माघ १९ गते बुर्तिबाङ छविलाल पाण्डे
बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार देखि तमानखोला गाउँपालिकाको केन्द्र जोड्ने १० किलोमिटर सडक खण्ड निर्माणको काम धमाधम अगाडी बढाइएको छ । २०८३ साउन सम्म निर्माण सक्ने गरी ए.सी.कन्ट्रक्सन कम्पनीले निर्माणको काम अगाडी बढाइरहेको हो ।
चालु आर्थिक बर्षमा पाँच किलोमिटर कालोपत्रे गर्ने गरी बुर्तिबाङ दुले देखि हुन्द्राफेँदी बजार देखि केही माथीको भुभाग सम्म धमाधम काम भइरहेको हो । हालसम्म ग्याविन लगाउने, मेशिनरी वाल लगाउने, पहीरो सफा गर्ने, बेस वनाउने, नाली सफा गर्ने, सडक फराकिलो बनाउने, स्टक्चर निर्माण लगाएतको काम भइरहेको जनाउँदै माघ मशान्तदेखि कालोपत्रेको लागी बेस वनाउने र असार मशान्त सम्म ५ किलोमिटर सडक कालोपत्रे गर्ने निर्माण व्यवसायी दिपक कुमार अदैले बताउनु भयो ।
सरकारले बजेट व्यवस्था गरेमा अर्काे बर्ष काम सक्ने गरी आफु अगाडी बढिरहेको बताउँदै बजेट व्यवस्था भएमा काम नरोकिने बताउनु भयो ।
गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले सडकको स्थलगत अवलोकन गर्नुभएको छ । समयकै काम सक्ने गरी निर्माण कम्पनीलाई जानकारी गराउँदै बजेटका निम्ती आफुले प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाउँदै नागरिकलाई छिटो सहज सडक यात्रा गर्न सक्ने गरी काम गर्न आग्रह गर्दे सडक निर्माणले तमानखोला गाउँपालिकाका सबै नागरिकलाई सहज हुने बताउनु भयो ।
निर्माण कम्पनीले तिव्र गतिमा काम गरिरहेका कारण समयमै सडक कालोपत्रे हुनेमा स्थानीय नागरिक आशाबादी देखिएका छन । कुल १२ करोड ७४ लाखमा उक्त सडक आयोजनालाई यसबर्ष दुई करोड ७५ लाख विनीयोजन भएको छ । बजेट थप भएमा यसबर्ष धेरै उपलब्धि हुने निर्माण कम्पनीले जनाएको छ ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको बहुवर्षीय सडक आयोजनाको रुपमा रहेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ३ र ४ सिङ्गो तमानखोला गाउँपालिका हुँदै म्याग्दी जोडिने उक्त सडक आयोजना बुर्तिबाङ बजार खाराखेत देखि पालिका सदरमुकाम सम्म १० किलोमिटर सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको हो ।