राष्ट्रिय जनमोर्चा द्धारा बुर्तिबाङ बजारमा आम सभा ।


माघ १८ गते बुर्तिबाङ
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर कमिटीको आयोजनामा शुक्रबार बुर्तिबाङ बजारमा आम सभा सम्पन्न भएको छ ।
सङ्घीयता खारेजीको काठमान्डौ केन्द्रित चैत्र २४ देखि ३० गतेसम्मको आन्दोलन सफल पार्न स्थानीय तहदेखि दबाबमूलक कार्यक्रम सुरु गरेको जनमोर्चाले ढोरपाटन नगरपालिकामा आम सभा सम्पन्न गरेको हो ।
आयोजित सभालाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चा केन्द्रिय महासचिव मनोज भट्टले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे संघियताका कारण देश गम्भिर दुर्घटनामा फसिसकेको बताउँदै देशलाई जोगाउनका निम्ती राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको लागी दबाब मूलक कार्यक्रम गर्न बाध्य भएको बताउनु भयो ।
राजतन्त्र फालियो, देशमा आन्दोलन गरेर गणतन्त्र आयो संविधान जारी भयो तर जनताले सोचे अनुसार जनताको आशा र अपेक्षा पुरा हुन नसकेको बताउँदै ३ तहमा ७ सय ६१ राजा मात्रै बढेर शासन गरेको तर देश र जनताको अवस्था जस्ताको त्यस्तै रहेको बताउनु भयो ।
नेपाललाई प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले थिल्थिलो पारिसकेको आरोप लगाउँदै जनताको हक अधिकार स्थापित गर्ने गरी लडिएको व्यवस्थालाई षड्यन्त्र गर्ने काम भइरहेको बताउँदै नेपालमा सङ्घीयताको कुनै अर्थ नरहेको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा ढोरपाटन नगरकमिटी अध्यक्ष दीपक थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय समिति सल्लाहकार तथा जिल्ला सम्मान्य समिति बागलुङका प्रमुख अमर थापा, केन्द्रिय सदस्य गौरीश्वर पाण्डे,बेदिलाल सापकोटा, काजीगाउँले श्रेष्ठ, लक्ष्मी बासकोटा लगायत नेताहरूको सम्बोधन रहेको थियो । कार्यक्रमका अवसरमा रक्तिम सांस्कृतिक अभियानको सांगिती प्रस्तुती रहेको थियो । कार्यक्रम धर्म बहादुर कुवँर र कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित