सिटिजन लाइफ इन्स्योरेन्स द्धारा बीमा शिक्षा कार्यक्रम सँगै ट्राफिक सचेतना बोर्ड हस्तान्तरण ।

 माघ १९ गते बुर्तिबाङ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाको आयोजनामा जिल्लाको बडिगाड गाउँपालिका २ खर्बाङमा बीमा सचेतना सँगै ट्राफिक सचेतना सहितको बोर्ड हस्तान्तरण कार्यक्रम शनिबार गरिएको छ ।

खर्वाङ प्रहरी चौकीमा आयोजित कार्यक्रमका अवसरमा वडा नम्बर २ का अध्यक्ष ढाल प्रसाद शेरचन, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, जिल्ला समन्वय समिती बागलुङका पुर्व उपप्रमुख विष्णु भुसाल खर्बाङ प्रहरी चौकीका प्रमुख नारायण रानाभाट लगायत सिटिजन लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रबन्धक कमला शर्मा, कम्पनीका एजेन्सी म्यानेजर एजेन्सी लगायतको सहभागिता रहेको कार्यक्रममा बीमा सचेतना संगै खर्बाङ प्रहरी चौकीलाई ट्राफिक सचेतना लेखिएका बोर्ड उपलब्ध गराइएको हो ।

कार्यक्रममा वडा अध्यक्ष शेरचनले बोल्दै इन्स्योरेन्स कम्पनीले यसरी बीमा सचेतना संगै ट्राफिक सचेतना बोर्ड उपलब्ध गराएको आभार व्यक्त गर्दे बीमा संगै सामाजिक कार्यमा समेत हातेमालो गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा खर्बाङ प्रहरी चौकीका प्रमुख नारायण रानाभाटले बोल्दै यस्तो महत्वपूर्ण सहयोगले सवारी दुर्घटनामा कमी ल्याउने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत यस्ता महत्वपूर्ण कार्यमा अग्रसर बन्दै जान सुझाव व्यक्त गर्नुभयो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्सालले बोल्दै सिटिजन लाईफले नागरिकलाई बचत र सुरक्षा संग जोड्दै अगाडी बढिरहेको र यस्ता महत्वपूर्ण सामाजिक कार्यमा स्थानीय नागरिक संग हातेमालो गर्दे अगाडी बढिरहेको बताउनु भयो । लम्सालले बीमाको विषयमा थप प्रस्ट पार्दे स्थानीय सरकार, सचेत नागरिकले जीवन बीमालाई सबै नागरिक सम्म पुर्याउन मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम शाखा प्रमुख कमला शर्माले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित