Home Blog Page 61

बुर्तिबाङ र गल्कोटका इमेज पीडित बचतकर्ताले एक लाख सम्मको बचत फिर्ता पाउन थाले ।

0

 माघ २० गते बुर्तिबाङ

इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाख सम्म बचत गरेका गल्कोट र ढोरपाटनका बचत कर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन ।

आइतबार बुर्तिबाङमा ९२ जना बचतकर्ताले आफ्नो रकम प्राप्त गर्ने गरी चेक बुझेका हुन । गल्कोट र ढोरपाटनका ५ सय ४७ मध्ये एक लाख सम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्ने गरी प्रकृया अगाडि बढाइएको सहकारी पीडित सङ्घर्ष समिति गल्कोट –ढोरपाटनका अध्यक्ष मञ्जु शर्मा चालिसेले बताउनु भयो ।

ढोरपाटनमा मात्रै ११२ जनाले तत्काल रकम प्राप्त गर्ने भएका हुन । आजमात्रै ३७ लाख रुपैयाँ बराबरको चेक उपलब्ध गराइएको हो । अदालतमा उजुरी दिएका पीडित बचतकर्ता मध्ये सानो रकमको बचत फिर्ता दिने गरी मिलापत्र गरेसँगै तत्काल सानो रकम फिर्ता गर्ने र धेरै रकम हुनेको हकमा देवकुमार नेपालीको सम्पत्ति बिक्री गरेर भएपनि रकम फिर्ता गर्ने गरी आवश्यक प्रकृया अगाडि बढिरहेको सङ्घर्ष समिति ढोरपाटनका अध्यक्ष यम बहादुर कुवँरको भनाई छ ।

देवकुमार नेपाली र उनको श्रीमतीको नाममा रहेको सम्पत्ति मिना ग्रुप कम्पनी प्रालि काठमाण्डौले जिम्मा लिने र बचत कर्ताको नगद सम्भव हुने अवस्थामा नगद र ठूला बचतकर्तालाई सम्पत्ति हस्तान्तरण गर्ने गरी तयारी भइरहेको जनाइएको हो ।

आजपनि मिना ग्रुप कम्पनीका प्रतिनिधि सहभागि भएर चेक उपलब्ध गराएको सङ्घर्ष मञ्जु शर्माको भनाई छ । इमेज सहकारी ठगीका अभियुक्त देवकुमार नेपाली सँग गत पौष २६ गते गल्कोट र ढोरपाटनका ५४७ बचतकर्ताले मिलापत्र गरेका थिए ।

ठगिएको २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ घरसारमा मिलेर प्राप्त गर्ने गरी मिलापत्र गरेका थिए । उता बागलुङ र पोखराका बचतकर्ता संग पनि मिलापत्रको लागी छलफल भइरहेको ढोरपाटन नगरपालिका ९ का वडा अध्यक्ष खिम बहादुर घर्तिको भनाई छ । ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई जिल्ला अदालत बागलुङले गत असोज १५ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी अहिले पनि थुनामै छन् ।

नेपालीसहित इमेज सहकारीका सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध १ हजार ५ सय ७३ जनाले सहकारी ठगीको जाहेरी दिएका थिए । सहकारीको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा छ । नेपाली २०८० जेठ ४ देखि फरार थिए ।

तरलता अभाव भएकाले इमेज सहकारीको कार्यालय बन्द भएको सूचना ०८० वैशाख ६ मा टाँस गरिएपछि बचतकर्ताले जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकाय गुहारेका थिए । सङ्घर्ष समिति गठन गरेर अगाडि बढेका पीडित बचतकर्ताले एक लाख सम्मको बचत फिर्ता हुन थालेपछी सबै बचतकर्ताको रकम फिर्ता हुनेमा आशावादी देखिएका छन ।

 

सिटिजन लाइफ इन्स्योरेन्स द्धारा बीमा शिक्षा कार्यक्रम सँगै ट्राफिक सचेतना बोर्ड हस्तान्तरण ।

0

 माघ १९ गते बुर्तिबाङ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाको आयोजनामा जिल्लाको बडिगाड गाउँपालिका २ खर्बाङमा बीमा सचेतना सँगै ट्राफिक सचेतना सहितको बोर्ड हस्तान्तरण कार्यक्रम शनिबार गरिएको छ ।

खर्वाङ प्रहरी चौकीमा आयोजित कार्यक्रमका अवसरमा वडा नम्बर २ का अध्यक्ष ढाल प्रसाद शेरचन, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, जिल्ला समन्वय समिती बागलुङका पुर्व उपप्रमुख विष्णु भुसाल खर्बाङ प्रहरी चौकीका प्रमुख नारायण रानाभाट लगायत सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रबन्धक कमला शर्मा, कम्पनीका एजेन्सी म्यानेजर एजेन्सी लगायतको सहभागिता रहेको कार्यक्रममा बीमा सचेतना संगै खर्बाङ प्रहरी चौकीलाई ट्राफिक सचेतना लेखिएका बोर्ड उपलब्ध गराइएको हो ।

कार्यक्रममा वडा अध्यक्ष शेरचनले बोल्दै इन्स्योरेन्स कम्पनीले यसरी बीमा सचेतना संगै ट्राफिक सचेतना बोर्ड उपलब्ध गराएको आभार व्यक्त गर्दे बीमा संगै सामाजिक कार्यमा समेत हातेमालो गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा खर्बाङ प्रहरी चौकीका प्रमुख नारायण रानाभाटले बोल्दै यस्तो महत्वपूर्ण सहयोगले सवारी दुर्घटनामा कमी ल्याउने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत यस्ता महत्वपूर्ण कार्यमा अग्रसर बन्दै जान सुझाव व्यक्त गर्नुभयो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्सालले बोल्दै सिटिजन लाईफले नागरिकलाई बचत र सुरक्षा संग जोड्दै अगाडी बढिरहेको र यस्ता महत्वपूर्ण सामाजिक कार्यमा स्थानीय नागरिक संग हातेमालो गर्दे अगाडी बढिरहेको बताउनु भयो । लम्सालले बीमाको विषयमा थप प्रस्ट पार्दे स्थानीय सरकार, सचेत नागरिकले जीवन बीमालाई सबै नागरिक सम्म पुर्याउन मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम शाखा प्रमुख कमला शर्माले सहजीकरण गर्नुभएको थियो ।

बुर्तिबाङ–बोङगादोभान सडक निर्माण धमाधम : चालु आवमा पाँच किमी कालोपत्रे गरिँदै ।

0

माघ १९ गते बुर्तिबाङ छविलाल पाण्डे
बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार देखि तमानखोला गाउँपालिकाको केन्द्र जोड्ने १० किलोमिटर सडक खण्ड निर्माणको काम धमाधम अगाडी बढाइएको छ । २०८३ साउन सम्म निर्माण सक्ने गरी ए.सी.कन्ट्रक्सन कम्पनीले निर्माणको काम अगाडी बढाइरहेको हो ।

चालु आर्थिक बर्षमा पाँच किलोमिटर कालोपत्रे गर्ने गरी बुर्तिबाङ दुले देखि हुन्द्राफेँदी बजार देखि केही माथीको भुभाग सम्म धमाधम काम भइरहेको हो । हालसम्म ग्याविन लगाउने, मेशिनरी वाल लगाउने, पहीरो सफा गर्ने, बेस वनाउने, नाली सफा गर्ने, सडक फराकिलो बनाउने, स्टक्चर निर्माण लगाएतको काम भइरहेको जनाउँदै माघ मशान्तदेखि कालोपत्रेको लागी बेस वनाउने र असार मशान्त सम्म ५ किलोमिटर सडक कालोपत्रे गर्ने निर्माण व्यवसायी दिपक कुमार अदैले बताउनु भयो ।

सरकारले बजेट व्यवस्था गरेमा अर्काे बर्ष काम सक्ने गरी आफु अगाडी बढिरहेको बताउँदै बजेट व्यवस्था भएमा काम नरोकिने बताउनु भयो ।
गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले सडकको स्थलगत अवलोकन गर्नुभएको छ । समयकै काम सक्ने गरी अगाी बड्न निर्माण कम्पनीलाई जानकारी गराउँदै बजेटका निम्ती आफुले प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाउँदै नागरिकलाई छिटो सहज सडक यात्रा गर्न सक्ने गरी काम गर्न आग्रह गर्दे सडक निर्माणले तमानखोला गाउँपालिकाका सबै नागरिकलाई सहज हुने बताउनु भयो ।

निर्माण कम्पनीले तिव्र गतिमा काम गरिरहेका कारण समयमै सडक कालोपत्रे हुनेमा स्थानीय नागरिक आशाबादी देखिएका छन । कुल १२ करोड ७४ लाखमा निर्माण सम्पन्न हुने उक्त सडक आयोजनालाई यसबर्ष दुई करोड ७५ लाख विनीयोजन भएको छ । बजेट थप भएमा यसबर्ष धेरै उपलब्धि हुने निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको बहुवर्षीय सडक आयोजनाको रुपमा रहेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ३ र ४ सिङ्गो तमानखोला गाउँपालिका हुँदै म्याग्दी जोडिने उक्त सडक आयोजना बुर्तिबाङ बजार खाराखेत देखि पालिका सदरमुकाम सम्म १० किलोमिटर सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको हो ।

ढोरपाटन विश्वकर्मा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न

0

माघ १९ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा ढोरपाटन विश्वकर्मा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ ।
ढोरपाटन विश्वकर्मा समाजका अध्यक्ष पृथीमान विश्वकर्माको अध्यक्षयता ,गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौ.वि को प्रमूख आथित्यतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पौवीले बोल्दै दलितहरुका समस्याको लागि आफूले गर्न सक्ने सवै मुद्दाको उठान गरिरहेको र आफूले खेल्नुपर्ने भूमिका भरपुर रुपमा खेलिरहको बताउँदै दलित समुदायको हक अधिकारलाई स्थापित गर्न र समाजमा हुने जातीय विभेदको अन्त्यका निम्ती समाजका बुद्धिजीवि सामाजि अभियान्ताहरुले सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेशका अध्यक्ष कुविर विश्वकर्माको विशिष्ठ आतिथ्यता रहेको थियो त्यस्तै सामाजिक अभियान्ता ,बुद्धिजीवी, समाजका अगुवा व्याक्ति, विभिन्न संघ सस्थाका प्रतिनिधि दलित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा अझै पनि दलित समुदायलाई तल्लो वर्गका रुपमा हेर्ने, अझैपनी अछुत जातका रुपमा हेर्ने प्रबृर्ति संगै समाजमा विकृति विसंगतिहरु भित्राएर आफूहरु ठूलो मान्छे बन्न खोज्ने प्रवृति भएका कारण सवै दलित अगुवा ,दलित अभियान्ताहरु चुस्त दस्तु रुपमा अगाडि बढेर दलितको हक अधिकार माथि भएको हननलाई छिट्टै उन्मूलन गर्न सक्रिय हुुनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रम समाजका उपाध्यक्ष भुमिका गोतामेको स्वागत ,छमराज विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

बुर्तिबाङ–बोङगादोभान सडक निर्माण धमाधम: चालु आवमा पाँच किमी कालोपत्रे गरिँदै ।

0

माघ १९ गते बुर्तिबाङ छविलाल पाण्डे
बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार देखि तमानखोला गाउँपालिकाको केन्द्र जोड्ने १० किलोमिटर सडक खण्ड निर्माणको काम धमाधम अगाडी बढाइएको छ । २०८३ साउन सम्म निर्माण सक्ने गरी ए.सी.कन्ट्रक्सन कम्पनीले निर्माणको काम अगाडी बढाइरहेको हो ।
चालु आर्थिक बर्षमा पाँच किलोमिटर कालोपत्रे गर्ने गरी बुर्तिबाङ दुले देखि हुन्द्राफेँदी बजार देखि केही माथीको भुभाग सम्म धमाधम काम भइरहेको हो । हालसम्म ग्याविन लगाउने, मेशिनरी वाल लगाउने, पहीरो सफा गर्ने, बेस वनाउने, नाली सफा गर्ने, सडक फराकिलो बनाउने, स्टक्चर निर्माण लगाएतको काम भइरहेको जनाउँदै माघ मशान्तदेखि कालोपत्रेको लागी बेस वनाउने र असार मशान्त सम्म ५ किलोमिटर सडक कालोपत्रे गर्ने निर्माण व्यवसायी दिपक कुमार अदैले बताउनु भयो ।
सरकारले बजेट व्यवस्था गरेमा अर्काे बर्ष काम सक्ने गरी आफु अगाडी बढिरहेको बताउँदै बजेट व्यवस्था भएमा काम नरोकिने बताउनु भयो ।

गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले सडकको स्थलगत अवलोकन गर्नुभएको छ । समयकै काम सक्ने गरी निर्माण कम्पनीलाई जानकारी गराउँदै बजेटका निम्ती आफुले प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाउँदै नागरिकलाई छिटो सहज सडक यात्रा गर्न सक्ने गरी काम गर्न आग्रह गर्दे सडक निर्माणले तमानखोला गाउँपालिकाका सबै नागरिकलाई सहज हुने बताउनु भयो ।

निर्माण कम्पनीले तिव्र गतिमा काम गरिरहेका कारण समयमै सडक कालोपत्रे हुनेमा स्थानीय नागरिक आशाबादी देखिएका छन । कुल १२ करोड ७४ लाखमा उक्त सडक आयोजनालाई यसबर्ष दुई करोड ७५ लाख विनीयोजन भएको छ । बजेट थप भएमा यसबर्ष धेरै उपलब्धि हुने निर्माण कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको बहुवर्षीय सडक आयोजनाको रुपमा रहेको छ ।

ढोरपाटन नगरपालिका वडा नं. ३ र ४ सिङ्गो तमानखोला गाउँपालिका हुँदै म्याग्दी जोडिने उक्त सडक आयोजना बुर्तिबाङ बजार खाराखेत देखि पालिका सदरमुकाम सम्म १० किलोमिटर सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको हो ।

 

 

राष्ट्रिय जनमोर्चा द्धारा बुर्तिबाङ बजारमा आम सभा ।

0


माघ १८ गते बुर्तिबाङ
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर कमिटीको आयोजनामा शुक्रबार बुर्तिबाङ बजारमा आम सभा सम्पन्न भएको छ ।
सङ्घीयता खारेजीको काठमान्डौ केन्द्रित चैत्र २४ देखि ३० गतेसम्मको आन्दोलन सफल पार्न स्थानीय तहदेखि दबाबमूलक कार्यक्रम सुरु गरेको जनमोर्चाले ढोरपाटन नगरपालिकामा आम सभा सम्पन्न गरेको हो ।
आयोजित सभालाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चा केन्द्रिय महासचिव मनोज भट्टले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे संघियताका कारण देश गम्भिर दुर्घटनामा फसिसकेको बताउँदै देशलाई जोगाउनका निम्ती राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको लागी दबाब मूलक कार्यक्रम गर्न बाध्य भएको बताउनु भयो ।
राजतन्त्र फालियो, देशमा आन्दोलन गरेर गणतन्त्र आयो संविधान जारी भयो तर जनताले सोचे अनुसार जनताको आशा र अपेक्षा पुरा हुन नसकेको बताउँदै ३ तहमा ७ सय ६१ राजा मात्रै बढेर शासन गरेको तर देश र जनताको अवस्था जस्ताको त्यस्तै रहेको बताउनु भयो ।
नेपाललाई प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले थिल्थिलो पारिसकेको आरोप लगाउँदै जनताको हक अधिकार स्थापित गर्ने गरी लडिएको व्यवस्थालाई षड्यन्त्र गर्ने काम भइरहेको बताउँदै नेपालमा सङ्घीयताको कुनै अर्थ नरहेको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा ढोरपाटन नगरकमिटी अध्यक्ष दीपक थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय समिति सल्लाहकार तथा जिल्ला सम्मान्य समिति बागलुङका प्रमुख अमर थापा, केन्द्रिय सदस्य गौरीश्वर पाण्डे,बेदिलाल सापकोटा, काजीगाउँले श्रेष्ठ, लक्ष्मी बासकोटा लगायत नेताहरूको सम्बोधन रहेको थियो । कार्यक्रमका अवसरमा रक्तिम सांस्कृतिक अभियानको सांगिती प्रस्तुती रहेको थियो । कार्यक्रम धर्म बहादुर कुवँर र कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालिकाको प्रशासनिक भवन उद्‌घाटन गर्न उप –प्रधान तथा शहरी विकास मन्त्री सिंह आउँदै ।

0

 माघ १८ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको माघ २१ गते सोमबार उप –प्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले उद्‌घाटन गर्नुहुने भएको छ ।

२०७८÷ ०७९ मा निर्माण सुरु भएको ६ तला सहितको पक्की भवन ४ बर्षमा सम्पन्न भएसँगै विधिवत रुपमा उद्‌घाटन को तयारीमा नगरपालिका जुटेको हो । कार्यवाहक मेयर धनबहादुर कायतले काठमान्डौ पुगेर उप –प्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहलाई भवन उद्धघाटन का निम्ती निमन्त्रण गर्नुभएको थियो ।

तुल्सीनगरमा कुल ४ करोड ५९ लाख ३४ हजार ३३ रुपैयाँमा निर्मित उक्त भवन विभिन्न ५ चरणमा उपभोक्ता समिती, निर्माण कम्पनी र कोटेसन मार्फत सम्पन्न गरिएको हो । नगरपालिकाले माघ २१ गतेदेखि नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्ने गरी आवश्यक तयारी अगाडि बढाएको कार्यवाहक मेयर धनबहादुर कायतले बताउनु भयो ।

भवन निर्माण संगै बाँकी रहेको भवनको आन्तरिक व्यवस्थापन गर्नका निम्ती हिउँदे सभाबाट नगरपालिकाले ३५ लाख बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।

 

तमानखोला गाउँपालिकामा ४४६ जना किशोरीलाई एचपीभी खोप लगाइँदै ।

0

माघ १७ गते बुर्तिबाङ
सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध (एचपीभी)खोप तमानखोला गाउँपालिकामा चारसय ४६ जना किशोरीलाई लगाइने भएको छ
पालिकाभरका विभिन्न विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप माघ २७ देखि २९ गतेसम्म लगाउने गरी आवस्यक तयारी भइरहेको स्वास्थ्य सम्योजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

पालिकामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने छन्त्यालले बताउनु भयो ।
खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्य कर्मीका निम्ती तालिम दिइसकिएको र अव वडा तहरमा र महिला स्वास्थ्य स्वयम सेवीकालाई तालिम दिएर अगाडी बढ्ने तयारी रहेको जनाईको छ ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठन निसीखोला गाउँ समितीको अध्यक्षमा झग बहादुर क्षेत्री ।

0

माघ १६ गते

नेपाल राष्टिय शिक्षक सङ्गठन निसीखोला गाउँ समितीको अध्यक्षमा झग बहादुर क्षेत्री चयन हुनुभएको छ ।

बुधबार भएको तेस्रो गाउँ अधिवेशनबाट अध्यक्ष झग बहादुर क्षेत्री अध्यक्ष रहेको १९ सदस्य समितीको गठन गरिएको छ ।

समितिको उपाध्यक्ष दिमला कुमारी शाही, उपाध्यक्ष सोम बहादुर छन्त्याल, सचिव प्रेमराज पौडेल, कोषाध्यक्ष टंक प्रसाद पौडेल, सह सचिव चित्र कुमारी पौडेल, सह कोषाध्यक्ष कोपिला बुढा चयन हुनुभएको हो ।

त्यस्तै समितिको सदस्यमा पूर्ण बहादुर पुन, विनोद बूढा, हिरासिंह घर्ति, भिमा पुलामी, कमल प्रसाद ओली, रत्ना कुवँर, राधिका शर्मा, माया चन्द, यम कुमारी सापकोटा, विष्णु वि।क, विजय भारती, राम प्रसाद भुसाल चयन हुनुभएको हो ।

आयोजित उद्घाटन सत्रको कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन निसीखोला गाउँसमिती अध्यक्ष यम कान्त पौडेलको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती सचिव कृष्ण भटराईको प्रमुख आतिथ्यता, नेपाल राष्टिय शिक्षक संगठन ढोरपाटनका अध्यक्ष किरण पौडेल, वडिगाड गाउँपालिका अध्यक्ष पूर्णपती कँडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम उपाध्यक्ष सोम बहादुर छन्त्यालको स्वागत सचिव प्रेम राज पौडेलले सञ्चालन गर्नुभएको हो ।

जनजागृति आवि कुत्थाप्लाको ३९ औँ जन्मोत्सव तथा ३३ औँ बार्षिकोत्सव

0

जनजागृति आधारभुत विद्यालय ढोरपाटन नगरपालिका २ कुत्थाप्लाको ३९ औँ जन्मोत्सव तथा ३३ औँ बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । विद्यालयले विभिन्न कार्यक्रमका विच बार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जीत बहादुर कुवँरको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई उद्घाटन सहित सम्बोधन गर्दे सांसद कुवँरले शिक्षा क्षेत्रको विकास भएमा मात्र अन्य विकास हुने बताउँदै आफुले शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ हेरीरहेको बताउनु भयो ।
विद्यालयमा पठन पाठन संगै भौतिक संरचना, शिक्षामा गुणस्तर, प्रविधी मैत्री शिक्षा आवस्यक रहेको औल्याउँदै शिक्षा ऐन जारी भएमा शिक्षकका समस्या र माग पुरा हुने बताउँदै विद्यालयको भौतिक गुणस्तरमा आफुले काम गर्ने बताउनु भयो । जनजागृर्ति आधारभुत विद्यालयमा अर्काे बर्ष पक्कि भवनमा तला थप गर्ने, खानेपानी व्यवस्थापन लगाएतका क्षेत्रमा आफुले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

विद्यालयका प्रध्यानाध्यापक शिवलाल सुवेदीले विद्यालयको आर्थिक, शैक्षिक र भौतिक प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विवरण अनुसार शिक्षण सिकाई र विद्यार्थीले प्राप्त गर्ने नतिजाको अवस्था सुधारोन्मुख रहेको पाइएको हो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै आफुले वडाबाट विनीयोजन हुने बजेट सिमित हुँदै गर्दा परिणाम देखिने गरी शिक्षामा लगानी गर्न नसकिरहेको बताउँदै तिनवटै तहका सरकार समक्ष आफनो वडाको विकासमा हातेमालो गरेर अगाडी बढिरहेको बताउनु भयो ।

कार्यक्रममा सेरा टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर क्षेत्री, निसीभुजी जनता क्याम्पसका प्रध्यापक भुमिराज महत, सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यापक माया पाण्डे, समाजसेवी फारम बहादुर कुवँर लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।
चन्दादाता सम्मान, जेहेन्दार विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण लगाएत विद्यार्थीको विभिन्न प्रतिभाको प्रस्तुती सहित सञ्चालित कार्यक्रम शिक्षक कोपिला के.सी. कुवँरले सञ्चालन गर्नुभएको हो ।