माघ ९ गते बागलुङ
पर्वतको फलेवास नगरपालिका ४ स्थित माटेदेवल जनसहयोग माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर संगै पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ ।
सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा माटेपानी पोखराको आयोजनामा यहि माघ १२ गते गते शनिबारका दिन शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।
गण्डकी मेडिकल कलेज पोखरा तथा हिमालय आँखा अस्पत्ताल पोखराको प्राविधिक सहयोगमा निः शुल्क आँखा शिविर र एक दिने महिलाहरुमा पाठेघर सम्बन्धि स्वास्थ्य सेवा शिविर सञ्चालन गर्न लागिएको फलेसाव नगरपालिका वडा नम्बर ४ ले जनाएको छ । आँखाका विरामीको निः शुल्क रुपमा चेकजाँच उपचार संगै मोतिविन्दुको सल्यक्रिया हुने जनाइएको छ ।