माघ १४ बुर्तिबाङ
ढोरपाटन नगरपालिका ६ घैयाखानीमा विभिन्न पार्टी परित्याग गर्दे ६० जना काँग्रेस प्रवेश गरेका छन ।
आइतबार नेपाली कांग्रेस ढोरपाटन नगरपालिका ६ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा घैयाखानी गाउँबाट नेकपा एमाले र राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गर्दे ६० जना स्थानीय नेता कार्यक्रता सहित काँग्रेस प्रवेश गरेको क्षेत्रीय सदस्य भिम कुमारी क्षेत्रीले बताउनु भयो । वडा सभापति मदन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले पार्टी प्रवेश गर्नेलाई स्वागत सहित सम्मान गर्नुभएको हो ।
नेता कुवँरले विभिन्न पार्टीबाट लोकतान्त्रीक पार्टीमा प्रवेश गरेकोमा स्वागत गर्दे नेपाली काँग्रेस पार्टीले जनताको समस्या र आवश्यकता सँगै देश निर्माणमा अग्रसरता लिइरहेको बताउनु भयो ।
सांसद कुवँरले थप बोल्दै जनताको समस्या र आवश्यकता धेरै छन त्यसलाई क्रमश विकासमा जोडिरहेको बताउँदै घैयाखानी गाउँका नागरिकले उठाएका विद्यालय, सडक , खानेपानी जस्ता महत्वपूर्ण विकासका पूर्वाधारलाई क्रमिक रुपमा आफूले सम्बोधन गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दिपेन्द्र श्रेष्ठ, जिल्ला सदस्य शैलेश घर्ति, क्षेत्रीय सदस्य भीम कुमारी क्षेत्री, ढोरपाटन नगर कार्यवाहक सभापति विनोद भण्डारी लगायतको उपस्थिति एवम् पार्टी नव प्रवेशीलाई स्वागत गर्नुभएको हो ।
नेपाली काँग्रेस पार्टी प्रवेश गर्दे स्थानीयले आफूहरू लोकतान्त्रिक पार्टीमा सहभागि हुन स्व इच्छाले आएको र काँग्रेस पार्टीले मात्रै आफूहरूको समस्या र विकास बुझन सक्ने बताएका थिए ।