जनजागृति आधारभुत विद्यालय ढोरपाटन नगरपालिका २ कुत्थाप्लाको ३९ औँ जन्मोत्सव तथा ३३ औँ बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । विद्यालयले विभिन्न कार्यक्रमका विच बार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जीत बहादुर कुवँरको अध्यक्षतामा आयोजीत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई उद्घाटन सहित सम्बोधन गर्दे सांसद कुवँरले शिक्षा क्षेत्रको विकास भएमा मात्र अन्य विकास हुने बताउँदै आफुले शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ हेरीरहेको बताउनु भयो ।
विद्यालयमा पठन पाठन संगै भौतिक संरचना, शिक्षामा गुणस्तर, प्रविधी मैत्री शिक्षा आवस्यक रहेको औल्याउँदै शिक्षा ऐन जारी भएमा शिक्षकका समस्या र माग पुरा हुने बताउँदै विद्यालयको भौतिक गुणस्तरमा आफुले काम गर्ने बताउनु भयो । जनजागृर्ति आधारभुत विद्यालयमा अर्काे बर्ष पक्कि भवनमा तला थप गर्ने, खानेपानी व्यवस्थापन लगाएतका क्षेत्रमा आफुले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
विद्यालयका प्रध्यानाध्यापक शिवलाल सुवेदीले विद्यालयको आर्थिक, शैक्षिक र भौतिक प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विवरण अनुसार शिक्षण सिकाई र विद्यार्थीले प्राप्त गर्ने नतिजाको अवस्था सुधारोन्मुख रहेको पाइएको हो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर २ का अध्यक्ष भेक बहादुर खत्रीले बोल्दै आफुले वडाबाट विनीयोजन हुने बजेट सिमित हुँदै गर्दा परिणाम देखिने गरी शिक्षामा लगानी गर्न नसकिरहेको बताउँदै तिनवटै तहका सरकार समक्ष आफनो वडाको विकासमा हातेमालो गरेर अगाडी बढिरहेको बताउनु भयो ।
कार्यक्रममा सेरा टोल विकास संस्थाका अध्यक्ष अमर बहादुर क्षेत्री, निसीभुजी जनता क्याम्पसका प्रध्यापक भुमिराज महत, सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यापक माया पाण्डे, समाजसेवी फारम बहादुर कुवँर लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।
चन्दादाता सम्मान, जेहेन्दार विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण लगाएत विद्यार्थीको विभिन्न प्रतिभाको प्रस्तुती सहित सञ्चालित कार्यक्रम शिक्षक कोपिला के.सी. कुवँरले सञ्चालन गर्नुभएको हो ।