ढोरपाटन नगरपालिकाको प्रशासनिक भवन उद्‌घाटन गर्न उप –प्रधान तथा शहरी विकास मन्त्री सिंह आउँदै ।

 माघ १८ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको माघ २१ गते सोमबार उप –प्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले उद्‌घाटन गर्नुहुने भएको छ ।

२०७८÷ ०७९ मा निर्माण सुरु भएको ६ तला सहितको पक्की भवन ४ बर्षमा सम्पन्न भएसँगै विधिवत रुपमा उद्‌घाटन को तयारीमा नगरपालिका जुटेको हो । कार्यवाहक मेयर धनबहादुर कायतले काठमान्डौ पुगेर उप –प्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहलाई भवन उद्धघाटन का निम्ती निमन्त्रण गर्नुभएको थियो ।

तुल्सीनगरमा कुल ४ करोड ५९ लाख ३४ हजार ३३ रुपैयाँमा निर्मित उक्त भवन विभिन्न ५ चरणमा उपभोक्ता समिती, निर्माण कम्पनी र कोटेसन मार्फत सम्पन्न गरिएको हो । नगरपालिकाले माघ २१ गतेदेखि नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्ने गरी आवश्यक तयारी अगाडि बढाएको कार्यवाहक मेयर धनबहादुर कायतले बताउनु भयो ।

भवन निर्माण संगै बाँकी रहेको भवनको आन्तरिक व्यवस्थापन गर्नका निम्ती हिउँदे सभाबाट नगरपालिकाले ३५ लाख बजेट विनियोजन गरेको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित