरी म्याद थपका निम्ती निरन्तर पहल भइरहेको बताउनु भयो ।
सडक निर्माणले गति लिएपछि स्थानीय नागरिक अब चाँडै सडक बन्नेमा आशाबादी देखिएका छन । तिन बर्ष सम्म पनी सडकले गति नलिएपछि संघर्ष समितीनै गठन गरिएको थियो । पछिल्लो समय भइरहेको कामको गति हेर्दा सडकले परिणाम लिने बताउँदै आफुहरुको पूर्ण साथ सर्मथन रहेको संघर्ष समितीका अध्यक्ष चुना बहादुर घर्तिले बताउनु भयो ।
सडक आयोजनाले गति लिएपछि स्थानीय समेत खुसि देखिन्छन ।

उता सडकले गति लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दुई पटक सम्म बेनामी उजुरी हालेर कार्यसम्पादनमा सास्ति दिन खोजीरहेको दाल बहादुर कुवँरको भनाई छ ।
बुर्तिबाङ देखि २२ किलोमिटर स्टान्डर्ड ग्राभेलिङ सहित सम्पन्न हुने उक्त योजनाको अधिकारीचौर, बोबाङ क्षेत्रमा बढि काम भइरहेको हो । आयोजनालाई पूर्णता दिनका निम्ती सम्झौता अनुसारको म्याद सकिएका कारण अब म्याद थप गरेर मात्रै अगाडी बढ्नुपर्ने बाध्यता रहेको छ ।

स्वच्छन्द ओम बुद्ध जेवीले निर्माणको जिम्मा पाइरहँदा ओम बुद्ध निर्माण कम्पनीले सम्झौता अवधिमा काम गर्न नसकेपछि पछिल्लो समय स्वच्छन्द निर्माण कम्पनीले स्थानीय निर्माण व्यवसायी दाल बहादुर कुवँरलाई निर्माणको जिम्मा दिएको थियो । सडक निर्माणलाई समयमै सम्पन्न गर्नका निम्ती ढोरपाटन नगरपालिका, यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सरकारका माननीय र संघर्ष समिती सहित स्थानीय नागरिकले सक्रिय भुमिका निर्वाह गर्दे आइरहेका छन ।

पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु सडक निर्माण सुरु भएको हो ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन।
सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ।

सूर्य प्राथमिक विद्यालयको बार्षिकोत्सव एव्म अभिभावक दिवश ।

0

माघ १४ गते ढोरपाटन
निसीखोला गाउँपालिका ३ मा रहको सूर्य प्राथमिक विद्यालयको ४४ औँ बार्षिकोत्सव एव्म अभिभावक दिवश सोमबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले कार्यक्रमको प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दे सुगम देखि दुर्गम क्षेत्रका नागरिकले विकासको आभास गर्न पाउने गरी विकास आवस्यक रहेकोमा जोड दिनुभएको छ । विकासले पछि परेका क्षेत्रमा विकासका आधारभुत आवस्यकता पुरा गर्नु राज्यको दायित्व भएको बताउँदै आफुले जनताको समस्या र आवस्यकतालाई हेरेर काम गर्ने बताउनु भयो ।
जनताको माग र आवस्यकता पहिलो प्राथमिकता रहेको जनाउँदै दुर्गम क्षेत्रको रुपमा रहेको याङम्याङमा विद्यालयको भौतिक गुणस्तर सुधार, खानेपानी, सडक र झोलुङगे पुल यहाँका जनताको मुख्य आवस्यकता रहेका कारण आफुले क्रमिक रुपमा यहाँका समस्या सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका ३ का अध्यक्ष रमेश विक्रम शाहीले बोल्दै आफनो वडाको सबै क्षेत्रका नागरिकलाई समेटेर समान विकासलाई अगाडी बढाइरहेको बताउँदै जनताको समस्या धेरै तर स्थानीय तहमा श्रोत र साधन कम हुँदा अपेक्षा वमोजिम काम गर्न नसकिएको जनाउँदै प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले आफनो वडामा समेत जनताको आवस्यकतालाई हेरेर विकास निर्माणा हातेमालो गरिदिन अपिल गर्नुभयो ।

कार्यक्रममा प्रभा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नवराज आर्चाय, समाजसेवी राजमन बुढा लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा समाजसेवी हेम राज सापकोटा, भिम कुमारी क्षेत्री, स्थानीय बुद्धिजिवी, चन्दादाता लगाएतको आतथ्यता रहेको थियो । बार्षिकोत्सव कार्यक्रमका अवसरमा विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, चन्दादाता सम्मान लगाएतका कार्यक्रम गरिएको हो ।
कार्यक्रम शिक्षक राम प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।

 

३६ वर्ष एकै विद्यालयमा शिक्षण गर्नुभएका शिक्षक डिल्लीराज अर्यालको बिदाई ।

0

माघ १४ गते बुर्तिबाङ

बागलुङको बडिगाड गाउँपालिका ७ स्थित जनक आधारभुत विद्यालयका प्रधानाध्यापक डिल्लीराज अर्यालको सरुवा भएर अर्का विद्यालयमा जाने भएपछि भव्य रुपमा एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

२०४५ सालदेखि अस्थाई २०४८ मा स्थाई हुँदै २०४८ फाल्गुन ११ गतेदेखि विद्यालयमा प्रधानाध्यापकको रुपमा जिम्मेवारी सहित शैक्षिक गुणस्तरमा अगाडि बढ्नु भएका अर्यालको बडिगाड गाउँपालिका १० स्थित चिसापानी आधारभुत विद्यालयमा सरुवा भएपछि विद्यालयले सम्मान सहित बिदाई गरेको हो । बिदाई समोराहमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।

सांसद कुवँरले बोल्दै शैक्षिक, सामाजिक र राजनैतिक व्यक्तित्व डिल्लीराज अर्यालले पुर्‍याउनु भएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले उर्वराशील उमेरमा शिक्षा क्षेत्रको सत्कर्म र समाज रूपान्तरणमुखी अभियान संगै सामाजिक कार्यमा अतिनै महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा समेत यसरी नै सत्कर्मका साथ अगाडि बढ्न आग्रह गर्दे यस क्षेत्रले उहाँबाट धेरै पाठ सिक्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै डिल्ली सरले फरक जिल्लाबाट आएर पनी यस क्षेत्रको शिक्षा क्षेत्रको विकास र समुदायको विकास, समाज रूपान्तरण मुखी क्षेत्रमा खेल्नु भएको जिम्मेवारी पूर्ण भुमिका आफुहरुले सम्झिरहने बताउँदै बडिगाड गाउँपालिकाकै वडा नम्बर १० मा सरुवा भएर जान लाग्नु भएका कारण आगामी दिनमा पनी सहकार्य, सहयात्रा हुने बताउनु भयो ।

अध्यक्ष थापाले थप बोल्दै जनक आधारभुत विद्यालयको भौतिक पूर्वाधारको विकासका निम्ती पहल भइरहेका कारण चाँडै व्यवस्थित बनाएर अगाडि बढिने बताउनु भयो । कार्यक्रममा वडिगाड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल, वडिगाड गाउँपालिका ७ का अध्यक्ष दिपेन्द्र प्रताप के.सी., भिमगिठे माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर खरेल , स्थानीय समाजसेवी, बुद्धिजीवी, अभिभावक लगाएतको आतिथ्यमा विदाई कार्यक्रम गरिएको हो । 

गुल्मी जिल्लाको मालिका गाउँपालिका ४ घर भई भई अध्यापनको सिलसिलामा बागलुङको बडिगाड गाउँपालिका ७ मा रहँदै आउनु भएको थियो । घर पायक पर्ने गरी सरुवा भई वडिगाड १० चिसापानी आधारभुत विद्यालयमा जान लाग्नु भएको हो ।

 

ढोरपाटन नगरपालिका ६ घैयाखानीमा विभिन्न पार्टी परित्याग गर्दे ६० जना काङ्ग्रेस प्रवेश ।

0

माघ १४ बुर्तिबाङ

ढोरपाटन नगरपालिका ६ घैयाखानीमा विभिन्न पार्टी परित्याग गर्दे ६० जना काँग्रेस प्रवेश गरेका छन ।

आइतबार नेपाली कांग्रेस ढोरपाटन नगरपालिका ६ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा घैयाखानी गाउँबाट नेकपा एमाले र राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गर्दे ६० जना स्थानीय नेता कार्यक्रता सहित काँग्रेस प्रवेश गरेको क्षेत्रीय सदस्य भिम कुमारी क्षेत्रीले बताउनु भयो । वडा सभापति मदन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले पार्टी प्रवेश गर्नेलाई स्वागत सहित सम्मान गर्नुभएको हो ।

नेता कुवँरले विभिन्न पार्टीबाट लोकतान्त्रीक पार्टीमा प्रवेश गरेकोमा स्वागत गर्दे नेपाली काँग्रेस पार्टीले जनताको समस्या र आवश्यकता सँगै देश निर्माणमा अग्रसरता लिइरहेको बताउनु भयो ।

सांसद कुवँरले थप बोल्दै जनताको समस्या र आवश्यकता धेरै छन त्यसलाई क्रमश विकासमा जोडिरहेको बताउँदै घैयाखानी गाउँका नागरिकले उठाएका विद्यालय, सडक , खानेपानी जस्ता महत्वपूर्ण विकासका पूर्वाधारलाई क्रमिक रुपमा आफूले सम्बोधन गरेर अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दिपेन्द्र श्रेष्ठ, जिल्ला सदस्य शैलेश घर्ति, क्षेत्रीय सदस्य भीम कुमारी क्षेत्री, ढोरपाटन नगर कार्यवाहक सभापति विनोद भण्डारी लगायतको उपस्थिति एवम् पार्टी नव प्रवेशीलाई स्वागत गर्नुभएको हो ।

नेपाली काँग्रेस पार्टी प्रवेश गर्दे स्थानीयले आफूहरू लोकतान्त्रिक पार्टीमा सहभागि हुन स्व इच्छाले आएको र काँग्रेस पार्टीले मात्रै आफूहरूको समस्या र विकास बुझन सक्ने बताएका थिए ।

 

एकल महिलाको सहारा बन्दै ढोरपाटन नगरपालिका: चिसोमा न्यानो सिरक उपहार ।।

0

माघ १२ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिकाले नगरपालिका भरका एकल महिलालाई लक्षित गर्दे चिसो मौसममा न्यानो सिरक लिएर उपहार स्वरुप वडा वडामा पुगेर हस्तान्तरण सुरु गरेको छ ।

एकल महिलालाई सम्मान गर्न र उनीहरूको आत्मसम्मान वृद्धि गर्ने उद्देश्य स्वरुप पालिका भरका करिब ६ सय महिलाहरूलाई फाइबर सिरक उपलब्ध गराउन सुरु गरिएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।

चालु आर्थिक बर्षको निती कार्यक्रम र बजेटमा एकल महिला सँग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत ९ लाख बजेट विनियोजन गरेर ९ वटै वडाका एकल महिलालाई लक्षित गर्दे कार्यक्रमको आयोजना गरिएको कायतले बताउनु भयो । शनिबार ढोरपाटन नगरपालिका ७, ८ र ९ नम्बर वडाका १७८ जनालाई सिरक उपलब्ध गराइएको हो । सिरक हस्तान्तरण गर्दे कार्यवाहक मेयर धन बहादुर कायतले चिसो मौसममा सिरक उपलब्ध गराइएको बताउँदै आगामी दिनमा ज्येष्ठ नागरिकलाई सम्मान हुने कार्यक्रम लिएर अगाडि बढिने बताउनु भयो ।

समाजका उत्प्रेरक मार्गदर्शकलाई सम्मान गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउँदै सहारा विहीन, जोडी बिहिन बनेका एकल महिलालाई यसबर्ष सम्मान गरिएको बताउनु भयो । सिरक पाएसँगै आगामी दिनमा पनी आफुहरुलाई सम्झने कार्यक्रम लिएर आउन सहभागि एकल महिलाले कार्यवाहक मेयरलाई अनुरोध गरेका छन । वडा नम्बर ७ मा ५० जना, ८ मा ६४ जना, वडा नम्बर ९ मा ६४ जनालाई सिरक उपलब्ध गराइएको हो ।

कार्यक्रममा सहभागि नभएकालाई वडाले हस्तान्तरण गर्ने गरी जिम्मा लगाइएको छ । कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे, वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष मोहन पुन, वडा नम्बर ८ का अध्यक्ष भद्रमणी सुनार, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै लगायतको रहोबरमा हस्तान्त्रण गरिएको हो । अन्य सबै वडामा लगत्तै सिरक उपलब्ध गराइने जनाईको छ ।

कृषि र पशुपालनमा आर्थिक समृद्धिको सपना बुनेका मानसिंह ।

0


ढोरपाटन माघ ११
बागलुङको ढोरपाटन नगरपालिका ५ पाखापानीका मानसिङ पुनले २०७३ सालमा रहरै रहरमा सुरु गरेको स्वरोजगार कृषि तथा पशुपालन फार्म व्यवसायले पछिल्ला वर्षमा सार्थकता पाएको छ । बाख्रा सँगै फलफूल खेतीमा पन्ध्र लाख लगानीबाट व्यवसाय सुरुवात गरेका पुनको मिहिनेतले व्यवसायिक कृषि र पशुपालनबाट पाखो बारी हराभरा भएको छ । खोरभरी पचासौँ बाख्रा खसिबोका उत्पादन भइरहेका छन ।
पुर्खौली र रैथाने खेतीप्रणालीलाई क्रमश हटाउँदै व्यवसायिक खेतीमा होमिएका मानसिङ्को बहुउद्देश्य फार्ममा यतिबेला हजारौँ बोट केरा, सयौँ बोट किवी संगै कागती, सुन्तला, टिमुर लगायतका खेतीले घरवरिपरी सँगै आसपासमा रहेको बाँझो जमिन समेत राम्रै प्रयोगमा आएको छ ।
स्वास्थ्य कर्मी समेत रहेका पुन दम्पती दिनभर जागिरमा व्यस्त हुन्छन साँझ बिहानको समयलाई व्यवसायमा खर्च गरेका उनिहरुलाई घरमा बाबा, आमा ,दाई, भाउजू, दिदीबहिनीको राम्रो साथ छ । करिब तीस रोपनी क्षेत्रफल खेतियोग्य जमिनबाट कृषिको व्यवसायिक सुरुवात पुनले सात बर्षमा १८० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेका हुन  ।
दुई हजार पाँच सय घार मात्रै विभिन्न प्रजातिका केरा छन केराबाट राम्रो उत्पादन सुरु भएको छ । १७ रोपनी क्षेत्रफलमा १४० बोट किवी प्रत्यक बर्ष लटरम्म फल्न थालेको छ । 

४० बोट कागती, ५० बोट सुन्तला, २५० बोट टिमुर पाखैभरि देखिन्छ । सबै प्रकारका बोटबाट उत्पादन सुरु हुन थालेपछि मानसिंहको परिवार खुसी छन नै उत्पादित कृषि उपज हेर्नका निम्ती विभिन्न ठाउँदेखि नागरिकहरू अवलोकनका लागी पुग्ने गरेका छन ।


सबै फलफूलबाट राम्रो उत्पादन समेत सुरु गरेका पुनले यसवर्ष व्यवसायलाई थप वृद्धि गर्ने तयारीमा छन । बाउ बाजेले प्रयोग गरेको सयौँ रोपनी पाखो बारीलाई अब उत्पादन सँग जोड्न उनको लक्ष्यमा नेपाल सरकारले पनि साथ दिने भएको हो । अझै ३० रोपनी क्षेत्रफल वृद्धि गरेर यसवर्ष कुल दुई सय १० रोपनीमा खेती पुर्याउने गरी काम सुरु गरेका उनले अब किवी खेतीलाई विस्तार गर्ने र त्यसका निम्ती चालु आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना मार्फत १० लाख अनुदानको कार्यक्रम परेको बताए  उक्त बजेटमा आफूले समेत लगानी वृद्धि गरी किवी खेतिको विस्तारमा अगाडि बढ्ने लक्ष्य रहेको सुनाए ।
तालिम र अनुदानको आशा नगरी व्यवसायमा होमिएका पुनलाई परिवारका सदस्यले साथ दिइरहेका थिए । दाई हिमाल कुमार पुन बैदेशिक रोजगारीमा यूरोपमा हुनुहुन्थ्यो विदेशमा कमाउने रकम घरमै परिवार सँगै बसेर कमाउन सकिने देखेपछि दाईलाई समेत घरमै बोलाएर अगाडि बढेका उनले कृषि र पशुपालनमा दिगो लक्ष्य रहेका कारण वार्षिक लाखौँ रुपैयाँको कारोबार गर्ने गरी अगाडि बढिरहेको बताए ।  


कृषि, पशुपालन व्यवसाय सुरु गर्ने तर धेरै समय टिक्नै नसक्ने यूवा प्रबृर्तिलाई अन्त्य गर्दे कुनै हरेश नखाई फलफुल र बाख्रा पालनमा रमेका मानसिंहले दिगो लक्ष्य लिएर अगाडि बढ्दै आएका हुन ।


प्रर्याप्त खानेपानी र सिंचाईको सुविधा नहुँदा समस्यामा रहेका पुनलाई कृषि ज्ञान केन्द्र बागलुङले समेत ९० हजार रुपैँया अनुदान दिने भएको छ । सिँचाई प्रर्याप्त भएमा अझै राम्रो परिणाम प्राप्त हुने बताउँदै राज्यले बास्तविक किसानको छनौट गरेर लगानी गरेमा आफुजस्ता युवाहरुलाई गाउँमै व्यवसायक बन्न धेरै सहयोग पुग्ने उनको भनाई छ ।
यसवर्ष मात्रै ६ कुइन्टल बढि किवी उत्पादन गरी विक्री गरेका उनले दैनिक १० घार सम्म केरा र पचासौँ कुइन्टल किवी बजार पठाउने लक्ष्य सहित अगाडि बढिएको बताए ।

 

७ वटा ऐन, नियमावली ,विधेयक र कार्यविधि पारित गर्दे सकियो ढोरपाटनको १६ औँ नगरसभा ।

0

 माघ ११ गते ढोरपाटन

बागलुङको ढोरपाटन नगरपालिकाको हिउँदे नगरसभा तथा १६ औँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

गत पौष २९ गते सोमबार देखि सुरु भएको बजेट, योजना तथा कार्यक्रम माथिको प्रस्ताव संगै विभिन्न ७ वटा ऐन, नियमावली, कार्यविधि सभामा पेश गरिएको थियो । शुक्रबारको नगरसभाले बजेट कार्यक्रम सँगै ऐन कार्यविधि र नियमावली माथि व्यापक छलफल सहित पारित गरिएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि घिमिरेले बताउनु भयो ।

ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा सञ्चालन भएको सभा तथा अधिवेशनबाट १५ औँ नगरसभाबाट पास भएका योजनालाई थप संसोधन गर्दे ६८ करोड, ७८ लाख ५० हजार पाँच सय रुपैयाँ कुल बजेट सहितको विभिन्न संशोधित योजना, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।

सभाबाट विभिन्न ७ वटा ऐन, विधेयक र नियमावलीको प्रस्ताव माथि छलफल गर्दे पारित गरिएको हो । जसमा ढोरपाटन नगरपालिका सहकारी नियमावली २०८१, ढोरपाटन नगरपालिका सार्वजनिक खरिद नियमावली २०८१, ढोरपाटन नगरपालिका विद्यमान समितिको कार्यसञ्चालन कार्यविधि २०८१, ढोरपाटन नगरपालिका व्यवसाय दर्ता विधेयक २०८१ पारित गरिएको छ ।

त्यस्तै ढोरपाटन नगरपालिका लेखा समितिको कार्यसञ्चालन कार्यविधि २०८१, ढोरपाटन नगरपालिकाको प्रशासकीय खर्च नियमन कार्यविधि २०८१, र ढोरपाटन नगरपालिकाको शिक्षा ऐन माथि छलफल सहित सभाबाट पारित गरिएको हो । त्यस्तै प्रस्तावित वार्षिक बजेट कार्यक्रम र योजना अन्र्तगत १५ औँ अधिवेशनको बजेटमा थप २५ लाखको बजेट थप गर्दे ३० वटा संशोधित योजना र कार्यक्रम पारित गरिएको हो ।

बजेट, कार्यक्रम र योजनालाई सभाको बहुमतद्वारा पारित गरिएको थियो । पौष २९ गते ल्याइएको संशोधित बजेटमा थप १६ लाख रुपैयाँको कार्यक्रम संसोधन गरिएको हो ।जसमा आमा समुह तथा महिला स्वास्थ्य स्वयमसेवीका को लागी सामाजिक व्यवहार परिवर्तन तथा गुणस्तरीय स्वास्थ्यका लागी आफ्नै पहल कार्यक्रम तर्फको ७ लाख र विभिन्न योजनाहरूको कन्सल्टेन्सी बापतको एकमुष्ट जम्मा भएको रकम ९ लाख संसोधन गरिएको हो ।

उक्त बजेट प्रादेशिक अस्पताल उद्‌घाटन र प्रशासनिक भवन उद्घाटनमा लाग्ने ७ लाख  खर्च सहित विभिन्न शीर्षकमा समावेश गरिएको छ ।

प्रस्तुत ऐन, विधेयक र नियमावली उपर सभाका सदस्यले अध्ययन गर्ने र व्यापक छलफल पछि सभाबाट पारित गर्ने गरी पार्ने गर्ने तयारी सहित पौष २९ गतेको सभाको समय आजका लागी सारिएको थियो । कार्यक्रम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि घिमिरेले सहजिकरण गर्नुभएको हो ।

तापक्रम बढ्दो क्रममा : चिसो घट्न थाल्यो

0

माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपाली पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको छ । केही दिनयता देशका धेरैजसो ठाउँमा न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो छ ।

माघ पहिलो हप्ता बितिसक्दा पनि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएको मौसमविद्ले बताएका छन् ।

पश्चिममा पनि पर्याप्त पानी परेको छैन । हिउँ परेर सेतै हुनुपर्ने हिलाल माघमा पनि कालै छन् । सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपटक माघको पहिलो हप्तादेखि नै चिसो घट्न थालेको छ ।

काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा केही दिनदेखि तापक्रम बढ्दो रहेको छ । लामो समयसम्म पानी नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेकाले नेपालमा तापक्रम बढेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिम क्षेत्रमा कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । मौसम बदली भएकाले आज धेरैजसो ठाउँमा तापक्रम घट्न सक्ने अनुमान छ । तर यो लामो समयसम्म नरहने मौसमविद्को अनुमान छ ।

 

बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने

0

यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।

महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपीभी लगाइने छ ।

माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ ।खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, छ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छभने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ ।

स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताए । ओझाले शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको बताए ।

पर्वतको माटेदेवल जनसहयोग माविमा आँखा र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुँदै ।

0

माघ ९ गते बागलुङ

पर्वतको फलेवास नगरपालिका ४ स्थित माटेदेवल जनसहयोग माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर संगै पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ ।

सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा माटेपानी पोखराको आयोजनामा यहि माघ १२ गते गते शनिबारका दिन शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।

गण्डकी मेडिकल कलेज पोखरा तथा हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोगमा निः शुल्क आँखा शिविर र एक दिने महिलाहरुमा पाठेघर सम्बन्धि स्वास्थ्य सेवा शिविर सञ्चालन गर्न लागिएको फलेसाव नगरपालिका वडा नम्बर ४ ले जनाएको छ । आँखाका विरामीको निः शुल्क रुपमा चेकजाँच उपचार संगै मोतिविन्दुको सल्यक्रिया हुने जनाइएको छ ।