माघ १९ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा ढोरपाटन विश्वकर्मा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ ।
ढोरपाटन विश्वकर्मा समाजका अध्यक्ष पृथीमान विश्वकर्माको अध्यक्षयता ,गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौ.वि को प्रमूख आथित्यतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पौवीले बोल्दै दलितहरुका समस्याको लागि आफूले गर्न सक्ने सवै मुद्दाको उठान गरिरहेको र आफूले खेल्नुपर्ने भूमिका भरपुर रुपमा खेलिरहको बताउँदै दलित समुदायको हक अधिकारलाई स्थापित गर्न र समाजमा हुने जातीय विभेदको अन्त्यका निम्ती समाजका बुद्धिजीवि सामाजि अभियान्ताहरुले सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेशका अध्यक्ष कुविर विश्वकर्माको विशिष्ठ आतिथ्यता रहेको थियो त्यस्तै सामाजिक अभियान्ता ,बुद्धिजीवी, समाजका अगुवा व्याक्ति, विभिन्न संघ सस्थाका प्रतिनिधि दलित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा अझै पनि दलित समुदायलाई तल्लो वर्गका रुपमा हेर्ने, अझैपनी अछुत जातका रुपमा हेर्ने प्रबृर्ति संगै समाजमा विकृति विसंगतिहरु भित्राएर आफूहरु ठूलो मान्छे बन्न खोज्ने प्रवृति भएका कारण सवै दलित अगुवा ,दलित अभियान्ताहरु चुस्त दस्तु रुपमा अगाडि बढेर दलितको हक अधिकार माथि भएको हननलाई छिट्टै उन्मूलन गर्न सक्रिय हुुनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रम समाजका उपाध्यक्ष भुमिका गोतामेको स्वागत ,छमराज विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको हो ।
ढोरपाटन विश्वकर्मा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न

