माघ १७ गते बुर्तिबाङ
सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध (एचपीभी)खोप तमानखोला गाउँपालिकामा चारसय ४६ जना किशोरीलाई लगाइने भएको छ
पालिकाभरका विभिन्न विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप माघ २७ देखि २९ गतेसम्म लगाउने गरी आवस्यक तयारी भइरहेको स्वास्थ्य सम्योजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।
पालिकामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने छन्त्यालले बताउनु भयो ।
खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्य कर्मीका निम्ती तालिम दिइसकिएको र अव वडा तहरमा र महिला स्वास्थ्य स्वयम सेवीकालाई तालिम दिएर अगाडी बढ्ने तयारी रहेको जनाईको छ ।